अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम
पूर्णपुष्टि,११ बैशाख ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम खतिवडा निर्विरोध चयन भएका छन । अन्तर्राष्ट्रिय नेपाली सेफहरूको साझा संस्था International Nepali Chef Society (INCS) को २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको थियो ।
वैशाख ६ गते सम्पन्न अधिवेशनमार्फत गठन गरिएको ३६ सदस्यीय कार्यसमितिमा उदयपुरका बलराम खतिवडा सचिव पदमा निर्वाचित भएका छन् ।
साइप्रसस्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा Vegan Chef का रूपमा कार्यरत खतिवडा यसअघि INCS को साइप्रस च्याप्टरका उपाध्यक्ष थिए। नेपाली सेफहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्व, पेशागत विकास र संस्थागत सशक्तिकरणमा सक्रिय भूमिका निभाउँदै आएका खतिवडा अब केन्द्रीय सचिवका रूपमा थप जिम्मेवारी वहन गर्नेछन्।
यसै अधिवेशनबाट अध्यक्षमा अरुण अधिकारी, वरिष्ठ उपाध्यक्षमा श्याम अमगाईं, उपाध्यक्षहरूमा सूर्य भण्...









