उप-मेयर गोल्ड कप : अन्तिम सेमिफाईनलमा सप्तरीलाई हराउँदै मोरङ फाईनलमा प्रवेश
पूर्णपुष्टि,वैशाख २१ । उदयपुरको गाईघाटमा जारी प्रथम उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा NBYC सप्तरीलाई हराउँदै PSWC मथरी मोरङ फाईनलमा प्रवेश गरेको छ । बिहिबार त्रियुगा नगरपालिकाको थरुहट रंहशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सप्तरीलाई ० को विरुद्ध १ गोल गर्दै पथरी मोरङ फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता दिनको ४ः३० बजे देखि सुरु भएको खेलमा मोरङका तर्फबाट जर्सि नम्बर ९ का खेलाडि सुप्रिया मियाले उत्कृट खेल प्रदर्शन गर्दै पहिलो हाफको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । निकै प्रतिस्पर्धात्मक अन्तिम सेमिफाइलन खेलको निर्धारित समय सम्मको पहिलो र दोस्रो हाफ सम्म पनि सप्तरीको तर्फबाट भने जवाफि गोल गर्न नसक्दा मोरङले फाइनलको ढोका ढक–ढकाउँन पुगेको हो । खेलको अवधि भरी उत्कृट खेल प्रदर्शन गर्दै गोल गर्ने मियाँले Women of the match संगै नगद रु,२ हजार प्राप्त...









