Tuesday, May 5News That Matters

समाचार

महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकमार्फत जरिवाना पत्र पठाउने

महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकमार्फत जरिवाना पत्र पठाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १७ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरेको पत्र बुझाउन गएको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि वैकल्पिक प्रक्रिया अपनाउने भएको छ । आइतबार बिहान महानगरको टोली पत्र हस्तान्तरण गर्न निर्मल निवास पुगेको थियो, तर प्रहरीले उनीहरूलाई प्रवेश गर्न अनुमति दिएन । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र बुझाउन नपाएपछि अब हुलाक वा अन्य वैकल्पिक माध्यमबाट पत्र पठाइने जानकारी दिए । "निर्मल निवासले पत्र बुझ्न नमानेपछि हामी हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ," प्रमुख पाण्डेले बताए । यसअघि, चैत १५ गते तीनकुने र कोटेश्वर क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा भएको क्षति र वातावरण प्रदूषण बापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । महानगरले व...
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई गेटबाटै फर्काइयो

पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई गेटबाटै फर्काइयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १७ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र बुझाउन पठाएको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान निर्मल निवास पुगेको महानगरको टोलीलाई प्रहरीले पूर्वराजासँग सम्बन्धित विषय नभएको भन्दै गेटबाटै फर्काएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘विभिन्न शीर्षकमा’ जरिवाना गर्ने निर्णय गरेको थियो । शुक्रबार राजावादीहरूले राजधानीमा गरेको आन्दोलनमा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण प्रदूषण लगायतका शीर्षकमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना गरेको जनाएको छ ।...
उदयपुरमा शसस्त्र प्रहरीले बरामद गर्यो ८९१ केजी गाँजा

उदयपुरमा शसस्त्र प्रहरीले बरामद गर्यो ८९१ केजी गाँजा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ चैत्र । जिल्ला उदयपुरको बेलका नगरपालिका वडा नं ६ मुर्ति खोलामा शसस्त्र प्रहरीले ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको छ । शनिवार करिब ७ बजेको समयमा शसस्त्र प्रहरी बल ५ न. हेक्वा त्रियुगा उदयपुरको माताहत सुरक्षा बेस रामपुरले उक्त गाँजा बरामद गरेको हो । शसस्त्र प्रहरी निरिक्षक नरेश चौधरीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले मुर्तिखोला छेउको झाडीमा बाट गाँजा बरामद गरेका थिए । गाँजा झाडिमा लुकाई छिपाई अवस्था राखिएको जनाईएको छ । शसस्त्र प्रहरी बल ५ नं हेक्वा त्रियुगा उदयपुरका शसस्त्र प्रहरी उपरिक्षक शुसिल कुमार शाहीका अनुसार बरामद भएको गाँजा सुरक्षा बेस रामपुरमा राखिएको र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाईएको छ ।...
ताप्लीमाको मादलेमा सात दिवसीय नि.शुल्क स्वास्थ्य सिविर सुरु

ताप्लीमाको मादलेमा सात दिवसीय नि.शुल्क स्वास्थ्य सिविर सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
समिप राई .(सुवास) पूर्णपुष्टि, १६ चैत्र । ताप्ली  ताप्ली गाउँपाििलका १ मादलेमा सात दिवसीय निःशुल्क स्वास्थ्य सिविर शनिवारदेखी सुरु भएको छ । उक्त सिविर आईतबार मादलेको एक विद्यालयमा औपचारिक रुपमा सुरु भएको हो । सात दिवसीय सिविरलाई (आ.म.श) सिविरको रुपमा संञ्चालन गरिएको छ । जसलाई आत्म मन शरिर यी सबैलाई स्वास्थ्य राख्न मदत गर्दछ । हेभेन्ली निर्माणा पाथ इकाई समिति ताप्लीको आयोजनामा सुरु भएको सिविर आउँदो सनिवार सम्म संञ्चालन हुने छ । सिविरका लागि आवश्यक जनशक्ति र सामाग्रीहरु व्यवस्थापन गरिएको छ । मानव शरिरको सबै अंगहरु स्वास्थ्य र सुरक्षित हुन पर्छ भन्ने हिसावले सविर संञ्चालन गरिएको आयोजकको भनाई छ । मान्छेको शरिर भन्दा पनि आत्मा र मन अझै स्वास्थ्य हुन जरुरी रहेको भन्दै (आ.म.श.) सात दिवसीय सविरको आयोजना गरिएको आयोजकको भनाई छ । यो सँगै सिविरमा प्यारालाईसिस, ग्याँस्ट्रिक, माईग्रेन, कव्जिय...
राजावादीको आन्दोलनमा प्रहरीको गोल लागी घाईते भएका एक प्रदर्शनकारीको मृत्यु

राजावादीको आन्दोलनमा प्रहरीको गोल लागी घाईते भएका एक प्रदर्शनकारीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १५ । राजावादी आन्दोलनको क्रममा तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा सुवास आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ । मृतकको पूर्ण परिचय अझै सार्वजनिक भएको छैन । प्रदर्शनको क्रममा प्रहरीले सुरुमा अश्रुग्यास प्रयोग गरेको थियो । त्यसपछि रबरको गोली र हवाइ फायर समेत गरिएको थियो । प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेको र सांघातिक आक्रमण गरेको दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिगत घर, पसलहरू, सञ्चार गृह, सरकारी सम्पत्ति, कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका थियो भने कोटेश्वरस्थित भाटभटेनीमा तो...
हुरेण्डेक उदयपुरद्धारा बिपन्नलाई बाख्रा र बयर बियड बोका वितरण

