Sunday, August 30News That Matters

राजनीति

शिक्षकहरुलाई राजनितिक पद वा सदस्यताबाट हटाई जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले गर्यो सूचना जारी

शिक्षकहरुलाई राजनितिक पद वा सदस्यताबाट हटाई जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले गर्यो सूचना जारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २१ शिक्षकहरु समेत राजनितिक दलदलयामा व्यवसायीक रुपमा लागि परेको भन्दै दलको पद वा सदस्यता ख्यारेज गरी निर्वाचन आयोगमा जानकारी गराउँन आयोगले सूचना जारी गरेको छ । आयोगले हालै मात्र राजनितिक पार्टीहरुमा लागिरहेका दलको कुनै पनि पद वा सदस्यता लिइएका शिक्षक तथा प्राध्यापकहरुलाई हटाउन बारे उच्च अदालत पाटनको अन्तिरिम आदेश र निर्वाचन आयोगकोको पत्र अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले पनि राजनितिक दलहरुलाई सूचना मार्फत सोको जानकारी गराउन अनुरोध गरेको छ । सरकारी कर्मचारी शिक्षक प्रध्यापकहरुले कुनै पनि राजनितिक दलको पदाधीकारी वा कमिटीमा सदस्यतामा वस्न नपाउने उच्च अदालतक पाटनको अन्तरिम आदेश अनुसार कार्यालयले पत्र मार्फत उदयपुरका राजनितिक दलहरुलाई त्यस्तो कुनै पद भएमा तत्कालै पद बाट हटाई जानकारी गराउन अनुरोध गरेको हो । कार्यालयले पत्रमा भनेका छन, त्यस्ता राष्ट्र सेवकहरुले सदस...
त्रियुगामा नेकपा माओवादी केन्द्रकाे प्रदेश प्रतिनिधि सर्वसहमत

त्रियुगामा नेकपा माओवादी केन्द्रकाे प्रदेश प्रतिनिधि सर्वसहमत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १७ । नेकपा (माओवादी केन्द्र) त्रियुगा नगरबाट प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका छन् । पार्टीको सहमतिय प्रयास सफल पार्दै १० जना प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका हुन् । प्रमुख निर्वाचन आयुक्त रमेश रोकाका अनुसार प्रतिनिधि चयनमा मानबहादुर राई, विमल किराँती, सम्झना तामाङ, रुद्र अधिकारी, किरण राई, दुर्गा कार्की, सावित्रा थापा, राजकुमार थापा, केदार दनुवार र प्रल्हाद विश्वकर्मा रहेका छन् । कोटाभन्दा बढिले उम्मेदवारी दावी गरेपछि चुनावको अवस्था आएको थियो । भोली विहान ११ बजे चुनाव तोकिएको थियो । तर, पूर्वसन्ध्यमा सहमती जुटेपछि प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका हुन् । नगर कमिटिका लागि भने हालसम्म सहमती जुट्न सकेको छैन । पार्टीको तर्फबाट सर्बसहमतीको वातावरणको प्रयास भइरहेको छ । नगर अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदका लागि चुनाव हुने भएको छ । सचिवमा कुरुङ राई सर्बस...
नायिकासमेत रहेकी रेखा थापा राप्रपा महामन्त्रीमा भोट माग्दै

नायिकासमेत रहेकी रेखा थापा राप्रपा महामन्त्रीमा भोट माग्दै

राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १६ विगतमा नेपाली चलचित्र क्षेत्रमा चरचित रहेकी नायिका रेखा थापा अहिले राप्रपा महामन्त्री उठ्ने भएकी छन् । भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा नेता रेखा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छिन् । महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी रेखाले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न थालेकी छन् । राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने विधानको व्यवस्था छ । राप्रपा अध्यक्षमा कमल थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका छन् । तर निर्वाचन समितिले मतदाताको नामावली प्रकाशनलगायत चुनावी कार्यतालिकाअनुसार काम अगाडि बढाउन सकेको छैन । भृकुटीमण्डपमा थापा र लिङ्देन पक्षले भोट माग्दै नाराजुलुस पनि गरेका छन् ।...
माओवादी केन्द्र रौतामाईको अध्यक्षमा बिरेन्द्र मगर बिजयी

