२३आँ मेयर कप फुटबल प्रतियोगिताः वडा २ र ३ बिजयी
पूर्णपुष्टि,असार १० । उदयपुरको गाईघाटमा जारी २३औ स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर २ र ३ बिजयी भएको छ । जिल्ला फुटबल संंघ उदयपुरको आयोजनामा शनिवार देखि सुरु भएको प्रतियोगितामा (आईतवार) भएको दुई खेलमा वडा नम्बर २ जोगिदहर र ३ मोतिगडाले सहज जीत निकालेको हो ।
गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो दिनको पहिलो चरणको खेलमा बोक्से र जोगिदह बिच प्रतिस्पर्धा भएको थियो । पहिलो हाफको अन्तीम समय सम्म पनि दुई टिमले पनि खाता खोल्न नसक्दा खेल निकै रोमाञ्चक बनेको थियो । सवैले रुचाएको टिम बोक्सेले भने यसपाली मेयर कपको उपाधी उचाल्ने अवसर गुमाएको छ ।
बोक्से र जोगिदह बिच भएको खेलमा ० को विरुद्ध २ गोल गर्दै बोक्सेलाई जोगिदहले पाखा लगाएको हो । बोक्सेले पहिलो खेलमै खराव खेल प्रदर्शन गरेपछि त्यसको भरपुर फाईदा लिँदै जोगिदहले बोक्से प्रतिद्दन्धीको रुपमा आफुलाई...









