Tuesday, July 14News That Matters

स्वास्थ्य

थप उपचारको लागि पाठकलाई  काठमाण्डो रेफर

थप उपचारको लागि पाठकलाई काठमाण्डो रेफर

समाचार, स्वास्थ्य
गाइघाट/फागुन, ५ आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका लाफागाउँका दिनेश पाठकलाई जिल्ला हस्पिटल उदयपुरले काठमाण्डो रेफर गरेको छ । सोमवार जिल्ला हस्पिटल उदयपुर र अस्पताल संञ्चालक समिति तथा व्यवस्थापक समितिको रोहबरमा पाठकलाई काठमाण्डो रेफर गरिएको हो । पाठकलाई काठमाण्डोको सुविधा सम्पन्न  हस्पिटलमा रेफर गरिएको छ । जिल्ला हस्पिटल उदयपुरमा करिब १ महिनाको उपचार पछि पाठकलाई छाला अप्रेशनको लागि काठमाण्डो रेफर गरिएको हस्पिटलले बताएको छ । यहाँ पाठकलाई अप्रेशन गर्ने उचित सेवामुलक स्रोत साधन नभएपछि पूर्ण स्वास्थयलाभ तथा उपचारको लागि काठमाण्डोको सुविधा सम्पन्न हस्पिटलमा पठाएको निमित्त मेडिकल सुपरिटेन्डेन डा. जिवनारायण मणडलले बताउनुभयो । पाठक ट्याक्टर मर्मतको लागि इनरुवा गएका बेला जाडोमा आगो बाल्ने क्रममा  डिजेलको जर्किन विस्पोट भई शरिरको ४५ प्रतिशत गुमान पुगेका विरामी हुन् । घटनापछि धरानको घो...
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

समाचार, संसार, स्वास्थ्य
फागुन ५ गते । चिनमा कोभिड १९ (कोरोना भाइरस)बाट ज्यान गुमाउनेको संख्या १७ सय ६९ पुगेको छ । चीनमा मात्रै १७ सय ६५ र चीन बाहिरका चार देशमा एक/एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको हो । अहिले चिनमा कोरोना भाईरस संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १६ सय ९२ जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो समयमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या र नयाँ संक्रमण हुने दर घटेको संचारमाध्यमहरुले जनाएको छ । त्यस्तै ४० जना अमेरिकी नागरिकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएकाहरुलाई जापानमै राखेर उपचार सुरु गरिएको छ भने बाँकी ३ सय ६० जनालाई स्वदेश फार्काएको जनाईएक...
धार्मिक सम्मेलनमा आएका २ जनाको मृत्यु

धार्मिक सम्मेलनमा आएका २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
फागुन ५ गते ।  सप्तरीमा संचालन भईरहेकोे मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर मृत्यु भएको छ । सम्मेलनमा आएका भारत मोतिहारी जिल्लाका हारु रसिद बेहोस भएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । आईतबार साँझ बेहोस भएको रसिदको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबारदेखि संचालन भएको सम्मेलनमा करिब साँढे दुई लाख मानिस सहभागी भएको प्रहरीले जनाएको छ ।...
चिनमा १७ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

चिनमा १७ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
फागुन २ गते ।  माहमारीको रुपमा फैलिएको कोरोना भाईरसबाट (कोभिड–१९)बाट चिनमा एक हजार सात सय १६ स्वास्थ्यकर्मी संक्रमित भइसकेको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जनाएको छ । कोभिड–१९ को संक्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो । संक्रमित स्वास्थ्यकर्मी मध्ये छ जनाको उपचारका क्रममा ज्यान गइसकेको एनएचसीले जनाएको छ । हुवेई प्रान्तको राजधानी वुहान सहरमा पहिलो पटक कोरोना भाईरसको पहिचान भएको थियो ।...
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सुरु

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सुरु

समाचार, स्वास्थ्य
फागुन १ गते । आजबाट ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईने दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । दुई चरणमा संचालन हुने अभियान अन्र्तगत पहिलो चरणको अभियानमा प्रदेश न. १, २ र ५ मा अभियान विहिबारदेखि सुरु भएको हो । दुई चरणमा संचालउक्त अभियानमा करिब ३० लाख बालबालिकालाई खोप दिइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्यका साथ अभियान संचालन गरेको मन्त्रालयले जनाएको छ । एक महिनासम्म संचालन हुने अभियानमा सवै बालबालिकालाई खोप लगाउन सरकारले आग्रह गरेको छ । आगामी चैत्र १ गतेबाट दोस्रो चरणको अभियान वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संचालन हुने मन्त्रालयले जनाएको छ ।...
दादुरा–रुवेलाको खोप फागुनमा

दादुरा–रुवेलाको खोप फागुनमा

समाचार, स्वास्थ्य
उदयपुर, माघ २३ गते । उदयपुरमा दादुरा–रुवेला खोप अभियान दुई चरणमा संचालन हुने भएको छ । फागुन १ गतेबाट ३० गतेम्म संचालन हुने अभियान दुई चरणमा संचालन हुने भएको हो । जिल्लामा चार सय ९० खोप केन्द्रबाट ३३ हजार ५ सय ७८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । अभियानमा ५ सय ३१ जना खोप दिने स्वास्थ्यकर्मी र ९ सय ६७ जना स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वस्थ्य कार्यालय उदयपुरको आयोजनामा विहिबार भएको संचारकर्मीहरुसँगको अन्तिरक्रिया कार्यक्रममा अभियानको बारेमा सार्वजनिक गरेको थियो ।  ९ महिनादेखि ५ वर्ष मुनीका बालकालिकालाई मात्रै खोप लागाईने छ । फागुन १ गतेदेखि छ गतेसम्म कटारी नगरपालिका र उदयपुगढी र ताप्लि गाउँपालिकामा संचालन गर्र्ने भएको छ भने फागुन १५ गतेदेखि २० गतेसम्म त्रियुगा, चौदण्डिढी, बेलाका नगरपालिका र रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकामा अभियान संचालन...
आगोले ४५ प्रतिशत जलेको पाठकलाई नागबेली लघुवित्त संस्थाको आर्थिक सहयोग

आगोले ४५ प्रतिशत जलेको पाठकलाई नागबेली लघुवित्त संस्थाको आर्थिक सहयोग

समाचार, स्वास्थ्य
गाईघाट/माघ २१ नागबेली लघुवित्र संस्था गाईघाट शाखाले आफ्नो १० औँ बार्षिकोत्सवको अवसरमा आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका ३ लाफागाउँका दिनेश पाठकलाई आर्थिक सहयोग गरेको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले जिल्ला हस्पिटल उदयपुरमा रहेको विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम सहित आर्थिक सहयोगको कार्यक्र राखेको थियो । मंगलबार जिल्ला हस्पिटल उदयपुरमा एक कार्यक्रम गर्दै जिल्ला समन्वय प्रमखु खड्ग परियारले विरामीलाई आर्थिक रकम आर्थिक रकम तथा विरामीहरुलाई फलफुल वितरण गर्नुभयो । हस्तान्तरण गर्नुभयो । संस्थाले विरामीलाई ५ हजार आर्थिक सहयोग सँगै फलफुल उपलब्ध गराएका छन् ।संस्थाले पैसाको अभावमा ठुलो हस्पिटमा उपचार नापाएका पाठकलाई आर्थिक सहयोग तथा अन्य विरामीहरुलाई फलफुल वितरण गर्दै बार्षिकोत्सव मनाएको हो । संस्था सँगै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला हस्पिटल उदयपुरको व्यवस्थापक खड्ग परि...
भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुग्यो

भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुग्यो

समाचार, स्वास्थ्य
माघ २० गते ।  चिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय ६१ पुगेको छ । एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीन बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको छ । कोरोना संक्रमित चिनमा मात्रै १७ हजार भन्दा बढी रहेको आयोगले पुष्टी गरेको विभिन्न संचारमाध्यमहरुले जनाएको छ । चीन भन्दा बाहिरका २४ देशमा गरी १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भैसकेको जनाइएको छ ।...
स्वास्थ्य शिविरबाट १ सय बढी लभान्वित

स्वास्थ्य शिविरबाट १ सय बढी लभान्वित

समाचार, स्वास्थ्य
उदयपुर, माघ १९ गते ।  त्रियुगामा संचालन भएको आङ्ग (पाठेघर) खस्ने समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट एक सय बढी आमाहरु लाभान्वित भएका छन् । जिल्ला अस्पतालमा संचलान भएको शिविरबाट एक सय १८ जना आमाहरु लाभान्वित भएका हुन् । बागमती सेवा समाज नेपालको आयोजना, त्रियुगा नगरपालिकाको समन्वयनमा शिविर संचालन भएको थियो । शिविरबाट लाभान्वित भएका एक सय १८ जना मध्ये १४ जनालाई अप्रेसन गर्न बाहिर रेफर गरिएको छ । त्यस्तै २८ जनालाई रिङ प्रेस राखिएको छ भने ३४ जनामा पाठेघरको सामान्य समस्या देखा परेको बागमती सेवा समाज नेपालको स्वास्थ्य संयोजक सुनीलकुमार शाहले बताए । शिविरमा सेवा लिन आएमा सवै आमा, दिदी बहिनीहरुलाई पाठेघर सम्बन्धि परामर्श दिएको थियो भने सामान्य विरामीलाई औषधी दिएर पठाएको संयोजक शाहले बताए । अप्रेशनका लागि शिविरले रेफर गरेका विरामीलाई कोशी अञ्चल अस्पातामा निःशुल्क अप्रेसन गरीने उनले ...
कोरोना भाइरसबाट २५९ जनाको मृत्यु, हजारौँमा संक्रमण

कोरोना भाइरसबाट २५९ जनाको मृत्यु, हजारौँमा संक्रमण

समाचार, स्वास्थ्य
माघ १८ गते ।  कोरोना भाईरबाट चीनमा मृत्यु हुनेको सँंख्या २ सय ५९ पुगेको छ भने ११ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिब्र रुपमा फैलिरहेका कोराना भाईरसबाट चीनमा एक दिनमै दुई हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि पर्याप्त पहल भईरहेपनि न्युनिकरण नभएको संचारमाध्यहरुले जनाएको छ । वुहानमा पहिचान भएको कोरोना भाइरसको संक्रमण चीनका सबै प्रान्तमा फैलिसकेको छ । भाईरसको संक्रमण तिब्र रुपैले फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नै विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरिसकेको छ । चीन बाहिरका २२ वटा देशमा गरेर एक सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर भेटिएका संक्रमितको ज्यान गएको छैन ।...