Wednesday, July 8News That Matters

समाचार

उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ९ । उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोत चौकस्थित सिद्धिचरण लोकमार्गमा अवैध भन्सार छलीको समान सहित मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साढेँ ४ बजेको समयमा प्रहरी चौकी बेल्सोतबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिर्चैयाबाट घुर्मीतर्फ जादै गरेको बा ३ ख ३९६ नं. को मिनि ट्रकबाट २४५ काटुन अन्दाजी मुल्य ३ लख १७ हजार ५ सय २० रुपैँया बिना बिलको ईण्डियन डिउ नियन्त्रणमा लिएको हो । भन्सार छलीको सामान बरामद भएसँगै सवारी चालक सिन्धुली फिक्कल गाँउपालिका–५ बस्ने २९ बर्षीय भेषनाथ लुईटेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । भन्सार छलीको समान, सवारी साधन र चालक लुईटेललाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको छ प्रहरीले जनाएको छ ।...
कोरियामा मृत्यु भएको उदयपुरका कमलको शव नेपाल ल्याईयो

कोरियामा मृत्यु भएको उदयपुरका कमलको शव नेपाल ल्याईयो

समाचार
पूर्णपुष्टि, भदौ ८ । दक्षिण कोरियामा मृत्यु भएको उदयपुरको चौदण्डीगढी–५ बेल्हाका ३२ बर्षीय कमल चौधरीको शव नेपाल ल्याइएको छ । कतार एयरलायन्सको विमानर्फत नेपाल ल्याईएको उनको शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लगिएको छ । एक वर्षअघि इपिएस परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि दक्षिण कोरिया गएका चौधरी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमा अवस्थामा उपचाररत उनको अघिल्लो सोमबार मृत्यु भएको थियो । तर, बेहोस हुनुभन्दा एक महिनाअघि नै उनले काम गर्दै आएको कम्पनी छाडेका थिए । त्यसपछि नयाँ कामको खोजीमा सेल्टरमा बसिरहेको बेला अचानक बेहोस भएका चौधरीलाई प्रहरीले एम्बुलेन्समा अस्पताल पुर्याएको थियो । कोमा अवस्थामै उपचारको क्रममा उनको मृत्यु भएको थियो । उपचारको क्रममा उनको १६ लाख रूपैयाँ भन्दा बढी खर्च भएको थियो । बुबा बालक चौधरी र आ...
उदयपुरमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षति

उदयपुरमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षति

समाचार
पूर्णपुष्टि, भदौ ८ । उदयपुरको कटारी नगरपालिका–१ चुरीया स्थितमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा चुरीया स्थित सिद्धिचरन राजमार्गमा दुधौलीबाट मिर्चैया तर्फ जादै गरेको ना ८ ख ५९४१ नम्बरको टिफरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी भएको हो । टिफरमा भएको आगलागी प्रहरी र दमकलको सहयोगमा राती १२ बजेर ५० मिनेटको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट मानवीय क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुरमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ द्धार खेला पुलस्थितमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–८ बस्ने ४८ बर्षीय बिनोद लामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन ३० गते दिउँसो साढेँ ५ बजेको समयमा द्वार खोला पुल स्थित मदन भण्डारी लोकमार्गमा धनुषाबाट धरान तर्फ जादै गरेको प्र.२–०२–००३ प ३७०८ नं को मोटरसाईकललाई ईटहरीबाट गाईघाट तर्फ आउँदै गरेको को १ च ८७९९ सुमोले ठक्कर दिएको थियो । सुमोको ठक्करबाट गम्भिर घाईते भएका चालक लामा र पछाडी सवार सोही स्थानका ४५ बर्षीय सिफल सदालाई उपचारको लागी बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारको क्रममा चालक लामाको गत राती साढेँ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सदाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सुमो चाल...
तिज सँगै सिपमा जोडिए गाईघाटका महिलाहरु

