उदयपुरको रौतामाईमा चट्याङको आगोले एक घर जलेर नष्ट
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको रौतामाई गाउँपालिकामा आइतबार मध्यरातमा परेको चट्याङका कारण एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । वडा नं. ५ ढुकुरचुङका चक्रबहादुर राईको घर मध्यरात १२ बजेतिर हावाहुरी र वर्षासँगै परेको चट्याङबाट उब्जेको आगोले पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपात सबै जलेर नष्ट भएको छ । साथै घरसँगै रहेको बाख्राको खोर र सुँगुरको खोरमा आगो लाग्दा एउटा सुँगुर पनि जलेर मरेको छ ।
आगलागीबाट करिब ५ लाख ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी निरीक्षक धनकुमारी राईका अनुसार रातिको समय भएकाले प्रहरी र स्थानीयलाई घटनास्थलमा जुट्न समय लागेको र आगो बिहानसम्ममा आफै नियन्त्रणमा आएको थियो । घटनाको थप अनुसन्धानक...









