Sunday, August 23News That Matters

समाचार

दुर्घटना न्युनिकरण गर्ने उदेश्य सहित उदयपुरमा ट्राफिक सप्ताह सुरु

दुर्घटना न्युनिकरण गर्ने उदेश्य सहित उदयपुरमा ट्राफिक सप्ताह सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ असार । उदयपुरमा ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । कोशी प्रदेश आन्तरिक मालिला तथा कानुन मन्त्रालय बिराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटरी सुनसरीको आयोजना र जिल्ला प्रहरी कार्याललय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । यस सप्ताहले बिषेशगरी सडक अनुसासन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्य राखेको छ । गाईघाटको पिपलचोक बाट प्रभातफेरी र्याली सहित सप्ताहको सुभारम्भ भएको जिल्ला ट्राफिक प्रहरी उदपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेलले जनाए । पोखरेलका अनुसार र्याली सहित कार्यक्रमका औपचारिक उद्घाट त्रियुगा बसपार्कमा गरी सप्ताह व्यापक सुभारम्भ भएको हो । सप्ताहव्यापी कार्याक्रममा दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना, कानुनी कार्वाही, नियमित चेकजाँच विद्यालय स्तरमा व...
लिम्चुङबुङ गाउँपालिकाले नयाँ भवनबाट सेवा विस्तार गर्यो

लिम्चुङबुङ गाउँपालिकाले नयाँ भवनबाट सेवा विस्तार गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ असार । लिम्चुङबुङ गाउँपालिकाले नयाँ भनबाट सेवा सुरु गर्ने भएको छ । लामो समयपछि पालिकाले आफ्नै भवनबाट जनतालाई सेवा दिने भएको हो । पालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन भए सँगै नयाँ भवनबाट सेवा विस्तार हुने भएको छ । भवनको उद्घाटन प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेका छन् । पालिका अध्यक्ष मेजर कुमार राईले चौरीबाट सुरु गरिएको सेवा भवन सम्म आईपुगेको जनाए । बिकट स्थानबाटै पनि जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीहरुले मेहनतका साथ सेवा दिरहेको अवस्थामा अब भने सुविधा र सहजले सेवा प्रदान यस भवनबाट दिईने अध्यक्ष राईको भनाई छ ।...
त्रियुगामा ३ सय बढी ब्यपारीको ढक तराजु दर्ता तथा नविकरण

त्रियुगामा ३ सय बढी ब्यपारीको ढक तराजु दर्ता तथा नविकरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ असार । त्रियुगा नगरपालिकाको बिभिन्न बजारमा रहेका अधिकांश ब्यपारीहरुले ढक तराजुको दर्ता तथा नविकरण गरेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम भएको हो । संघका अध्यक्ष रमेश रसाईलीका अनुसार गाईघाट सदरमुकाम तथा आसपासको बजारहरु जलजले, चुहाडे लगायतका ब्यपारीहरुमै पुगी नविकरण र दर्ताको काम गरिएको हो । नापतौल कार्यालय बिराटनगरलाई समन्वय गरी ब्यपारीहरुको घर आगनमै गएर दर्ता नविकरण गराउन संघले पहल गरेको हो । ब्यपारीहरुले ढक तराजु किनेको ३५ दिन भित्र नापतौल कार्यालय बिराटनगरमा गएर दर्ता गराई प्रमाण पत्र लिनु पर्ने व्यवस्था छ । यति गरेपछि मात्रै ढक तराजु चलाउन पाउने व्यवस्था रहेको अध्यक्ष रसाईलीको भनाई छ । कार्यालयबाट प्रमाण पत्र लिएर मात्रै ढक तराजु संञ्चालन गर्न पाउने नियम भएपनि ब्यपारीहर...
गाईघाटमा ७ दिने कुशन तालिम सम्पन्न

गाईघाटमा ७ दिने कुशन तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ असार । गाईघाटमा संञ्चालन भैरहेको ७ दिने कुशन सिलाई तालिम सम्पन्न भएको छ । प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको समन्वयमा संञ्चालन भएको तालिम मंगलबार समापन गरिएको हो । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापाको प्रमुख आथित्यतामा तालिमको समापन गरिएको हो । तालिममा २० जना महिला सहभागी रहेका थिए । घरेलु कार्यालयका प्रमुख नरेन्द्र पराजुलीले सिप सिकेका सबै महिलाहरुलाई व्यवसायीमा जोडिन अनुरोध गरे । सिप सिकेर प्रमाण पत्र मात्रै लिने अनि सिपको प्रयोग नगर्ने प्रवृत्ति रहेको भन्दै यसो नगर्न सहभागीहरुलाई उनले सुझाएको हो । सिपलाई व्यवसाय व्यवसायलाई रोजगारमा जोड्न सके मात्रै घरेलु कार्यालयले दिएको यस्ता तालिमको उचित सदुपयोग हुने उनको भनाई छ । तसर्त आगामि दिनहरुमा सिपल...
उदयपुरमा ७ दिने पत्रकारीता तालिम सुरु

