जिल्ला अस्पताल उदयपुरलाई सचेत नागरिकको ध्यानाकर्षण
पूर्णपुष्टि, ६ असार ।
जिल्ला अस्पताल उदयपुरमा सेवाग्राहीहरुको असन्तुष्टीलाई मध्यनजर गर्दै सचेत नागरिकले ध्यानाकर्षण गराएको छ । बिहिबार जिल्ला अस्पताल व्यवस्थापन समितिलाई २३ बुद्धे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गौर बहादुर बिश्वकर्मालाई ध्यानाकर्षण बुभाएको हो ।
अस्पतालले सेवामा लापर्वाही गरेको भन्दै यसलाई तत्काल सुधार गर्नु पर्ने मुख्य माग राखेको छ । केहि दिन अघि मात्रै दुर्घटनाको मृतकलाई हस्पिटलमा पोष्टमार्टमका लागि लाने क्रममा डाक्टर अभाव भएको र त्यसै सम्बन्धि कुराकानी गर्ने क्रममा सेवाग्राहीहरुले हस्पिटलको ब्यवहार प्रति आक्रोस पोखेका थिए । उनिहरुले हस्पिटलमा राजनितिक चलखेल हुने गरेको समेत आरोप लगाएको छ । राम्रो डाक्टरहरुको सरुवा र राजीनामा गर्ने हस्पिटलको प्रवित्ति रहेको उनिहरुको गुणासो छ । डाक्टर ...









