Sunday, May 3News That Matters

समाचार

धरान ब्याड्मिन्टन क्लवले मनायाे बार्षिकाेत्सव

धरान ब्याड्मिन्टन क्लवले मनायाे बार्षिकाेत्सव

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २ । धरान ब्याड्मिन्टन क्लबकाे आज पहिलाे वार्षिकाेत्सव परेकाे छ । बार्षिकाेत्सवकाे अबसरमा क्लवका पदाधिकारी तथा खेलाडीहरुले केक काटेर खुसियाली मनाएका छन् । कार्यक्रममा क्लबका  अध्यक्ष टंकबहादुर लिम्बुकाे अध्यक्षता तथा नेपाल ब्याड्मिन्टन संघका केन्द्रीय उपाध्यक्ष शेखर लामा, क्लवका बरिष्ठ  उपाध्यक्ष तेजबहादुर मेन्याङ्बाे, उपाध्यक्ष  मुक्ति सिरिङ चाेम्वाङ लगायतकाे आतिथ्यमा रह्याे । सचिव रविन साउदेनका अनुसार क्लवले धरानकाे अमरहाटमा चारवटा काेर्टसहितकाे कबर्डहल सञ्चालन गरि नियमित खेल सञ्चालन गर्नुका साथै प्रतिष्ठित प्रतियाेगिताहरु आयाेजना गर्दै आएकाे छ । काेच देवेन्द्र खड्काका अनुसार धरानमा ब्याड्मिन्टन खेलाडि र खेलप्रेमीहरुका लागि साे क्लब र कबर्डहल पहिलाे राेजाईमा रहेकाे छ । फाेटाे फिचर :  ...
‘ग्लोबल हिरो अवार्ड’ ज्ञानेन्द्र शाही र कुलनमान घिसिङलाई’

‘ग्लोबल हिरो अवार्ड’ ज्ञानेन्द्र शाही र कुलनमान घिसिङलाई’

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । यस बर्षको ‘ग्लोबल हिरो अवार्ड’ प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शारी र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान गर्ने ब्यक्तिहरुलाई ग्लोबल नेपालीले हरेक वर्ष सम्मान सहित यो अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ ।...
प्रशासनमा नागरिक प्रतिबद्धता स्वघोषणा लागु

प्रशासनमा नागरिक प्रतिबद्धता स्वघोषणा लागु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २ । जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता प्रमाणपत्र प्राप्त गर्ने नागरिकलाई नागरिक प्रतिबद्धता स्वघोषणा लागु गरेको छ । शुक्रबार प्रशासनबाट नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिक शाखा अगाडी राखिएको फ्लेक्स प्रिन्टमा लेखिएको ७ बुदेँ नागरिक प्रतिबद्धता पढ्न लगाई नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले प्रशासनबाट नागरिकता प्राप्त गरेका ७ जनालाई आजबाट नेपाली नागरिक भएकोमा बधाई दिदैँ नागरिकता प्रदान गर्नु भएको हो । नेपाली नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकको कर्तव्य समेत जानकारी गराउने उदेश्यले नागरिक प्रतिबद्धता स्वघोषणा लागु गरिएको अधिकारी लुईटेलले बताउनुभयो । नागरिकता प्राप्त गर्ने नागरिकलाई कर्तव्य बोध हुने र असल नागरिक बन्न नागरिकता प्रमाणपत्र प्राप्त गरेका दिन प्रेरणा मिल्न जाने भएकोले नागरिक प्रतिबद्धता स्वघोषणा लागु गरिएको ब...
उदयपुरमा वाइसियलको श्रम तथा उत्पादन अभियान सुरु (फोटो सहित)

उदयपुरमा वाइसियलको श्रम तथा उत्पादन अभियान सुरु (फोटो सहित)

