Friday, August 28News That Matters

समाचार

भारतमा रोकिएका नेपालीको उद्धार सुरु

भारतमा रोकिएका नेपालीको उद्धार सुरु

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  भारतबाट स्वदेश फर्केका नेपालीहरु एक महिनापछि आज बैतडीको सिमा नाका हुदै नेपाल आएका छन् । बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार कार्य भइरहेको छ । सरकारले गत चैत्र १० गतेदेखि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेपछि भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए । अहिले भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली नेपाल आउने प्रतीक्षामा रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइन स्थलमा बस्नुपर्ने छ । केही स्थानीय तहका जनप्रतिनिधिहरु नै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेको जनाईएको छ । नगरबासीलाई लिन पुर्चाैडी नगरपालिकाले ५ वटा बस पठाएको छ । झुलाघाट सीमा पारी सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै कर्णाली प्रदेशका पनि केही नागरिक स्वदे...
नेकपा अध्यक्ष प्रचण्डलाई गालीगलौज गर्ने पक्राउ

नेकपा अध्यक्ष प्रचण्डलाई गालीगलौज गर्ने पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक संजालबाट गालीगलौज गरेको आरोपमा पत्रकार दिपक पाठक पक्राउ परेको छ । प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले प्रचण्डलाई सामाजिक संजालमा गालिगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई पक्राउ गरेको हो । पक्राउ परेको पाठकमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कालिकोटका एक वडाध्यक्ष कुटिए

कालिकोटका एक वडाध्यक्ष कुटिए

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  कालीकोटको पचालझरना गाउँपालिका–१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । कुटपिटबाट घाइते भएका वडाध्यक्ष नौपानेलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष कुटपिटमा संलग्न रहेका पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेको प्रहरीले जनाएको छ । मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । हिजो साँझ वडाको बैठक सकेर फर्किने क्रममा युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका वडाध्यक्षमाथि कुटपिट भएको गाउँपालिकाले जनाएको छ । वडाध्यक्ष न्यौपानेको टाउको, नाक...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, बैशाख १८ गते ।  मोरङको बेलवारीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ राधानगरमा मोटरसाईकल दुर्घटना हुदा चालक सौजन कार्कीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । गतराती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय कार्कीको नोवेल अस्पतालमा उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाईकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङको नोबेल अस्पतालमा उपचार भईराखेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।...
शिविरमा आगलागी १७ लाख बढीको क्षति

शिविरमा आगलागी १७ लाख बढीको क्षति

समाचार
झापा, बैशाख १८ गते ।  झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएको छ । आज विहान राती करिब २ बजे शिविरको वि हट नम्बर २६० टिकाराम चापागाईको घरबाट एक्कासी आगलागी हुदा करिब १७ लाख ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । चापागाईको घरबाट लागेको आगो पदम चापागाई, रुपनारायण दुलाल र हर्कबहादुर सुब्बाको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राती साँढे ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने कुनै मानवीय र पशु चौपायाको क्षति नभएको ईप्रकाले जनाएको छ ।...
नवीकरण शुल्क मिनाह गर्न महासंघको माग

नवीकरण शुल्क मिनाह गर्न महासंघको माग

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग नेपाल पत्रकार महासंघले माग गरेको छ । कोरोना भाईरस संक्रमणले संकट पैदा गरेकाले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन महासंघले माग गरेको हो । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ । विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा पनि कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कोरोना ग्रस्त क्षेत्रको जिल्लाका फिल्डमा खटिइरहेको पत्रकारलाई तत्काल स्वास्थ्य परीक्षण, बिमा र आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले माग गरेको जनाइएको छ । महामारीको समयमा सञ्चारगृहले पत्रकारलाई बेतलबी बिदामा राख्ने, हटाउने र समयमै पारिश्रमिक उपलब्ध नगराउने समस्या देखिएकाले...
भारतमा ३३ हजार भन्दा बढी कोराना संक्रमित

भारतमा ३३ हजार भन्दा बढी कोराना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १८ गते ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ३३ हजार नाघेको छ । अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म आठ हजार तीन सय २५ जना संक्रमित निको भएर घर फर्किएको जनाइएको छ । पछिल्लो २४ घण्टामा ६७ जनाको संक्रमणका कारण मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या एक जार सात सय ७४ पुगेको जनाएको छ । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चार ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय ९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा दुई हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने एक सय २९ जनाको मृत्य...
आज मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
दक्षिण कोरियामा आगलागीमा परेर ३८ जनाको मृत्यु

दक्षिण कोरियामा आगलागीमा परेर ३८ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १८ गते । दक्षिण कोरियाको एक निर्माणाधिन भवनमा आगलागी हुँदा करिब ३८ जनाको मृत्यु भएको छ । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा करिब ३८ जनाको मृत्यु भएको हो भने आगलागीमा करिब १० जना घाइते भएका छन् । आगलागीमा एक जना अझै हराइरहेको संचारमाध्यमहरुले जनाएको छ । भवनमा ७८ जनाले काम गरिरहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।...
कोरोना संक्रमित १० लाखभन्दा बढी निको भए

कोरोना संक्रमित १० लाखभन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १८ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित १० लाखभन्दा बढी निको भएका छन् । विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १८ हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । सोही मध्ये १० लाख ३३ जना निको भएको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा बढीको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट दुई लाख २८ हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २३ सयभन्दा बढीको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या साढे ६१ हजार पुगिसकेको छ । यस्तै १० लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे २७ हजारभन्दा बढी, बेलायतमा २६ हजारभन्दा बढी, स्पेन र फ्रान्समा २४ ह...