उदयपुरमा ७ दिने पत्रकारीता तालिम सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३ । उदयपुरमा ७ दिने पत्रकारीता तालिम सुरु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाटस्थित जगत भवनमा सोमबारबाट तालिम सुरु भएको हो । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर र नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । ‘स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान’ भन्ने नाराका साथ सुरु भएको तालिममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रशिक्षण दिनु भएको छ । ७ दिन सम्म संचालन हुने तालिममा आधारभुत पत्रकारिता, समाचार लेखन शिप, मोवाईल जर्नालिजम लगायतको प्रशिक्षण गराईने नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताएका छन् ।...
लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र

लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएको छ । किमिटीले ११ बुदेँ ज्ञापनपत्र बुझाएको हाे । सेवा प्रवाह र शुसासनको बिषयमा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हाे । एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर राइको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई ज्ञापनपत्र बुझाइएको हाे । आर्थिक बर्ष २०७९/०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका बिषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न भनेकाे छ साथै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न माग ज्ञापनपत्रमार्फत गरिएकाे छ । एमाले जिल्ला सदस्य राजकुमार राइसमेतकाे उपिस्थिति रहेकाे थियाे ।  ...
चुरे संरक्षण दिवसमा उदयपुरमा गरियाे बृक्षराेपण

चुरे संरक्षण दिवसमा उदयपुरमा गरियाे बृक्षराेपण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २ । "चुरेकाे माटाे चुरेलाई, सफा पानी सबैलाई" भन्ने नाराका साथ देशभर मनाईएकाे १० ओैं चुरे दिवसकाे अबसरमा उदयपुरमा आज बृक्षराेपण गरिएकाे छ । त्रियुगा नगरपालिका -६ स्थित डाँडावारी सामुदायिक वनमा डिभिजन वन कार्यालय उदयपुरकाे आयाेजना तथा देउरी सबडिभिजन कार्यालय जलजले र स्थानीय साबउसकाे सहआयाेजनामा बृक्षराेपण भएकाे हाे । विभिन्न जातका करिव दुईसय बिरुवा राेपिएकाे हाे । दिवसलाई खाली चाैरीमा बृक्षराेपण गरेर मनाईएकाे हाे । चुरे संरक्षणका लागि खाली जमिनमा बृक्षराेपण गर्दै जाने अभियान अनुरुप थालनी गरिएकाे बताईएकाे छ । बृक्षराेपणमा बन कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयहरुकाे सहभागिता थियाे । फाेटाेफिचर...
नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा ब्यपारीहरुको नापतौल प्रमाणपत्र दर्ताको काम भैरहेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम शनिवारदेखी धमाधम भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शनिवार जलजलेका ब्यपारीहरुको र आईतबार र सोमवार भने गाईघाटका ब्यपारीहरुको नविकरण गरिने अध्यक्ष रसाईलीले जनाए । नविकरण गर्ने अन्तिम समय ३ गते सम्म रहेको छ । संघले यस समय अबधि भित्र सबैले नविकरण गर्ने काम सम्पन्न गर्न आह्वान गरेको छ ।...
उद्योग ब्यवसायी र बजार व्यवस्थापनका लागि बजेट बिनियोजनको माग

उद्योग ब्यवसायी र बजार व्यवस्थापनका लागि बजेट बिनियोजनको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । स्थानीय सरकारलाई उद्योग ब्यवसायी र बजार व्यवस्थापनको लागि बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराईएको छ । घरेलु तथा साना उद्योग महासंघ जिल्ला, त्रियुगा नगर र नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरले आगामी निति तथा कार्यक्रममा उद्योगी व्यवसायीहरुको कार्यक्रका लागि बजेट माग गरिएको हो । घरेलु महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा, महासंघकै त्रियुगा नगर अध्यक्ष रुद्र श्रेष्ठ, सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधान र महिला उद्यमी समितिका अध्यक्ष बिना राईले ध्यानाकर्षण पत्र बुझाउँदै बजेट छुटाउन माग गरेको हो । त्रियुगा नगरपालिकाकी उपम्रमुख महेश्वरी राईलाई ध्यानाकर्षण बुझाईएको छ । उद्योगी ब्यवसायीहरुले नगरमा झण्डै ८० लाख माथी कर बुझाउने हँदा यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई उत्साहित गर्न बजेट छुटाउन माग गरिएको अध्यक्ष मधुकर थापाले जनाए । उपमेयर राई सहित त्रियुगा नग...
प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २ । प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बोक्से युवा संजालले जितेको छ । शनिबार भएको फाईनल खेलमा बोक्से युवा संजालले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो । त्रियुगा नगरपालिका–१० गंगा खेल मैदानमा भएको खेलमा आर्यन दनुवारले गरेको एक मात्र गोल बोक्से युवा संजालको जितको लागी निर्णायक गोल बन्यो । उपाधि विजेता बोक्से युवा संजालले नगद रु. १० हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।...