Tuesday, July 7News That Matters

समाचार

त्रियुगा बाढीमा पसेका बृद्धलाई सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

त्रियुगा बाढीमा पसेका बृद्धलाई सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ भदौ । त्रियुगाको बाढीमा फसेका एक बृद्धलाई सशस्त्र प्रहरी वल नं ५ गण हेक्वाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका १२ का ५८ बर्षिय महेन्द्र शर्मालाई शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । बिहिबार बिहान त्रियुगा पुल मुनी बसिरको अवस्थामा एक्कासी बाढी आएपछि बृद्ध बाढीमै फसेका थिए । बाढीमा फसेको भन्ने सूचना पछि सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटरका शसस्त्र प्रहरी निरिक्षक राज विक्रम खड्काको टोली तत्काल घटना स्थल तर्फ पुगेका थिए । वरी परि बाढी बिचमा फसिरहेका शर्माको डोरी बाट सकुशल उद्धार गरेको खड्काले जनाए । तत्काल उदद्धारले शर्मालाई जोखिमबाट मुक्त गर्दै ज्यान बचाउन सकेको निरिक्षक खड्कोका भनाई छ ।...
कफ्यु आदेश सुरु, सर्वसाधाणमा घरघरमा बस्दै

कफ्यु आदेश सुरु, सर्वसाधाणमा घरघरमा बस्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले अहिले पाँच बजेदेखि भोली विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । जिल्लामा विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा आदिका कारण धनजनको क्षती हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला सुरक्षा समितिको आजको बैंठकको निर्णय बमोजिम कफ्यु जारी भएको हो । जिल्लाको तीन मुख्य स्थानमा कर्फ्यु तोकिएको छ । सदरमुकाम गाईघाट क्षेत्रको पूर्वमा त्रियुगा नगरपालिका १३ फुलजोर, पश्चिममा त्रिनपा ७ चुहाडे, उत्तरमा त्रिनपा १० चप्पन बरुवापुल र दक्षिणमा त्रिनपा ६ जलजले तोकिएको छ । यसचार सिमाभित्र कुनै पनि भेला, जुलुस, प्रदर्शन, बैंठक गर्न नपाउने गरी कफ्यु जारी भएको छ । त्यसैगरी कटारी नगरपालिका क्षेत्रको पूर्वमा कटारी नपा ५ डाङडुङखोलापुल, पश्चिममा कटारी नपा ४ ककुरखोलापुल, उत्तरमा कटारी नपा ४ म...
उदयपुरमा आज शान्त अवस्था

उदयपुरमा आज शान्त अवस्था

Breaking News 1, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । हिजो जेनजी प्रदर्शनले अस्तब्यस्त बनेको उदयपुर आज शान्त छ । विशेषगरी सदरमुकाम गाईघाट अस्तब्यस्त बनेको थियो । यहाँस्थित सरकारी कार्यालय र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । चौकमा शालिक तोडफोड हुनुका साथै दुईपांग्रे सवारी साधनमा आगजनी भएको थियो । आज विहानैदेखि जेन्जी समुहको नाममा कुनै पनि गतिविधि नभएको प्रहरीले जनाएको छ ।...
सडकमा सेना तैनाथ

सडकमा सेना तैनाथ

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । गएराती १० बजेदेखि नेपाली सेना शान्ति सुरक्षाका लागि सडकमा खटिएका छन् । गाईघाट बजार र जिल्लाको सबै क्षेत्रमा सेनाको पैदल तथा सवारीसाधनबाट गस्ती भइरहेको छ । सेना परिचालनसंगै जेनजी प्रदर्शन रोकिएको छ । नेपाली सेनाले आज दिनभर निषेधाज्ञ देशभर लागु गरेको छ भने भरै ५ बजेदेखि भोली विहान ६ बजेसम्म कफ्यू आदेश जारी गरेको छ । निषेधाज्ञको बेला हुलहुज्जत, प्रदर्शन, विरोध, र्याली, भेला गर्नु हुदैन । निषेधाज्ञको अवज्ञा नगर्न नेपाली सेनाले माइकिङमार्फत अनुरोध गरिरहेको छ । स्थानीय प्रशासनसमेतले सुचना जारी गरी निषेधाज्ञ र कफ्युको पालना गर्न अनुरोध गरेको छ । आज सामान्य अवस्थामा उयदपुरको जनजीवन चलेको छ । विहान बन्द रहेपनि दिउसोदेखि बजार पसलहरु खुलेका छन् । यातायात चलेका छन् ।...
प्रशासनले भन्यो – निषेधाज्ञ र कफ्युको पालना गरौं

