संसदमा थुप्रिए विधेयक, कानुन निर्माणमा ढिलाइ
पूर्णपुष्टि, साउन २० । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्जनौं विधेयक विचाराधीन अवस्थामा रहेका छन्, तर कानुन निर्माणको प्रक्रिया भने अपेक्षाकृत गतिमा अघि बढ्न सकेको छैन। संघीय सांसदहरूको मुख्य कार्य मानिने विधायिकी कामले गति लिन नसकेको विज्ञहरूले बताएका छन्।
प्रतिनिधि सभामा हालसम्म १४ वटा विधेयक दर्ता भएका छन्, जसमध्ये कुनै पनि विधेयकले पूर्ण कानुनी रूप लिन सकेको छैन। यसैगरी, राष्ट्रिय सभाबाट पारित भएर आएका केही विधेयकहरू मात्र कानुन बन्न सफल भएका छन्।
प्रतिनिधि सभाका विभिन्न संसदीय समितिहरूमा बैंकिङ कसुर, सार्वजनिक सेवा प्रसारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, नेपाल विश्वविद्यालय, विद्युत्, विद्युतीय व्यापार, विद्यालय शिक्षा, संघीय निजामती सेवा लगायतका महत्वपूर्ण विधेयकहरू दफावार छलफलको क्रममा रहेका छन्।राष्ट्रिय सभामा पनि मिडिया काउन्सिल, नवीकरणीय ऊर्जा, तिलगंगा ने...









