जुनसुकै समयमा गर्भपतन गराउन सक्ने कानुन ल्याउँदै सरकार
पूर्णपुष्टि, जेठ ७ । सरकारले मुलुकी अपराध संहितामा संशोधन गरी जहिलेसुकै गर्भपतन गराउन सक्ने व्यवस्था ल्याउन प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिताको संशोधन मस्यौदामा गर्भवती महिलाको मञ्जुरीमा निजको ज्यानमा खतरा नपुग्ने गरी जहिलेसुकै गर्भपतन गराउन सक्ने व्यवस्था कायम गर्ने प्रावधान प्रस्ताव गरिएको छ ।
यस प्रस्तावित व्यवस्थाले जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलाई कुनै पनि बेला पतन गराउन पाइने कानूनी मार्ग खोल्नेछ । तर स्वास्थ्य क्षेत्रका विज्ञहरूले प्राविधिक र व्यावहारिक पक्षलाई ख्यालै नगरी ल्याइएको यस प्रस्तावलाई संवेदनाहीन र अमानवीय भएको बताएका छन् ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम २२ हप्ताभन्दा बढीको गर्भपतन सम्बन्धी प्रस्तावित कानुन अनैतिक र अव्यावहारिक भएको बताउँछन् । उनका अनुसार २२ ह...