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १ । उदयपुरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसियल) ले गाईघाटस्थित थरुहट रंगशाला सरसफाई तथा संरचनाहरुको मर्मत गरी श्रम तथा उत्पादनमा वाइसियल अभियान सुरु गरेको छ । बिहिबार वाइसियल जिल्ला समिति उदयपुरको आयोजना तथा त्रियुगा नगर कमिटिको सहकार्यमा २ महिने अभियान अन्तर्गत पहिलो दिन रंगशाला भित्र पलाएको झारपात छाटकाट, भत्किएको तारको बार मर्मत तथा नाली सरसफाई गरिएको हो । वाइसियलको केन्द्रीय सदस्य ज्ञानेन्द्र मगरले बिभिन्न क्षेत्रमा वाइसियलको सहभागीता जुटाउने उदेश्यका साथ श्रम अभियानको सुरुवात गरिएको बताएका छन् । २ महिना सम्म चल्ने अभियानमा वाइसियलको नेतृत्वमा सबै युवाहरुलाई श्रमको अभियानमा जुटाएर अगाडी बढाउने उनले बताए । श्रम बिना देशको विकास असम्भव हुने महसुस गर्दै संगठनले यो अभियान संचालन गरेको बताए । वाइसियल प्रदेश कमिटिको सह–सचिव तथा उदयपुरका सं...
प्रशासनमा विदाको दिनसमेत सेवा

प्रशासनमा विदाको दिनसमेत सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३२ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक बिदाको दिनमा समेत नागरिकहरुलाई सेवा दिने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले एक सुचना जारी गर्दै सार्वजनिक बिदाको दिनमा समेत कार्यालयबाट सेवा प्रवाह हुने जानकारी दिएका हुन् । नेपाल सरकारको वि.स. २०८२ बैशाख १ गतेदेखी चैत्र मसान्त सम्म सार्वजनिक विदाका दिनमा समेत नियमित रुपमा सेवा प्रवाह गर्ने ब्यवस्था गरे अनुरुप नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवाहरु नियमित प्रवाह हुने सुचनामा उल्लेख छ । सार्बजनिक बिदाका दिन कार्यालय खुल्ने महिना, गते र बार तल सुचनामा हेर्नुहोस :  ...
निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो त्रियुगाको नवनिर्मित प्रशासकीय भवन

निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो त्रियुगाको नवनिर्मित प्रशासकीय भवन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३२ । उदयपुरको त्रियुगा नगरपालिकाको नयाँ प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएको छ । वडा नं. १० स्थित बासबारीमा निर्माण गरिएको अपाङ्ग मैत्री र बालबालिका मैत्री प्रशासकिय भवन निमार्ण कम्पनिले समयसिमा भित्र निर्माण कार्य सम्पन्न गरी मंगलबार एक कार्यक्रमका बिच नगरपालिकालाई हस्तान्तरण गरेको हो । ज्ञान ज्योती बिल्डर्स प्रा.ली. काभ्रेले २०८२ असार १३ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी १२ करोड २६ लाख ३६ हजार २ सय ६३ रुपेँयामा ठेक्का लिएको थियो । निर्माण कम्पनीले सम्झौता रकम भन्दा कम रकममा १२ करोड १३ लाख ७० हजार २ सय ११ रुपैँया ७७ पैँसा भुक्तानी लिएर निर्माण कार्य सम्पन्न गरेको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले नव निर्मित भवन विभिन्न कारणले गर्दा उद्धघाटन गरी अहिलेनै संचालनमा ल्याउन नसकिने बताएका छन् । भवन निर्माणको काम सकिएपनि कम्पाउण्ड, फर्निचर, कार...
प्रदेश सांसद सम्झना तामाङको पहलमा उदयपुरमा विनियोजित योजना र बजेट

प्रदेश सांसद सम्झना तामाङको पहलमा उदयपुरमा विनियोजित योजना र बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३२ असार । प्रदेशका सांसद सम्झना तामाङको पहलमा उदयपुरका लागि बिभिन्न विकासे बजेट बिनियोजन भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेट योजना तथा कार्यक्रम अन्तर्गगत तामाङको तर्फबाट सिफारिस तथा पहल २६ ओटा ठुला तथा साना योजनाहरु ल्याईए तामाङको सचिवालयले उल्लेख गरेको छ । माग भएको धेरै कुराहरु पुरा गर्न नसकिएपनि महत्वपूर्ण योजनाहरुलाई प्राथामिकता दिएर बजेटको पहल गरिएको सांसद तामाङले बताउनुभयो । तामाङले माग भएको थुप्रै योजनाहरु छुटेको हुँदा आउँदो बर्षँहरुमा पुरा गर्ने प्रतिवद्धता समेत दिनुभएको छ । बिनियोजित बजेट यस प्रकारको छ । १, सुकौरा वडा कार्यलय फोक्सिन्टार बेल्दोभान सडक स्तरोन्नति त्रियुगा ( १६ उदयपुर २२ लाख २, शहिद तथा जनयोद्धा प्रतिस्ठान अधुरो भवन निर्माण त्रियुगा न।पा।( ३, उदयपुर २५ लाख ३, मिलन चोक कैलाश कार्कीको घर उत्तर त्रियुगा पुल हाइवे जोडने सडक...
गाईघाटमा कोशेली गार्मेन्ट उद्योग संञ्चालन, रेडिमेड कपडा उत्पादन सुरु