तिज सँगै सिपमा जोडिए गाईघाटका महिलाहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ भदौ । तिज भन्ने वित्तिकै रमाईलो, मनोरञ्जन र खानपान भन्ने बुझिन्छ । यति मात्रै पनि हैन पुजा आजा रंग रोगन र पहिरन पनि यस भित्र पर्छ । हरितालिका तिजको अवसर पारी यो बेला खास अधिकांश महिलाहरु खानपान र नाचगानमै व्यस्त भैरहेको छ । तर यहि अवसरमा गाईघाटका केहि महिलाहरु सिपमा सहभागी भएको छ । तिजमा सिप नारा सहित यी महिलाहरुले दुई दिने डल कुसन सिप सिकिरहेको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर र नेपाल घरेलु तथा साना उद्योग महासंघ त्रियुगा नगर समिति गाईघाटको संयुक्त आयोजनामा तिजमा सिप जोडेर दुई दिने कुसन डल तालिम गाईघाटमा आयोजना गरिएको हो । जनता सँग मेयर कार्यक्रमको सहयोगमा संञ्चालन भएको उक्त तालिमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गरे । उद्घाटन गर्दै मेयर वस्नेतले सिकेका तालिमलाई सदावहार प्रयोगमा ल्याउन सुझाए । तालिम लिने अनि तालिमको सदुपयोग नहुदा महिलाह...
बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ भदौ । त्रियुगा नगरपालिका वडा नं १० बोक्से खसि बजारको पार्किङ व्यवस्थापन तत्काल गरिने भएको छ । प्रत्येक बुधबार संञ्चालन हुँदै आएको खसी बजारको पार्किङ व्यवस्थापनलाई सहजीकरण गरिने भएको हो । बुधबारका दिन लाग्ने खसि बजारको हटिया पार्किङले अस्तव्यस्त हुने गरेको छ । हटियाको दिन मुख्य सडकमै अटो, सिटी र बाईकले सडक अबरुद्ध गर्दा सवारी आवत जावतमै ठुलो समस्या पर्दै आएका थिए । बुद्धिजिवी तथा सचेतना टोल विकास समितिका अध्यक्ष समेत रहेका पर्शराज राईले उक्त अस्तव्यस्त अवस्था प्रति जानकारी गराउँदै यसको तत्काल समधानमा पहल कदमी चाल्नु परेको बताउनुभयो । शनिवार वडाअध्यक्ष किरण पाण्डेको उपस्थितिमा खसी बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली श्रेष्ठ, सचिव ज्ञानेन्द्र मगर, बुद्धिजिवी तथा टोल विकास समितिका अध्यक्षहरु सहित आसपासका व्यवसायीहरुलाई उपस्थिति गराएर बृहत छलफल गरिएको थियो । छलफलमा वडा...
डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ भदौ । उदयपुरमा नयाँ प्रहरी प्रमुख राजन चापागाई आएका छन् । उनि नयाँ प्रहरी प्रमुखका रुपमा उदयपुर आएका हुन् । चापागाईँ यस भन्दा अघि यसै जिल्लाका डिएसपीको रुपमा कार्यरत थिए । उनि एक बर्ष उदयपुर बसेर सरुवा भएका थिए । निवर्तमान प्रहरी प्रमुख हरिहरनाथ योगिको काठमाण्डौँ स्थित नक्सालमा सरुवा भए सँगै चापागाईँ उदयपुर प्रहरी प्रमुखको रुपमा भित्रिएका थिए । एसपी योगिकै डिएसपीको रुपमा जिल्लामा काम गरेका चापागाईँ एसपी बनेर जिल्ला भित्रिएका हुन । चापागार्इँले शुक्रबार मात्र पत्रकारहरु सँग दोस्रो पटक प्रहरी प्रमुखका रुपमा भेटघाट गरेका थिए । उनले पहिले पनि आफु जिल्लाको बारेमा जानकार रहेको भन्दै काम गर्न सहज हुने बताए । जनताको सुरक्षामा उदयपुर प्रमुखका नाताले हदैसम्म जिम्मेवारी बन्ने चपागाईको भनाई छ ।...
त्रियुगा नेशनल एजुकेशन एकेडेमी गाईघाटका विद्यार्थीले गरे रक्तदान

