Monday, May 4News That Matters

समाचार

लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० बैशाख । लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो लिम्वु चयन भएको छ । लिम्वुको नेतृत्वमा ११९ जना सदस्यीय कार्यसमिति चयन भएको छ । मंगलबार मोर्चाको ७ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले मेनयाङबोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संखध्वज नेम्माङ, प्रेम मिभक, तेजमान कन्देङवा, चेतना श्रेड, शेर बहादुर तुम्वापो रहेका छन् भने महासचिवमा पकन्दी लिम्वु रहेका छन् । सदस्यहरुमा देवान सिंह ,राजेन्द्र काङबा, कुमार लिम्बु, फुल कमल थलङ, जीवन ताम्लिङ, भीम केदेम, बिमल सावा, बिमल लिम्बु, राजकुमार सिलिम्बु, रणबहादुर लिम्बु, लाजिमा लिम्बु, पूर्ण इजम, संगम आङ्बो, याम नेङमाङ महेन्द्र समवाहमफे बम, विक्रम सेवाहाङ, पदम लावती, पिर्थी बाहादुर बेघा, कालीबहादुर लिम्बु, नरप्रसाद नाबो, प्रवेश मिभक, मौसम लिम्बु, भक्त शेर लिम्बुज सुमन लिम्बु, केशव कुरुम्...
किराँती राष्ट्रिय मुक्ति मोर्चामा रामकुमार राई पासाङ’ काे नेतृत्व

किराँती राष्ट्रिय मुक्ति मोर्चामा रामकुमार राई पासाङ’ काे नेतृत्व

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० । किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल पाँचौ राष्ट्रिय सम्मेलनबाट रामकुमार राई 'पासाङ' को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमतीबाट बनेको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राई, उपाध्यक्षहरु सुशिला वान्तवा राई, अर्जुन जम्नेली र ज्ञानबहादुर राई चयन भएका छन् । महासचिवमा वसन्त वान्तवा, उपमहासचिवहरुमा रेखराज राई र कुमार जेरो रहेका छन् । सचिवहरुमा बिर्सिका राई, सन्तोष मुक्मिन, देवान तिलुङ राई र दिनेश किराँती रहेका छन् भने कोषाध्यक्षमा कृपा राई रहेका छन् । सदस्यहरुमा खोटाङबाट बिजय चामलिङ, मणि बान्तवा, राजेन्द्र राई, उदयपुरबाट कमलादेवी राई, जयकुमार राई, जगबहादुर राई, मैयाकुमारी राई, भोजपुरबाट अनिता राई, सम्भु राई, मन्दिप किरावा, केशरमान राई, सुनसरीबाट जीवन राई, सिर्जना राई, उमा राई, भुपाल राई, चेली राई, मोरङबाट रामकुमार राई, रेवती राई, नवीन राई, अ...
कोशी बाल सुधार गृहबाट तीन बालबिज्याइँकर्ता फरार

कोशी बाल सुधार गृहबाट तीन बालबिज्याइँकर्ता फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० ।  विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका छन् । जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका यी बालकहरूको फरार हुनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । फरार हुनेमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू रहेका छन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसमध्ये उनले तीन वर्ष सुधार गृहमै बिताइसकेका थिए । अन्य दुई बालक झापा र ताप्लेजुङका हुन्, जसलाई पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएको थियो । बालकहरू दिउँसो साढे दुई बजेतिर फरार भएका हुन् । घटनाको जानकारी पाउनासाथ मोरङ प्रहरीले खोजी अभियान सुरु गरिसकेको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले फरार बालकहरू खोज्न ...
विराटनगरमा भोलि कोशी प्रदेशस्तरीय सुरक्षा बैठक हुँदै

