Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

नेकपा एस बाट त्रियुगा नगरको मेयरमा वलदेव चौधरी र उपमेयरमा उस्मा राईको नाम सिफारिस

नेकपा एस बाट त्रियुगा नगरको मेयरमा वलदेव चौधरी र उपमेयरमा उस्मा राईको नाम सिफारिस

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २ आसन्न आउने स्थानीय चुनावमा त्रियुगा नगरपालिकाका मेयर पद उम्मेदवारका लागि नेकपा एस बाट वलदेव चौधरीको नाम सर्वसहमत पारित भएको छ । शुक्रबार बसेको नगर कमिटी बैठक बाट मेयर पदका लागि चौधरीको नाम सर्वसहमत सिफारिस गरिएको हो । मेयर पदका लागि चौधरी सँगै उपमेयर पदमा उस्मा राईको नाम सिफारिस भएको छ । नेकापा एसले त्रियुगा नगरको लागि उम्मेदवारीको नाम टुंगो लगाए सँगै नगरको १६ ओटै वडाहरुमा उम्मेदवारीको नाम तोकी सकेको छ । उम्मेदवारीका लागि मेयर र उपमेयरको नाम पहिले नगर कमिटिले सिफारिस गरी जिल्ला पठाउने र जिल्लाले पुन प्रदेश पठाउने प्रावधान छ । बलदेव चौधरी नेकपा एस १ न प्रदेश कमिटीका अध्यक्ष तथा त्रियुगा नगरपालिकाकै मयेर समेत हो भने उस्मा नेकपा एस त्रियुगा नगर कमिटीको उपाध्यक्ष हुन् ।...
बिवाह गर्दै गायीका मेलीना राई, केटा को हुन ?

बिवाह गर्दै गायीका मेलीना राई, केटा को हुन ?

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख २ नेपालको चर्चित गायीका मेलिना राईले बिवाह गर्ने भएकी छिन् । उनले चर्चित गिटारिस्ट तथा एरेन्जर सन्जीव बराईली सित विवाह गर्न लागेको खुलेको छ । उनले आफ्नो आधिकारिक सामाजिक संञ्जालमा इन्गेजमेन्टको फोटो राख्दै विवाहको संज्ञा दिएकी छिन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । ‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् भने मेलीना नेपाली संगित क्षेत्रकी पछिल्लो समय उदाउँदो तारा हुन् ।    ...
त्रियुगामा गठबन्धन नगर्ने भन्दै कांग्रेस कोईराला पक्षको नाराबाजी

त्रियुगामा गठबन्धन नगर्ने भन्दै कांग्रेस कोईराला पक्षको नाराबाजी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसको कोइराला पक्षले अन्य दलसग चुनाबी तालमेल गर्न नहुने भन्दै नाराबाजी गरेको छ । त्रियुगामा नेपाली कांग्रेस आफै सक्षम रहेको भन्दै गठबन्धनको आवश्यक नरहेको र यसको बिरुद्धमा आफुहरुको बिरोध रहेको कांग्रेस नेता बसन्त बस्नेतले जनाए । आजै उनिहरुले रुखमै भोट हाल्न पाउनुपर्ने माग राख्दै जिल्ला सभापति हिमाल कार्कीलाइ ध्यानाकर्षण पत्र समेत बुझाएको छ । गठबन्धन बिरुद्ध पार्टी कार्यलयबाट नाराबाजी सुरु गरि पिपल चोक हुँदै बसन्त बस्नेतको घर पुगेको थियो। त्रियुगा नगरमा कोइराला पक्षका नेता कार्यक्रता गठबन्धनको बिपक्षमा रहेका छन भने संस्थापन पक्ष भने केन्द्रको निर्णय मान्ने पक्षमा देखिएको छ। आजको नाराबाजीमा त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरी , नेता बसन्त बस्नेत लगायतले नेतृत्व गरेका थिए ।...
उदयपुरका ५ जनालाई राष्ट्रिपतिद्धारा पदक

