Thursday, August 20News That Matters

समाचार

धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी चन्द र तामाडकाे जाेडीले चुमे

धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी चन्द र तामाडकाे जाेडीले चुमे

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज २० । धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी त्रिभुवन आर्मी ब्लवका  हिमाल चन्द र भाेजपुरका विशाल तामाङकाे जाेडीले चुमेकाे छ । धरान ब्याडमिन्टन क्लवकाे आयाेजनामा अमरहाट स्थित अमर सेवा समाजकाे हलमा तीनदिनसम्म सञ्चालन भएकाे प्रतियाेगिताकाे आज सम्पन्न फाईनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाकाे जाेडीलाई पछि पार्दै चन्द र तामाङकाे जाेडीले उपाधी जितेकाे हाे । दुबै फाईनलिष्ट टिमबीच राेचक र प्रतिष्पर्धी खेल हुँदा  डिसाईडिङ खेलमा साे जाेडीले जित हात पारेकाे हाे । प्रतियाेगितामा भेट्रान्स (४५+) मा देववहादुर गुरुङ(तनहु) र सम्भु श्रेष्ठ (कास्की) काे जाेडी प्रथम भएकाे छ । उत्तम सिम्खडा र श्रवण चाैधरीकाे जाेडी दाेस्राे भए । तेस्राे सन्ताेष कटुवाल/भजनलाल चाैधरीकाे जाेडी र धनबहादुर लिम्बू/राम याेन्जनकाे जाेडी भए । भेट्रान्स (५५+) मा उत्तम सिम्खडा र सञ्जय भक्तराजकाे जाेडी...
उदयपुरमा बजार अनुगमन:दुई व्यवसायीलाई २० हजार जरिवाना, १७ हजार मुल्यको म्याद गुज्रेको सामान नष्ट

उदयपुरमा बजार अनुगमन:दुई व्यवसायीलाई २० हजार जरिवाना, १७ हजार मुल्यको म्याद गुज्रेको सामान नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २१ । उदयपुरमा बिभिन्न पालिकाको बजार अनुगमनबाट दुई व्यवसायीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ भने म्याद गुज्रिएको १७ हजार रुपैँया बराबरको समान नष्ट गरिएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वको टोलीले त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका १७ वटा होटल तथा किराना पसलमा अनुगमन गरेको हो । अनुगमनको क्रममा त्रियुगा नगरपालिका वडा नं. ४ सालघारी स्थित न्यु भेराइटी मसला उद्योग र बेलका नगरपालिका १ आमबासी स्थित न्यु खड्का किराना एण्ड जेनरल स्टोरलाई १०÷१० हजार रुपैँया जरिवाना गरिएको हो । मसला उद्योगले प्याकेटमा लेभल विवरण नराखिकन विक्रि वितरण गरेको र सरसफाईमा ध्यान नदिएको भन्दै १० हजार रुपैँया जरिवाना गरिएको हो भने किराना पसलले अन्त शुल्कमा दर्ता नगरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि बितरण ...
चन्दा र श्रमदानबाटै सचेतना टोल विकास संस्थाको आकर्षक भवन निर्माण

चन्दा र श्रमदानबाटै सचेतना टोल विकास संस्थाको आकर्षक भवन निर्माण

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असोज । त्रियुगा नगरपालिकाकै नमुना टोल विकास संस्थाको रुपमा परिचित सचेतना टोल विकास संस्थाले आफ्नो भवनको कामलाई अन्तिम चरणमा पुराएको छ । काम भन्दा अघि बजेट माग्ने चलनलाई अन्त्य गर्दै कसैको मुख नताकी आफ्नै बलबुतोमा भवन निर्माण सुरु गरेको उक्त टोल विकास संस्थाले भवन निर्माणको कामलाई अन्तिम चरणमा पुराएको हो । त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माण जारी रहेको यस संस्थाको एक तले भवन जनश्रमदान र चन्दा संकलनबाट भैरको छ । २०७२ साल माघमा त्रियुगा नगरपालिकामा दर्ता भई विकास निर्माणको कामलाई सहजीकरण गर्न स्थापना भएको सचेताना टोल विकास संस्थाले करिब ५ बर्ष पछि आफ्नो भवन निर्माण गर्न सफल भएको संस्थाका अध्यक्ष पर्शराज राईले जनाए । हाल राईकै नेतृत्वमा उक्त भवन निर्माणको काम अघि बढिरहेको छ । भवन नहुँदा अरुकै घर, सार्वजानिक स्था र अरुकै भवनबाट कार्यसम्पादन गर्नु पर्ने बाध्यतालाई मध...
उदयपुरको बेलका सहित १२ जिल्लाका ४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