त्रियुगा नेशनल एजुकेशन एकेडेमी गाईघाटका विद्यार्थीले गरे रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ भदौ । त्रियुगा नेशनल एकेडेमी गाईघाटका विद्यार्थीहरुले रक्तदान गरेको छ । “रक्तदान महाअभियान तपाईको रगत जिवनको वरदान ” भन्ने नाराका साथ ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटले आयोजना गरेको रक्तदान अभियानमा विद्यार्थीहरुले रगत प्रदान गरेको हो । शुक्रबार राधाकृष्ण मन्दीर मुनि रहेका सेवा केन्द्रकै भवनमा करिब १० भन्दा बढी विद्यार्थीहरुले रक्तदान कार्यक्रममा सहभागी जनाएको हो । स्वास्थ्य सँगै सम्बन्धित बिषयहरुमै अध्यानरत विद्यार्थीहरुले रगतको महत्वलाई ध्यानमा राखी रक्तदान गरेको थियो । त्रियुगा नेशनल एकेडेमीले बिषेशगरी स्वास्थ्य सँग सम्बन्धित प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको छ । जस अन्तर्गत ३ बर्षे ल्याव टेक्निसियन, ३ बर्षे ए.एच.ए (कविराज), १८ महिने पशु चिकित्सा विज्ञान भेटेरीनरी र बाली बिज्ञान कृषि १८ महिने गरी ४ ओटा कोर्षहरु संञ्चालन गरिरहेको छ । विश्व बन्धुत्व दिवस तथा रा...
गाईघाटमा रक्त्तदान महाअभियान सुरु

गाईघाटमा रक्त्तदान महाअभियान सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ६ । उदयपुरको सदरमुकाम गाईघाटमा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त्तदान महाअभियान सुरु भएको छ । राजयोगिनी प्रकाशमणी दादीज्युको १८ औँ पुण्य तिथीको स्मृतीमा शुक्रबार ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटको सभाहलमा रक्तदान सुरु भएको हो । “तपाईको रगत, जीवनको वरदान यसले जीवन बचाउन सक्छ, आशा जगाउन सक्छ र अन्जानलाई पनि एकजुट बनाउन सक्छ” भन्ने नारा सहित महाअभियान सुरु भएको हो । मुटुसरी रगत पनि शरीरको अङ्ग थोपा थोपा रगतमा छ, जिन्दगीको रङ्ग भन्ने मुल नाराका साथ सुरु भएको रक्त्तदान अभियान दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।    ...
सम्पादक राई दुर्घटनामा घाईते

सम्पादक राई दुर्घटनामा घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदाै ५ । उदयपुरबाट प्रकाशित पत्रिका पूर्णपुष्टि साप्ताहिककी सम्पादक शान्ता राई आज दुर्घटनामा परी घाईते हुनु भएकाे छ । त्रियुगा नगरपालिका -१० बाेक्सेमा करमगाछिदेखि गाईघाटतर्फ आउद‌ै गरेकाे प्रदेश १-०५-००१ प ३३६८ नम्बरकाे माेटरसाईकलले ठक्कर दिदा घाइते हुनु भएकाे हाे । अनुहार र दाहिने हातमा चाेट लागेकाे उहाँलाई उदयपुर अस्पतालबाट थप उपचारका लागि बिराटनगर लगिएकाे छ । माेटरसाईकल चालक त्रिनपा-१० का नरेन्द्र राई पनि घाईते भएका छन् । उनकाे पनि अनुहार र हातमा चाेट लागेकाे जनाईएकाे छ । घाइतेलाई उपचारमा पठाईएकाे र दुर्घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । ...