Saturday, September 12News That Matters

राजनीति

तनहुँमा रास्वपालाई विवेकशील साझा पार्टीले समर्थन गर्ने

तनहुँमा रास्वपालाई विवेकशील साझा पार्टीले समर्थन गर्ने

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २० । आगामी वैशाख १० गते हुन गैरहेकोे उपनिर्वाचनमा राष्ट्रिय स्तन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई तनहुँ क्षेत्र नम्बर १का तर्फबाट विवेकशील साझ पार्टीले समर्थन गर्ने भएको छ । यस पटक विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय पछि रास्वपालाई सहयोग गर्ने भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको छ । वाग्लेलाई हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,ु पार्टीले जारी विज्ञप्ति उल्लेख गरेको छ । विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा। पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन् । गत मंसिरमा भएको निर्वाचबाट निर्वाचित राम...
रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महा–न्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार आईतबार युवराज सफलले महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए ।...
जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम पहिचान सँग सम्बन्धित नै हुनु पर्ने माग राखेका छन् । प्रदेश नं १ मा जनताको माग विपरिद नामाकरण गरिएको कोशी प्रदेश पहिचानको आधारमा हुनु पर्ने पार्टीले जनाएको छ । मिति २०७९÷१२÷१ गते पार्टीबाट पठाईएको परिपत्रमा संयोगबस कोशी शब्द उल्लेख हुन गएको हुँदा त्यसलाई सच्चाएर हाललाई प्रदेश नं १ नै प्रयोग गर्ने र पछि नाम परिवर्तन भएको खण्डमा परिवर्तित नाम प्रयोग गर्ने जानकारी गराईन्छ, पार्टीको एक पत्रमा भनिएको छ । पार्टीले पहिल्यै पनि कोशी प्रदेश नामाकरण जनताहरुको माग विपरिद भएको भन्दै प्रेस विज्ञाप्ती मार्फत यसलाई सच्याउन अनुरोध गरेका थिए । प्रदेश १ को नामाकरण कोशी राखिएको प्रति असहमति जनाएको र जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनु पर्दछ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न र गराउन सर...
प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले लिईन् सपथ

प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले लिईन् सपथ

राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा (अन्सारी) ले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा उनलाई शपथ ग्रहण गराएका हुन् । समानुपातिक निर्वाचनबाट सांसद बनेका रहमानको निधनपछि उनको स्थान लिएकी अन्सारीले आज सपथ लिएकी हुन् । उनि सप्तरी निवासी हुन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा उनको नाम समावेश थियो ।...
राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुलाई गराए शपथ ग्रहण

राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुलाई गराए शपथ ग्रहण

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १७ ।राष्ट्रपतिले रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । कांग्रेसका चार जना, नेकपा एकीकृत समाजवादीका २ जना, जनता समाजवादी र जसपाबाट १–१ जना र आफ्नो दल माओवादीका १ जना र नागरिक उक्मुक्तिबाट १ जनासहित १० मन्त्रीलाई प्रधानमन्त्रीले शुक्रबार नियुक्ती गराएका हुन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यात...
जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा

जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि चैत्र १७ । आफुले चाहेका मन्त्रालय नपाएपछि सिके राउत नेतृत्वका जनमत पार्टीले सरकार छाडेका छन् । सरकार छाडेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।...
खानेपानी मन्त्री अब्दुल खानले उद्योग मन्त्रालय नपाएपछि दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले उद्योग मन्त्रालय नपाएपछि दिए राजीनामा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १७ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । जनमतले सुरुदेखि नै उद्योग या कृषिमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर, त्यसबेला दुवै मन्त्रालय एमालेले लिएको थियो । त्यसबेलै असन्तुष्ट रहेको जनमतलाई प्रधानमन्त्री प्रचण्डले पछि मिलाउछु भनेपछि जनमत सरकारमा गएको थियो । उनका अनुसार मन्त्रिमण्डल पुनर्गठनका क्रममा उद्योग मन्त्रालय नदिएर खानेपानी मन्त्रालयकै जिम्मेवारी दिइपछि खानले मन्त्री पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आज कांग्रेससहितका दलहरुसँगको गठबन्धनमा मन्त्रिमण्डल पुनर्गठन गर्दै छन् ।...
आठ मन्त्रालय भागमा परेको कांग्रेसको आज ४ मन्त्रीले मात्र सपथ लिने

आठ मन्त्रालय भागमा परेको कांग्रेसको आज ४ मन्त्रीले मात्र सपथ लिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १७ । साँतौ पटक मन्त्री मण्डल तयार भएको प्रचण्ड सरकारले आज सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादी केन्द्रलाई ५ एकिकृत समाजवादी र जसपाले २÷२, र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । भागबन्डामा ८ मन्त्रालय पाएको कांग्रेसबाट पहिलो चरणमा ४ जना मात्र मन्त्री बनेका छन् । आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल...
आज राष्ट्रपति पौडेलद्धारा नयाँ मन्त्रीहरुले शपथ लिदै

आज राष्ट्रपति पौडेलद्धारा नयाँ मन्त्रीहरुले शपथ लिदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । गठबन्धन दलमा मन्त्रालयको सहमति जुटेपछि आजै ३ बजे मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन्। प्राप्त अनौपचारिक सूचीअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत,रमेश रिजाल, सीता गुरुङ मन्त्री हुँदैछन्। यता माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले पनि मन्त्रीको शपथ लिन लागेका छन् । नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल र प्रकाश ज्वाला, जसपाका अकोश राई, लोसपाका शरतसिंह भण्डारी, उन्मुक्तिकी रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले मन्त्रीको शपथ लिँदै छन्।...
आगामी बैशाख १० को उपनिर्वाचनपछि रवि र रमेशको पार्टी एकता हुने

आगामी बैशाख १० को उपनिर्वाचनपछि रवि र रमेशको पार्टी एकता हुने

राजनीति, समाचार
पुर्णपुष्टि,चैत्र १७ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ । यी दुई पाटीबीच आगामी बैशाख १० गते हुने उपनिर्वाचनपछि पार्टी एकता हुने भएको हो । खरेलको राजनीति अब रास्वपाबाटै अघि बढ्ने र सुशासन पार्टीमा रहेका नेताहरूलाई पनि रास्वपामा समायोजन गर्ने समझदारी भएको रास्वपाका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । उनका अनुसार रास्वपा र सुशासन पार्टीबीच औपचारिक सम्झौता भने उपनिर्वाचनपछि हुनेछ । खरेल रास्वपाबाट बारा–२ मा उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली कांग्रेस त्यागेर युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि रास्वपा प्रवेश गरेका छन् । उनी तनहुँ १ मा रास्वपाबाट उपनिर्वाचन लड्दैछन् ।...