गाईघाटमा कोशेली गार्मेन्ट उद्योग संञ्चालन, रेडिमेड कपडा उत्पादन सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ असार । उदयपुरको गाईघाटमा पहिलो पटक कोशेली गार्मेन्ट उद्योगले तयारी कपडा उत्पान सुरु गरेको छ । यहि असार २७ गतेदेखी जगत भवनमा संञ्चालन भएको उद्योगले सबैखाले तयारी रेडिमेड कपडा उत्पादन सुरु गरेको हो । उद्योगले ट्र्याकसुट, स्कुल ब्याग, सपिङ ब्याग लगायतका अन्य ब्यागहरु र टिसर्ट, कोट प्वाईन्ट जस्ता कपडाहरु अडर अनुसार तयारी गरिने संञ्चालक ज्ञानु प्रधानले जनाईन् । उक्त गार्मेन्ट संञ्चालनका लागि ४५ दिने गार्मेन्ट तालिमको पनि आयोजना गरिएको थियो । उद्योगले विद्यालयका लागि ट्र्याक सुटहरु धमाधम निर्माण गरिरहेको छ । उक्त गार्मेन्ट स्थानीय स्तरमै संञ्चालनमा रहेका हुँदा स्थानीय उत्पादनलाई प्रयोग गर्ने आशा लिएको प्रधानले जनाईन् । यसको प्रचार प्रसार र उत्पादित वस्तुको प्रयोग भए स्थानीय उत्पादनलाई टेवा पुग्ने भन्दै सबैले गार्मेन्टले उत्पादन गरेको वस्तुलाई प्रयोग गर्न र आवश्यक कपडाहरुक...
अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३१ । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ बर्षीय राजन यादव र २० बर्षीय रोजिन ओलीको मृत्यु भएको हो । दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन । लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइन समाचार अनुसार गत आईतबार राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । अर्को एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको जनाएको छ, तर त्यसमा पनि उनीहरुको नेपालको ठेगाना खुलाएको छैन । प्रहरीका अनुसार भारी बर्षा भईरहेको बेला सो कार सडकमा चिप्लिएर रुखमा ठोक्किएर आगलागी भएको थियो । यादवले चालाईरहेको सो कारमा ओली सहित अरु दुई जना पनि सवार थिए । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कारम...
ताप्लीका किसानहरुलाई हाते ट्याक्टर सहित कृषि सामाग्री वितरण

ताप्लीका किसानहरुलाई हाते ट्याक्टर सहित कृषि सामाग्री वितरण

Breaking News 1, Breaking News 2, समाचार
ताप्ली पूर्णपुष्टि, ३१ असार । उदयपुरको ताप्ली गाउँपालिकाका किसानहरुलाई हाते ट्याक्टर सहित कृषि सामाग्री वितरण गरिएको छ । गाउँ पालिकाको सहयोग र सहजिकरनमा किसानलाई कृषि सामाग्री वितरण गरिएको हो । सोमवार पालिका स्थित क्याज्व्हील सहित ४३ वटा मिनिटिलर ,४ ओटा चापकटर र ६ वटा प्लेट दाना बनाउने मेसिन लगातका कृषि सामाग्री बितरण गरिएको थियो । वितरण प पश्चात् किसानको उक्त सामाग्रीहरु घर किसानको घर घरमा पुराईने काम भएको छ । सामाग्री वितरण पालिका अध्यक्ष ढुँगराज विक, उपाध्यक्ष धना मगर सहित पालिकाका कर्मचारीहरुले वितरण गरेका थिए । उक्त सामाग्री पाएपछि किसानहरु उत्साहित बनेको छ ।...