माओवादी केन्द्र रौतामाईको अध्यक्षमा बिरेन्द्र मगर बिजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १२ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोस्रो गाउँपालिका अधिवेशनमा बिरेन्द्र मगरको नेतृत्व चयन भएको छ । मगरले प्रतिद्धन्दी ईश्वर राना मगरलाई हराउँदै माओवादी केन्द्रको रौतामाई गउँपालिका अध्यक्ष चयन भएको हो । कुल ५४ मतमा बिरेन्द्र मगरले ३७ मत लिएर अध्यक्षमा चयन भएको हो भने अर्का अध्यक्ष उम्मेदवार ईश्वर राना मगरले १६ मत मात्र ल्याएका थिए । यस्तै उपाध्यक्षमा समिक्षा मगर ४४, फुल कुमारी आले मगर ४० र देवेन्द्र वहादुर राया ३१ मतका साथ विजयी भएको छ । बाँकी दुईजना कमलसिंह मगराती र राम कुमार लायो उपाध्यक्ष पदमा हारेको छ । यता सचिवमा पदका लागि ३ जनाको उम्मेदवारीमा भरतमणी दाहालले जितेको छ । दाहाल २० मतका साथ सचिव पदमा विजयी भएको हो । उनले अन्य दुईजना तिर्थ तामाङ र गंगा बहादुर राना मगरलाई हराउँदै सचिव पद सुरक्षित गरेको हो । कमिटीमा सहसचिको पद गणेश राईलाई सर्वसहमत दिईएको छ...
नेपाली कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की बिजयी

नेपाली कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १३ नेपाली कांग्रेस उदयपुरको सभापतिमा कांग्रेस नेता तथा प्रदेश नं १ का भौतिक पूर्वधार विकास मन्त्री हिमाल कार्की बिजयी भएको छ । कार्कीले निर्वाचनमा ७६७ मत ल्याएर सभापतिमा बिजयी भएका हुन् । यता कार्कीका प्रतिद्धन्दी विदुर वस्नेतले भने ५८९ मत मात्र प्राप्त गर्दै पराजित भएका छन् । कार्कीको बस्नेतको भन्दा १७८ मत बढी आएको छ । जिल्लाको पूर्व सभापति समेत रहेका बस्नेत नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पुःन सभापतिका लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर बस्नेतलाई चुनावी प्रतिस्पर्धा बाट हराउँदै ५ बर्ष सम्मका लागि कार्कीले सभापतिको जिम्मेवारी ओगेटेको छ । यता उपाध्यक्षमा बल बहादुर तामाङ र भिमचन्द्र राई बिजयी भएका छन् । उपाध्यक्ष पदका लागि तामाङले आफ्नो प्रतिद्धन्दी भक्त बहादुर राना मगर र राईले आफ्नो प्रतिद्धन्दी भोजराज खतिवडालाई हराउँदै उपाध्यक्ष पद सुरक्षित गरेका हुन् । ...
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरका पूर्व जिल्ला सेक्रेटरी केदार राईको आपत्ति, तथ्यहिन आरोपको पुष्टि गर्न दिए चुनौती

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरका पूर्व जिल्ला सेक्रेटरी केदार राईको आपत्ति, तथ्यहिन आरोपको पुष्टि गर्न दिए चुनौती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १२ नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरको संस्थापक सेक्रेटरी केदार राईले आफुमाथी लागेको भ्रम तथ्यविहिन आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । राईले आफु पार्टीको एक इमान्दारी कार्यकर्ता र जिल्लाको संस्थापक पूर्व सेक्रटरीको नाताले पार्टीलाई सँधै योगदान पुराउने कुरामा कसर नराखेको भन्दै यस्तो काम गर्न आफुले कहिले नसोचेको हुँदा यस्ता तथ्यविहिन भ्रम सार्वजानिक गर्नु आपत्ति रहेको जनाएको छ । राईले पे्रस विज्ञाप्ती मार्फत भनेका छन, म जिल्लाको संस्थापक सेक्रेटरी पनि हुँ । कार्वाही गरेको भन्ने सम्बन्धमा भन्ने तथ्यविहिन, पूर्वाग्रही, अराजनितिक, चरित्रहिन, राजनितिक, संस्कारहीन विज्ञाप्ती प्रती जति निन्दा र भत्र्सना गर्द पनि कम हुन्छ, आर्थिक अनियमिता गरेको र गोप्य सूचना बाहिर लगेको भन्ने संगिन आरोपको पुष्टि गर्न आर्गह गर्दछु । उनले पार्टीको जिम्मेवार व्यक्तिहरुले गरेको सो...
नेकपा माओवादी केन्द्र  त्रियुगा नगरको सम्मेलन खुल्ला तर्फ सम्पन्न, बन्द सत्र टाउन हलमा सुरु