उदयपुरको बेलका सहित १२ जिल्लाका ४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १९ । सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको सिफारिसमा यो निर्णय गरेको हो । कोशी प्रदेशअन्तर्गत पाँचथरका फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाका चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बागमती प्रदेशतर्फ धादिङका बेनिघाट रोराङ र नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका समावेश छन् । दोलखाका गौरीशङ्कर, बिगु र शैलुङ गाउँपालिका तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन् । रामेछापका सबै आठ स्थानीय तह - मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी, दोरम्भा शैल...
कार्बन व्यापारबाट नेपाललाई एक अर्ब ६० करोड आउँदै

कार्बन व्यापारबाट नेपाललाई एक अर्ब ६० करोड आउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १९ ।  विश्व बैंकसँग भएको सम्झौता अनुसार नेपालले आगामी एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रुपैयाँ प्राप्त गर्ने भएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाए अनुसार सन् २०१८ देखि २०२४ सम्म तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड उत्सर्जन घटाएबापत यो रकम प्राप्त हुन लागेको हो । तराई भूपरिधि कार्यक्रम अन्तर्गत बागमती नदीदेखि महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा २.४ मिलियन टन कार्बन सञ्चिति गरिएको छ । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले यो रकम अक्टोबरभित्र प्राप्त हुने मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार सुरुमा रकम वन विकास कोषमार्फत आउने सम्झौता भएको थियो । तर अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधान अनुसार त्यस्तो रकम सर्वसञ्चित कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास...
उदयपुरका जंगलमा १८ प्रजातिका वन्यजन्तु फेला

उदयपुरका जंगलमा १८ प्रजातिका वन्यजन्तु फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १९ । उदयपुरका विभिन्न सामुदायिक वनमा जडान गरिएका ट्र्यापिङ क्यामेरामा चितुवादेखि नीलगाईसम्म १८ प्रजातिका स्तनधारी वन्यजन्तु फेला परेका छन् । एनसी एससीको सहयोगमा त्रियुगा नगरपालिका–५ देउरीस्थित सरस्वती सामुदायिक वनले आयोजना गरेको एक दिने गोष्ठीमा यी तस्बिर र भिडियो सार्वजनिक गरिएको हो । ‘मानव, वन्यजन्तु र प्राकृतिक वनस्पतिबीचको सहअस्तित्व कायम गरी बाँचौं र बचाऔं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्लाका १३ वटा सामुदायिक वनमा जडान गरिएका क्यामेराले कैद गरेका वन बिरालो, चितुवा, सानो र ठूलो नीर बिरालो, गाजले नीर बिरालो, चरी बाघ, नीलगाई, बँदेल, पाटेभालु र रतुवा लगायतका जनावरका दृश्य देखाइएको थियो । यस्तै दुम्सी र गोहोरो जस्ता सरिसृप पनि फेला परेका छन् । त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले जनसंख्या वृद्धिसँगै वनजंगल मासिँदै गएको र यसले वन्यजन्तुको अस्तित...
हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय पक्राउ

हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १९ । हेटौंडामा आज बिहान ठूलो परिमाणमा अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ११ करोड भन्दा बढी मूल्य बराबरको सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा शनिबार बिहान ३ बजे हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा गरिएको जाँचका क्रममा बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन फेला परेको हो । उक्त सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै भारतीय नागरिकहरू पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका थिए। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
गाईघाटमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि कृत्रिम अभ्यास सम्पन्न (फोटो सहित)

गाईघाटमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि कृत्रिम अभ्यास सम्पन्न (फोटो सहित)

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १८ । चाँडबाँडमा बढ्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै गाईघाटमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि कृत्रिम अभ्यास गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ५ हेडक्वाटरको आयोजना र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा बसपार्कमा अभ्यास गरिएको हो । अभ्यासमा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठक्कर खाएको दृश्यको पुनर्निर्माण गरिएको थियो । स्थानीयको सूचनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र एम्बुलेन्स घटनास्थलमा पुगेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई एम्बुलेन्समार्फत नजिकैको स्वास्थ्य चौकीमा पठाइएको थियो भने मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाईएको थियो । प्रहरीले गरेको सूक्ष्म अनुसन्धानबाट मोटरसाइकल तीव्र गतिमा रहेको खुलेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले दुर्घटना कुनै ...
उदयपुर सिमेन्ट उद्योगको किल बोकेको ट्रेलर दुर्घटना

उदयपुर सिमेन्ट उद्योगको किल बोकेको ट्रेलर दुर्घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १८ । भारतको कलकत्ताबाट उदयपुर सिमेन्ट उद्योगको लागि किल बोकेर आउँदै गरेको एक ट्रेलर शुक्रबार कदमाहा-गाईघाट सडक खण्डमा दुर्घटनामा परेको छ । ट्राफिक हवल्दार शम्भु थापाका अनुसार  cgo7 aa9207 नम्बरको ट्रेलर चुरे जंगलको मन्दिर नजिकैको मोडमा ओरालोको घुम्तीमा पाङ्ग्रा सडक छेउमा फसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा लोड गरिएको सामान सडकमा झरेर भाचिएको छ, तर कुनै मानवीय क्षति भएको छैन । सिमेन्ट कारखानाका अधिकृत प्रथम लाल चौधरीका अनुसार सडक साँघुरो भएका कारण प्रहरीले उक्त ट्रेलरलाई दुई दिनदेखि रोकेर राखेको थियो । चौधरीले बुधबार तीन थान किल बोकेका दुई ट्रेलरमध्ये एउटाले एक थान किल बिहीबार नै कारखानामा झारेको र अर्को ट्रेलरलाई प्रहरीले रोकेर राखेको जानकारी दिए । शुक्रबार गाडी छोडिएपछि दुर्घटना भएको हो । करिब ६ करोड मूल्यको उक्त किल काठमाडौंस्थित टेक्निकल सोलुसन प्रालिले टेन्डरम...
नदिजन्य पदार्थको उत्खनन नखुलाए आन्दोलन गर्ने चेतावनी

नदिजन्य पदार्थको उत्खनन नखुलाए आन्दोलन गर्ने चेतावनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १८ । त्रियुगा नगरपालिकाले असार २०८१ देखि नदिजन्य पदार्थको उत्खननमा लगाएको रोकका कारण स्थानीय विकास निर्माण र व्यवसायमा गम्भीर असर परेको भन्दै नेकपा ९एकीकृत समाजवादी० त्रियुगा नगर कमिटिले मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ । कमिटिका कार्यवाहक अध्यक्ष धन नारायण श्रेष्ठले शुक्रबार बुझाएको ज्ञापनपत्रमा नगरपालिकाले आफैंले बनाएको ऐन विपरीत लगाएको रोकका कारण सडक, नाला, भवन, पुलपुलेसा लगायतका भौतिक पूर्वाधार निर्माण प्रभावित भएको उल्लेख गरिएको छ । साथै सर्वसाधारणले घर, टहरा र पर्खाल निर्माण तथा मर्मत गर्न नसकेको अवस्था रहेको पनि ज्ञापनपत्रमा जनाइएको छ । ज्ञापनपत्रमा उत्खनन रोकका कारण ढुंगा, गिट्टी र बालुवाको व्यवसाय गर्ने व्यवसायी, सिकर्मी, डकर्मी, मजदुर र ढुवानी व्यवसायीहरूको अवस्था दिनानुदिन दयनीय बन्दै गएको उल्लेख गरिएको छ । वातावरण संरक्षणको नाममा गरिएको य...