विराटनगरमा भोलि कोशी प्रदेशस्तरीय सुरक्षा बैठक हुँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३० । भोलि बिहीबारदेखि विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठक सुरु हुँदैछ । प्रदेशका १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा हुने यस बैठकमा गृहमन्त्री रमेश लेखकको विशेष उपस्थिति रहने छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार विराटनगरस्थित होटल एसियाटिकमा आयोजना हुने यस बैठकमा प्रदेशका सबै १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि गृहमन्त्री लेखकले बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकका लागि गृहमन्त्री लेखक मंगलबार नै विराटनगर आउँदै छन् । यस महत्वपूर्ण बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको पनि उपस्थिति रहने छ । प्रदेशस्तरीय यस सुरक्षा बैठकले कोशी प्रदेशका विभिन्न जि...
किराँत र लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चा, नेपालकाे बन्दशत्र धरानमा सञ्चालन

किराँत र लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चा, नेपालकाे बन्दशत्र धरानमा सञ्चालन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २९ । किराँती राष्ट्रिय मुक्ति माेर्चा, नेपाल पाँचाै राष्ट्रिय सम्मेलनकाे बन्दशत्र धरानकाे लाङ्घाली सामुदायिक बनकाे सभाहलमा आज सञ्चालन भएकाे छ । देशभरबाट ३५० प्रतिनिधि सहभागिसहित सुरु बन्दशत्रमा माओवादी नेताहरु ओनसरी घर्ती, हरिबाेल गजुरेल, अजम्बर काङवाङ, सुरेशकुमार राई (हिमाल), रामकुमार राई (पासाङ), सुदन किराँती, दुर्गा राई, नगेन्द्र राई, मणि खम्बु लगायतका नेता छन् । बन्दशत्रमा राजनितिक प्रतिवेदन माेर्चाका केन्द्रीय अध्यक्ष राजन किराँती (बासु) ले प्रस्तुत गर्नुभएकाे छ । बन्दशत्रले नयाँ  नेतृत्व चयन गर्नेछ । त्यसैगरी लिम्बुवान मुक्ती माेर्चा नेपालकाे बन्दशत्र पनि धरानस्थित हरियाली सामुदायिक बनकाे सभाहलमा सञ्चालन भएकाे छ । देशभरकाल २५० प्रतिनिधिसहित बन्दशत्र सञ्चालन भएकाे माेर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ लिम्बू (मुक्ती) ले जानकारी दिनुभयाे । दुबै माेर्चाकाे धरानकाे...
सुरु भयो किरात समुदायको साकेला उभौली

सुरु भयो किरात समुदायको साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ बैशाख । किरात समुदायले मनाउने महान पर्व साकेला उभोली आजब बाट सुरु भएको छ । बैशाख पूर्णिमाको अवसर पारी साकेला उभौली सुरु भएको हो । पूर्वी जिल्लाहरुमा वसोवास गर्दै आएका राई समुदायहरुले साकेला उभौली र उद्यौली गरी दुई पटक यो पर्व मनाउने गर्छ । भुमिको पुजा र सिकारी पुजा गर्दै साकेला उभौली उद्यौली मनाउने गर्छ । पितृ पुर्खाहरुको शक्ति र आशिर्वात स्वरुप भुमि तथा पितृ पुजा गरेर साकेला सिल्ली नाँच्दै यो पर्व मनाईन्छ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट स्थित साकेला थानमा पनि सोमवार भुमि तथा सिकारी पुजाआजा सहित उभौली पर्वको सुरुवात गरिएको छ । त्रियुगा नगरपाकिला वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा विहान ८ बजे सिकारी पुजा गरी साकेला उत्सव सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी रााईको उपस्थितिमा साकेला पर्वको औपचारिक सुरुवात गरिएको छ । राईहरुको पुजा गर्ने घर अर्...
चौदण्डीगढीमा सेनाद्धारा निर्मित शौचालय पालिकालाई हस्ताण्तरण

