Saturday, August 22News That Matters

समाचार

आफ्नै घाटी रेटेर आत्महत्या

आफ्नै घाटी रेटेर आत्महत्या

समाचार
झापा, पौष २८ गते । झापाको बिर्तामोडमा एक जना बृद्धाले आफ्नै घाँटी रेटेर आत्म हत्या गरेकी छिन् । विर्तामोड नगरपालिका–१० सैनिक बजारको ७१ वर्षीया रोषनी राईले आत्म हत्या गरेकी हुन् । आफ्नै घरमा घाँस काट्ने हसियाँले आईतबार साँझ साढे ७ बजे घाँटी रेटेर गम्भीर घाईते भएकी प्रहरीले जनाएको छ । घाईते भएकी राईको उपचारका लागी  बिएण्डसी अस्पताल बिर्तामोड पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
उच्च सरकारी ओहोदमा पुगेका व्यक्तित्वहरु सम्मानित

उच्च सरकारी ओहोदमा पुगेका व्यक्तित्वहरु सम्मानित

समाचार
राजेन्द्र दुष्ट बेल्टार/पुस २७ नेपाल सरकारको उच्च ओहोदामा  पुग्न सफल भएको भन्दै आफ्ना पुराना विद्यार्थीहरुलाई ज्योति माध्यामिक विद्यालयले सम्मान गरेको छ । चौदण्डीगढी नगरपालिकाको ६ नं.वडा स्थित विद्यालयको ५५ औ वार्षिकोत्सबको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई आईतबार सम्मान गरेकोे हो । सम्मानित  हुनेहरुमा वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रशाद राई, नार्क मुख्य प्रशासकिय अधिकृत बाबुराम पौडेल, कान्तिपुर दैनिकका उप सम्पादक डिल्लिराम खतिवडा, आईटि ईञ्जिनियर कञ्चनलक्ष्मी राई त्यसैगरी वडाध्यक्षहरुमा शन्तोष सुवेदी, प्रशुराम राई, कमलध्वज राई र तेजराज तिम्सिनालाई दोसल्ला ओढाउदै कदर पत्र र ट्रफिद्धारा नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी लगायत अतिथिहरुद्धारा  सम्मानित भएका छन् । त्यसैगरी १३ औ दक्षिण एशियालि साग खेलकुद प्रशिक्षकहरु  ह्याण्डवलका विन्दा थापा र कवडीका पार्वती राई र ह्याण्ड...
माछा मार्न हिडेकी महिला मृत अवस्थामा

माछा मार्न हिडेकी महिला मृत अवस्थामा

Breaking News 1, समाचार
गाईघाट/पुष,२७ माछा मार्ने भन्दै हिडेकी त्रियुगा नगरपालिका १२ बस्ने सुन्तली बोटे आइतवार त्रियुगा र बरुवा खोलाको दोवानमा मृत अवस्थामा फेला परेकी छिन् । लाल बहादुर बोटेको श्रीमती अन्दाजी ३३ बर्षकी सुन्तली बोटे मृत अवस्थामा फेला परेकी थिइन । शुक्रबार १० बजेको समयतिर माछा मार्न भनी हिडेकी बोटे साँझ बेलुका सम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आइतवार खोलाको दोवानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपरले बताए । उक्त लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ । महिला अत्यादिक चिसोको कारण मरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । महिलाको अन्य कुनै पनि चोटपटक नभएको प्रहरीले बताएको छ ।  ...
स्थानीय तहको सिकाई अभ्यास कार्यशाला सुरु

स्थानीय तहको सिकाई अभ्यास कार्यशाला सुरु

समाचार
उदयपुर, पुस २६ गते । उदयपुरमा स्थानीय कानुन तर्जूमा तथा सभा संचालन सिकाई अभ्यास कार्यशाला सुरु भएको छ । रौतामाई, ताप्लि, लिम्चुङ्बुङ र उदयपुरगढी गाउँपालिकाको आयोजनामा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश कार्य समिति १ न. प्रदेशको संयोजनमा दुई दिने शनिबारदेखि कार्यशाला सुरु भएको हो । स्थानीय सरकार संचालन गर्नका लागि आवश्यक कानुन निर्माण गर्न, सभा संचालन लगायतका सिकाई र अभ्यासको लागि कार्यशाला गरेको पालिकाहरुले जनाएको छ । प्रमुख अतिथि १ नं प्रदेश सभा सदस्य नारायणबहादुर बुर्जा मगर, विशेष अतिथि गाउँपालिका राष्ट्रिय महासंघ १ नं प्रदेश कार्यसमितिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।...
बाटोको रेलिङ भाचिएर १ जनाको मृत्यु

बाटोको रेलिङ भाचिएर १ जनाको मृत्यु

समाचार
सोलुखुम्बु, पुस २६ गते । सोलुखुम्बुको खुम्बुपासाङल्हमुमा बाटोमा राखेको काठको रेलिङ भाँचिएर एक जनाको मृत्यु भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका–४ सनासा र फोत्र्सेको बाटोमा लगाएका रेलिङ भाचिएर तल झर्दा पाल्देन शेर्पाको मृत्यु भएको हो । नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा लागाएको काठको रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर बाटोबाट करिब एक सय मिटर तल शुक्रबार दिउँसो पौने ३ बजे सखेर स्थानीय फोत्र्से ठागा निबासी ४० वर्षीय शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । रेलिङबाट खसेर घाईते भएका शेर्पालाई उपचारको लागी खुन्दे अस्पताल खुम्जुङ पु¥याउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।...
टेलर दुर्घटनामा सहचालकको मृत्यु

टेलर दुर्घटनामा सहचालकको मृत्यु

समाचार
धनकुटा, पुस २६ गते । धनकुटाको चौबिसेमा टेलर दुर्घटना हुदा सहचाकलको मृत्यु भएको छ । चौविसे गाउँपालिक–८ एसपीमोर्ड स्थित भेडेटार बुधबारे सडक खण्डमा दुर्घटना हुँदा सहचालक राजकुमार राईको मृत्यु भएको हो । ना.७ ख. ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटाबाट  छ नम्बर बुधबारे जादै गरेको ट्रनिङ मोर्डने क्रममा बिहान साढे १० बजे टेलर अनियन्त्रित भई सडकको छेऊमा पल्टिदा ३५ वर्षीय सहचालक राईलाई सोही टेलरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेलर चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।...
टिपरको ठक्करबाट १ जनाको मृत्यु

टिपरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
झापा, पुस २६ गते । झापाको दमकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–४ कृष्ण मन्दिर अगाडी पूर्व पश्चिम राजमार्गमा टिपरको ठक्करबाट तुलसा गौतमको मृत्यु भएको हो । पूर्वबाट पस्चिम तर्फ आउँदै गरेको मे १ क ६४९ नम्बरको  टिपरले बिहान साढे ६ बजे स्थानीय ६९ वर्षीयी गौतमलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र टिपर चालक प्रहरी नियन्त्रणमा राहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।...
सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

समाचार
झापा, पुस २६ गते । झापामा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ ईटाभट्टा चोकमा ट्रकले ठक्कर दिदा रामप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई युपी २५ डी १६९३ नम्बरको ट्रकले गतराती पौने १० बजे ठक्कर दिदा मोटरसाईकल चालक बारा काँकडी–७ निबासी ४० वर्षीय यादबको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक भारतको मधुबनी जिल्ला निबासी ४८ वर्षीय नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
महिला जनजागृति सहकारीको २१ औँ साधारण सभा सम्पन्न

महिला जनजागृति सहकारीको २१ औँ साधारण सभा सम्पन्न

आर्थिक, समाचार
उदयपुर, पुस २६ गते । उदयपुरमा श्री मलिा जनजागृति सहकारीको २१ औँ बार्षीक साधारण सभा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटको श्री महिला जनजागृति बचत तथा ऋण सहकारी सस्था लिमिटेडको साधारण सभा शनिबारी भब्यताकासाथ सम्पन्न भएको हो । वार्षीक साधारण सभामा असल कर्जा असुली तर्फ अन्जुकुमारी मुक्तान र युनिर्भर्सल रिर्सोटलाई सम्मानपत्र साथ सम्मान गरिउको थियो । त्यस्तै नियमित तथा असल बचत तर्फका मेडलाईफ फार्मेसी र अशोककुमार झा र उत्कृष्ठ कर्मचारी ईश्वर पोखरेल र योगन्द्र श्रेष्ठलाई सम्मानपत्रका साथ सम्मान गरिएको सहकारीले जनाएको छ  । सहकारीको आर्थीक वर्ष २०७५/०७६ मा शेयर पुँजी १७ लाख २२ हजार तीन सय रहेको थियो भने चालु आव २०७६/०७७मा ३० लाख पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै निपेक्ष संकलन ५ करोड १३ लाख ८८ हजार चार सय ११ रुपैया रहेको थियो भने १५ करोड ५० लाख पु¥याउने लक्ष्य लिएको छ । निक्षेप फ...
किराँत राज्यका दरवार तथा गढीे घुम्दै राई

किराँत राज्यका दरवार तथा गढीे घुम्दै राई

मनोरञ्जन, समाचार
उदयपुर, पुस २६ गते ।  भोजपुरका किवाङ्हाङ राई यति बेला ऐतिहासिक किराँत राज्यका दरबार तथा गढीहरु घुम्दै हिड्नु भएको छ । हतुवागढी गाउँपालिका–३ माक्साहुत सिन्द्राङ निबासी राईले किरात सभ्यता र तत्कालीन किरात राज्यहरुका दरवार तथा गढीहरुको प्रत्यक्ष अवलोकन तथा अध्ययन गर्दै हिड्नु भएको हो । एसिया र युरोपका जुन सुकै राष्ट्रका मंगोलहरु सुम्निमा पारुहाङका सन्तान भएको राईले दावी गर्नु भएको छ । राईले भन्नुभयो “तयामा कियामाको कथाले मानव ईतिहासमा पहिलो कपडा बुन्न सिकाउने किराँती नै हो ।, विश्वका सभ्यताहरु मध्ये एक पुरानो किराँत सभ्या पनि हो । १ न. प्रदेशको नाम किराँत प्रदेश नामाकरण गर्नु पर्दछ । किन कि किराँत एउटा सभ्यता भएकाले सवैलाई समेट्ने भएकाले किराँत प्रदेश नामाकरण गर्नु पर्ने राईले बताउनुभयो । किराँतीहरु आदीबासी  हो । तर अहिले राज्यले जनजाती बनाईएको उहाले बताउनुभयो । पहिचान, प्रतिनिधित...