नेकपा माओवादी केन्द्र त्रियुगा नगरको सम्मेलन खुल्ला तर्फ सम्पन्न, बन्द सत्र टाउन हलमा सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ११ नेकपा माओवादी केन्द्रका ऐतिहासिक प्रथम त्रियुगा नगर सम्मेलनको खुल्ला सत्र पिपलचोकमा सम्पन्न भएको छ । नगर भरिका १६ ओटै वडाहरुका अध्यक्षसहित कार्यकर्ताहरुको भेलामा कार्यक्रम सम्पन्न भएको हो । पार्टीका १ नं प्रदेश अध्यक्ष तथा संघिय सांसद सुरेश कुमार राईको प्रमुख आतिथ्यमा नगर सम्मेलनको खुल्ला तर्फको कार्यक्रम सम्पन्न भएको हो । बन्द सत्रको कार्यक्रममा गाईघाटको होटल टाउन हलमा हुने तयारी भईरहेको छ । खुल्ला सत्र कार्यक्रममा र्याली सहित बजार परिक्रमा, सांस्कृतिक कार्यक्रम, कोणसभा र खुल्ला सत्रको कार्यक्रम सम्पन्नको घोषणा गरी सम्पन्न भएको हो । कार्यक्रममा सांसद राई सहित पार्टीका नेताहरु किरण राई, मणि खम्वु लगायतको उपस्थित रहेका थिए । माओवादी केन्द्रको हाल देशैभर नगर सम्मेलन भईरहेको छ । सोही अन्गर्तत उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुमा एकैसाथ सम्मेलन तथा नेतृत्व चुन...
नेपाली कांग्रेस उदयपुर सभापतिमा बस्नेत र कार्की बिच प्रतिस्पर्धा हुँदै, जिल्ला पदाधीकारी र सदस्यहरु गरी सय भन्दा बढीको उम्मेदवारी

नेपाली कांग्रेस उदयपुर सभापतिमा बस्नेत र कार्की बिच प्रतिस्पर्धा हुँदै, जिल्ला पदाधीकारी र सदस्यहरु गरी सय भन्दा बढीको उम्मेदवारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ११ नेपाली कांग्रेस जिल्ला सभापतिका लागि आज कांग्रेस नेता विदुर बस्नेत र हिमाल कार्की बिच प्रतिस्पर्धा हुँदैछ । आज हुने चुनावका लागि हिजो मात्रै दुवै उम्मेदवारको प्यानलले नोमिनेसन दर्ता गराएका थिए । १ नं प्रदेशको भौतिक पूर्वधार विकास मन्त्री समेत रहेको कार्की र कांग्रेस जिल्ला सभापति विदुर वस्नेत बिच कडा प्रतिस्पर्धाहुने देखिएको छ । जिल्ला सभापतिको लागि कुल मत १४०५ रहेको छ । यी मत मध्य भारी मत लिएर कस्ले सभापतिमा जित्लान त्यो भने हेर्न बाँकी छ ।...
एमाले महाधिवेशन चितवनमा उद्धाटन हुँदै

एमाले महाधिवेशन चितवनमा उद्धाटन हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १० चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा नेकपा (एमाले) को १० औँ महाधिवेशन आजबाट सुरु हुदैँछ । अधिवेशनको लागि सबै तयारी पूरा भएको र उद्धाटनमा पाँच लाअभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले) ले जनाएको छ । महाधिवेशनमा २ हजार १ सया७५ प्रतिनिधि र १ सय ३ पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि समेत सहभागित रहने छ । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।...
उदयपुरको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई कांग्रेस क्षेत्रीय सभापतिमा विजयी

उदयपुरको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई कांग्रेस क्षेत्रीय सभापतिमा विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १० काँग्रेसको क्षेत्रीय सभापति पदमा उदयपुरको १ र २ बाट दुई राई बिजयी भएको छ । चौदण्डीको खगेन्द्र राई र कटारीका राम कुमार राई कांग्रेसको क्षेत्रीय सभापति पदमा बिजयी भएको हो । चौदण्डीगढी नगरपालिकाका मेयर समेत रहेका खगेन्द्र राई उदयपुरको क्षेत्र नं १ बाट सभापति पदमा विजयी भएको हो भने, क्षेत्र नं २ बाट काँग्रेस नेता तथा संस्थापक राम कुमार राई बिजयी भएको हो । चौदण्डीका खगेन्द्र राईले कांग्रेस नेता बसन्त कुमार राईलाई हराउँदै प्यानलै बिजयी भएको हो । निर्वाचन क्षेत्र नंं १ को क्षेत्रीय कार्य समितिको लागि मंगलबार भएको निर्वाचनमा मेयर राईको प्यानललै विजयी भएको निर्वाचन समितिले जनाएको छ। बुधबार बेल्टारको एक पार्टी प्यालेसमा भएको मत गणनाको परिणाम अनुसार मेयर राईले ३ सय ४४ मत प्राप्तगरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी बसन्त बस्नेतले ३ सय ३४ मत मात्र प्राप्त गरेका छन् । कूल ...