उदयपुरमा बालबालिकालाई कोरोना विरुद्धको फायजर खोप लगाईदैँ
पूर्णपुष्टि, भदौ ६ गते ।
उदयपुरमा ५ देखि ११ वर्ष उमेर समुहको बालबालिकालाई कोरोना भाईरस विरुद्धको फायजर बायोएनटेक खोप शनिबारबाट लगाउन सुरु गरिएको छ । जिल्लाको आठवटै पालिकामा तोकिएको विद्यालयमा फायजर खोप सञ्चालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयका अनुसार कटारी नगरपालिका मातहतका विद्यालयमा भदौ ५ देखि १० गते सम्ममा खोप लगाईने छ । यता, उदयपुरगढी गाउँपालिकामा पनि भदौ ५ देखि खोप लगाउन सुरु भएर १० गते सकिने छ ।
ताप्ती मातहतका विद्यालयहरुमा ५देखि खोप लगाउन सुरु गरि ८ गते सम्म लगाईने छ । त्यसैगरी, रौतामाई, लिम्चुङबुङ, बेलका, चौदण्डीगढी र त्रियुगामा भदौ १६ गते देखि खोप लगाउन सुरु गरि २० गते सम्म लगाईने स्वास्थ्य कार्यालयका प्रमुख राम नरेश ठाकुरले बताए ।
फायजर खोपको दोस्रो मात्रा पहिलो डोज लगाएको २१ दिनपछि सोही विद्यालयहरुमा लगाईने ठाकुरले बताए । साथै १२ वर्ष माथिका बालबालिकाह...