हुरेण्डेक उदयपुरद्धारा बिपन्नलाई बाख्रा र बयर बियड बोका वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ चैत्र । बल्र्ड भिजन इन्टरनेशनल र हुरेण्डेक उदयपुरले रौतामाई गाउँपालिकामा जिविकोपार्जनको लागि बाख्रा र बयर बोका वितरण गरेको छ । बिहिबार पालिकाको ७ नं वडा मुर्कुचिमा गाउँपालिकाका बिभिन्न समूहहरु सायपत्री बाख्रा उत्पादन समूह साल्थुम्का, सुनकोशी बाख्रा उत्पादन समूह लाफा गाउँ र रौतामाईकै शिवालय टोल बाख्रा उत्पादन समूहका ६ घरलाई दुई ओटाको दरले बाख्रा वितरण गरेको हो । हुरेण्डेक उदयपुरका सामाजिक विकास परिचालक गजेन्द्र मगरका अनुसार पालिकाको २, ३ र ७ नं वडाका विपन्न परिवारहरुलाई बाख्रा वितरण गरिएको हो । बियडको लागि दुई ओटा बयर बोका सहित १४ ओटा बाख्रा वितरण गरएको मगरले जनाए । हुरेण्डेकल जिविको पार्जन सघाउ भन्ने कार्यक्रमको योजनै तयार गरी उक्त कार्यक्रम बिगत देखीनै गर्दै आएको छ । उदयपुरको बिकट पालिकाहरुलाई लक्षित गर्दै उक्त कार्यmक्रमहरु आयोजना गर्दै आएको संस्थाका कार्यक्रम संय...
नेपाली जनताको लागि राजतन्त्र हानिकारक छ : माओवादी मजदुर पार्टी

नेपाली जनताको लागि राजतन्त्र हानिकारक छ : माओवादी मजदुर पार्टी

Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ चैत्र । नेपाली जनताको हकमा राजतन्त्र हानिकारक रहेको माओवादी मजदुर पार्टीले जनाएको छ । पछिल्लो समय देशमा राजतन्त्रको हल्ला चल्दै गर्दा राणा शासन पछिको नेपाली जनताको अति दुर्भाग्य शासन भनेकै राजा शासन रहेको पार्टीले जनाएको हो । पार्टीका केन्द्रीय महासचिव हिमाल सिंह राईले राजाको पालामा विकास सुन्य अवस्थामा रहेको जनाए । बिकास सँगै नेपाली जनताको अधिकारहरु पनि मिचिएको उनको भनाई छ । राईले लोकतन्त्रमा पनि व्यक्तिको खराब स्वार्थ हावी हुँदा सुविधाबाट बन्चित रहेको जनाए । उनले व्यवस्था राम्रो भएपनि व्यक्ति नराम्रो हुनु दु:खद रहेको जनाए । राजतन्त्र भन्दा लोकतन्त्र असाध्यै सुन्दर भएपनि व्यक्तिहरु खराब हुँदा जनताहरुमा निराश बढेको पार्टीको बुझाई छ । बिहिबार पिपलचोकमा राजतन्त्रको बिरोध गर्दै पार्टीले आयोजना गरेको आमसभा तथा कोणसभामा यस्तो बताईएको हो । महासचिव राई सहित झमक मगर र गोरेन्द्र ...
नेपाल-भारत सिमा क्षेत्रबाट उदयपुरका दुई युवक लागुऔषध सहित पक्राउ

नेपाल-भारत सिमा क्षेत्रबाट उदयपुरका दुई युवक लागुऔषध सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ । नेपाल–भारत सिमा क्षेत्र नजिकबाट उदयपुरका दुई युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी गाउँपालिका–६ का २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार बेलुका प्र १–०४–००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हो । मोटरसाइकल चालक बस्नेतको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने वस्तु १.४८ ग्राम र मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको नाइट्राभेट–१० लेखिएको १५ ट्याब्लेट बरामद बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उन...
कुलमानले तात्यो संसद, आधा घण्टाको लागि बैठक स्थगित

कुलमानले तात्यो संसद, आधा घण्टाको लागि बैठक स्थगित

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १३ चैत्र । बुधबार ११ बजेदेखी सुरु संसद बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको भन्दै बैठक सुरु भएको आकस्मीक बोल्ने समयमा माओवादी सांसद शक्ति बस्नेतले बिरोध जनाएका थिए । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र सहित रास्वपा, राप्रपा एकीकृत समाजवादी लगायत दलहरुले विरोध गरेको हो । बस्नेतले कुलमानलाई पून ः प्राधिकरणमा भित्राउन सांसद मार्फत सुझाए । उनले कुलमानले गरेको राम्रा कामहरुको लागि पुरस्कृत गर्नु पर्नेमा उल्टै बर्खास्त गरेको भन्दै आपत्ति जनाएको हो । सरकार उल्टो बाटोमा हिडिरहेको छ,“ छिमेकीले लोड सेटिङ हटाएको भन्दै देशकै बेजत गरिरहेको छ । बस्नेतले भने” । बस्नेतले आफ्नो कुरा राखिसकेपछि प्रतिपक्ष दलहरुले उठेर बिरोध सुरु गरेका थिए । संसद बैठक अन्य काम कार्वाही अघि बढाउन सभामुखले प्रतिपक्षी दलहरुलाई बस्न आह्वान गरे । ...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ११ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेृमा त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईहरेको प्रहरीले जनाएको छ ।...