चौदण्डीगढीमा सेनाद्धारा निर्मित शौचालय पालिकालाई हस्ताण्तरण

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, बैशाख २८ ।  नेपाली सेनाले उदयपुरको ऐतिहासिक तथा पर्यटक स्थल चौदण्डीगढी दरबार परिसरमा निर्माण गरेको सार्वजनिक शौचालय नगरपालिकालाई हस्ताण्तरण गरेको छ । आईतबार चौदण्डीगढी दरबार परिसरमा आयोजित एक कार्यक्रमको बिच जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले चार कोठे सार्वजनिक पक्कि शौचालय उद्घाटन गर्नुभएको हो । उद्घाटन भएसँगै पशुपती प्रसाद गण बोक्सेका (गणपती) शिव प्रसाद वाग्लेले चौदण्डगढी नगरपालिका प्रतिनिधि वडा नं १ का वडा अध्यक्ष सिताराम राईलाई नवनिर्मित शौचालय हस्ताण्तरण गर्नु भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले स्थानिय सरकार गठन हुँदा ऐतिहासिक गढीको नामबाट चौदण्डीगढी नगरपालका रहन गएको भन्दै ऐतिहासिक धरोहरको संरक्षण तथा प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । ...
‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २८ बैशाख । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ एल्बममार्फत पहिलोपटक सार्वजनिक भएको यस गीतको पहिलो रेकर्डमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो। विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको छ। शब्द लाल बहादुर योञ्जन, संगीत भरत योञ्जन, र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा The Voice of Nepal Season 5 का फर्स्ट रनर(अप मकर योञ्जनको रहेको छ। तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्किने गीत क्जचभभ ःगकष्अ को अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोमा अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामा...
प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ बैशाख । प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकारहरुको हक हित र अधिकार अनुरुप काम गर्ने वातावारणमुखी कानुन निर्माण लगयत बिभिन्न ११ बुद्धे माग सहित संञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत संञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट भर्खरै निर्वाचित कार्य समितिको गहन छलफलबाट निर्माण गरिएको घोषणा पत्र सहितको माग राखि ज्ञापन पत्र बुझाईएको हो । उक्त पत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विदुर कटुवाल, पूर्व सदस्य यदु ढकाल, संस्थापक अध्यक्ष हरि कुमार राई लगायत जिल्ला अध्यक्ष अभिमन्यु लामिछानी सहितको टोलीले जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेललाई बुझाएको छ । पछिल्लो समय प्रेस माथी ज्याजति बढेको र सरकारले यस तर्फ उति चासो नदिएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।...
गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ बैशाख । गाईघाटमा राशि अटो मोवाईल्सले होण्डाको नयाँ सोरुम संञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापन सहित नयाँ बर्षको अवसर पारी बिभिन्न सेवा सुविधा र बिषेश अफरको साथमा होण्डाको सोरुम संञ्चालनमा आएको हो । गाईघाट हिमाली टोल स्थित शुभलक्ष्मी हल सँगै रहेको उक्त सोरुमले जेष्ठ ५ गते सम्म बिषेश अफर पनि ल्याएको छ । होण्डाको कुनै पनि वाईक वा स्कुटर खरिदमा नगद ४ हजार देखी १ लाख सम्मको कुपन, ६ बार्ष सम्म १८ ओटा निशुल्क सर्भिसिङ, ६ बर्ष सम्म इन्जीनको ग्यारेन्टी र ६ बर्ष सम्म ए ः एमसी गरी यी मध्ये कुनै एउटा अफर प्राप्त गर्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । यो सँगै राशी होण्डा एक्सचेन्ज उत्सवमा होण्डा कम्पनीको कुनै पनि बाईकहरुलाई न्युनतम ३० हजार र बाईकको कन्डीसन अनुसार सो भन्दा बढी भ्यालुयसन दिईने र अन्य कम्पनीको बाईकलाई न्युनतम १० हजार वा सो भन्दा बढी भ्यालुयसन दिन सकिने गु...