प्रशासनले भन्यो – निषेधाज्ञ र कफ्युको पालना गरौं

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २५ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले निषेधाज्ञ र कफ्युको पूर्ण पालना गर्न सबैलाई अनुरोध गर्नुभएको छ । आज एक सुचना जारी गर्दै शान्ति ब्यवस्था कायम गर्न हाल जारी भएको निषेधाज्ञ र कफ्युको पूर्ण पालना सबैले गरिदिन अनुरोध गर्नुभएको हो । गएराती १० बजेबाट नेपाली सेना लगायत जिल्लाका सबै सुरक्षा निकायहरु आप्mनो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न खटि सकेको कुरा अवगत गराउदै उहाँले आज बेलुका ५ बजेसम्म देशभर निशेधाज्ञ रहेको र त्यसपछि भोली विहान ६ बजेसम्म कफ्यु आदेश जारी भएको उहाँले बताउनुभयो । एम्बुलेन्स, सब वाहन, दमकल, स्वास्थ्य र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने जनाइएको छ । आवतजावतका लागि अति जरुरी अवस्था परेमा नजिकको सुरक्षा निकायसंग समन्वय गर्नसकिने उहाँले बताउनुभयो । यसबेला प्रदर्शन, तोडफोड, लुटपाट, आगज...
शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ भदौ । जिल्ला प्रशासन कार्यालय उदयपुरले पछिल्लो देशको परिघटनालाई लिएर शान्ति सुरक्षा कायम गर्न आवश्यक रहेको जनाएको छ । विसम परिस्थितिलाई निर्मल गर्ण सेनाको सुरक्षालाई पालना गर्न आह्वान गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य काम कार्वाहीमा तत्काल नलाग्न प्रशासनको आग्रह छ । निषेधञा र कर्फ्युलाई समय सम्मै पालना गरी शान्ति कायम गर्न भनिएको छ । अब उप्रन्त आन्दोलनको नाममा चोरी डकैती, लुटपाट तोडफोड र आगजानी जस्ता कार्य गर्न गराउन नपाईने भनिएको छ ।...
चौदण्डीका मेयर उपमेयरको राजिनामा माग्दै जेन्जी आन्दोलन

चौदण्डीका मेयर उपमेयरको राजिनामा माग्दै जेन्जी आन्दोलन

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेन्जीहरुले धर्ना सहित आन्दोलन गरिरहेको छ । मेयर कालु लामा र उपमेयर मणिका देवी दुलालको राजीनामा माग्दै आन्दोलन सुरु भएको हो । जेन्जी आन्दोलनले दुई दिमै केन्द्रीय सरकार च्युत बनाईसकेको छ । आन्दालेनमा प्रधानमन्त्री मन्त्रीहरुको निवासलाई तार्गेटमा राखेर जलाउने र तोडफोड गर्ने काम पनि भैरहेको छ । उदयपुरमा पनि ठुलो भौतिक संरचनाहरुको क्षत्री पुगेको छ । तिन ओटा पार्टी कार्यालय सहित नगरपालिका लगायत बिभिन्न भौतिक संरचनाहरु आगजानि गरिएको छन् । गाईघाट जेन्जीले दुई दिनको फोहोर सफा गर्दै गर्दा चौदण्डीमा भने आन्दोलन सुरु भएको हो ।...
त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन स्थगित

त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २५ । त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन हाललाई स्थगित गरिएको छ । मंगलबार जेन्जी प्रदर्शनकारीले नगरपालिका तोडफोड र आगजनी गरेपछि आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुमार खड्काले एक सुचना जारी गर्दै कार्य सम्पादन स्थगित भएको जानकारी दिएका हुन् । आन्दोलनकारीहरुले नगरपालिकाको अधिकांश दस्तावेजहरु, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवा, झ्याल–ढोका र कार्यकक्ष समेत तोडफोड गरी सबै सामानहरुमा आगजनी गरेका थिए । जारी सुचनामा अर्को सुचना प्रकाशन नभएसम्म नगरकार्य सम्पादन स्थगित भएको जनाईएको छ ।...
गाईघाटमा वि.पि.को शालिक हटाएर पृथ्वी नारायण शाहको तस्वीर राखियो

गाईघाटमा वि.पि.को शालिक हटाएर पृथ्वी नारायण शाहको तस्वीर राखियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २५ । उदयपुरको सदरमुकाम गाईघाटको वि.पि. चोकमा रहेको विश्वेश्वर प्रसाद कोइरालाको शालिक तोडफोड र आगजनी गरेपछि पृथ्वी नारायण शाहको तस्वीर राखिएको छ । मंगलबार दिउँसो उग्ररुप लिएको जेन्जी आन्दोलनकारीले वि.पि.को शालिक तोडफोड र आगजनी गरेपछि राष्ट्र निर्माताको रुपमा परिचित पृथ्वी नारायण शाहको तस्वीर राष्ट्रिय झण्डा सहित ठडाएका हुन् । आन्दोलनकारीले उदयपुरको सबै सरकारी कार्यालय, नगरपालिका, मेयर–उपमेयर, पूर्व मेयर र उपसभामुखको घरमा तोडफोड र आगजनी गरेका थिए ।  ...
गाईघाटमा  जेन्जी युवाहरुले सुरु गरे सरसफाई

गाईघाटमा जेन्जी युवाहरुले सुरु गरे सरसफाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २५ । उदयपुरको सदरमुकाम गाईघाटमा हिजो दिउँसोदेखी उग्ररुप लिदैँ तोडफोड र आगजनीमा अत्रिएका जेन्जी युवाहरु आज सरसफाईनमा लागेका छन् । आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेका युवाहरुले गाईघाटको मेनचोक देखी सरसफाई गर्न सुरु गरेका हुन् । हिजो दिउँसो करिब ५ बजेको समयमा जेन्जी युवाहरुले मेनचोकमा आगजनी गरेको मोटरसाईकल र आगजनीबाट भएको फोहोरहरु व्यवस्थापन गर्नको लागी सरसफाईन गर्न थालेका हुन् । जेन्जी युवाहरुको आन्दोलन सफल भएसँगै आजदेखी सरसफाईमा जुटेका हुन् ।  ...