उदयपुरका ५ जनालाई राष्ट्रिपतिद्धारा पदक

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उदयपुरका ५ जना विभिन्न पदकबाट सम्मानित भएका छन् । रामवती चौधरी, नेतृ मिरा कटुवाल,नारायण बहादुर कार्की र चिकित्सक डा हेमराज कोईराला राष्ट्रपतिबाट सम्मानित भएका हुन् । उदयपुर । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उदयपुरका चार जना विभिन्न पदकबाट विभुषित भएका छन ।उदयपुरका राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशित चार जना व्यक्तित्वले राष्ट्रपतिबाट नयाँ बर्षको अवसरमा एक समारोह विच विभुषित बनेका हुन । संविधान दिवस २०७८ को अवसरमा घोषणा भए बमोजिम उदयपुरका सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल चार जना सम्मानित भएका हो । चौधरी र कटुवाल ‘जनसेवा श्री’ पदक र कोईराला र कार्कीले ‘प्रसिद्ध प्रवल जनसेवा श्री’ पदक प्राप्त गरेको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ । सामुदायिक रेडियो उदयपुरका संस्थापक तथा लामो समय देखी...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । उदयपुरको त्रियुगा नगरपालिका–१५ रानिवास गाईघाट दिक्तेल सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएको छ । त्रियुगा नगरपालिका–१४ बस्ने वर्ष १७ को सुदिप मगर घाईते भएको प्रहरीले जनाएको छ । गाईघाटबाट रौता तर्फ जाँदै गरेको स.८प.२०१३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदैँ गरेको ना.६ ख.८२४८ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका मगरको दाईने खुट्टा भाचिएको छ । उनलाई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसको चालक त्रियुगा नगरपालिका–१० बस्ने २९ वर्षीय दिनेश मगर ईलाका प्रहरी चौकी साउनेको नियन्त्रणमा रहेको छ ।...
स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २ “गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ ९क्याम्पस० परिसरका भित्तामा कला–मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ । विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने विगतमा फोहोर देखिने यही ठाउँ अहिले सफासुग्घर देखिएको छ । मर्मतपछि अहिले विद्यापीठको प्वाल परेको छत टालिएको छ । अहिले छानो चुहिँदैन, शौचालयमा दुर्गन्ध छैन । प्रवेशद्वारमा खुलारूपमै बग्ने ढल अहिले टुकुचासम्म व्यवस्थापन भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्ध भएको छ । ‘पाँचौँ वेद’ ‘महाभारत’ लेख्न बस्दा व्यासले संस्कृतमा श्लोक भन्दै जाने र गणेशले टिप्दै जाने गरेर कथा पूरा गराएको पौराणिक किंवदन्ती छ । हिन्दू धर्...
शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २ बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको शेयर बजारमा भएको विस्तार र विविधिकरणको चित्रण गर्दछ । दोस्रो बजारमा शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीको बोलवाला देखिन्छ । वर्ष, २०७८ ले शेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पूँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन...
धरानमा टेम्पो दुर्घटना हुँदा : चालकको मृत्यु, सवार महिला गम्भीर घाइते

धरानमा टेम्पो दुर्घटना हुँदा : चालकको मृत्यु, सवार महिला गम्भीर घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । सुनसरीको धरान–४ देबिथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घटनास्थलमै ज्यान गएको छ, भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन् । टेम्पो चालक धरान –१७ बस्ने अन्दाजी ४०/४५ वर्षीय खड्ग बिकको घट्नास्थलमै ज्यान गएको १ नं प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । प्रहरीका अनुसार टेम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते भएकी उषाको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । बस र चालक धनकुटा महालक्ष्मी–२ घर भई हाल धरान–१७ बस्दै आएका ४५ वर्षीया गोबिन्द कटुवाललाइ इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको धरान प्रह...
त्रियुगामा रुखमा मात्र भोट हाल्न पाउनु पर्ने कोईराला पक्षको माग

त्रियुगामा रुखमा मात्र भोट हाल्न पाउनु पर्ने कोईराला पक्षको माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । त्रियुगा नगरपालिकामा आउँदो स्थानीय चुनावका लागि कांग्रेस एक्लै लड्न काफी रहेको भन्दै गठबन्धन नगर्न ध्यानकर्ष पत्र बुझाएको छ । शुक्रबार कोईराला पक्ष रहेका कांग्रेस नेता बसन्त बस्नेत सहितका नेताहरुले जिल्ला सभापति हिमाल कार्कीलाई रुखमा मात्र भोट हाल्न पाउनु पर्ने माग सहित पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको हो । करिब १ सयजनाको उपस्थितिमा काङ्ग्रेसले सो पत्र बुझाएको छ । । यस्तै, त्रियुगामा काङ्ग्रेस बलियो भएकाले गठबन्धन नगरी चुनाबमा जानपाउनुपर्ने आशय व्यक्त गरिएको छ । ध्यानाकर्षण पत्र पेश गर्दै नेता वसन्त बस्नेतले यो नगरमा एकलै चुनाब जित्न सकिने बताएका थिए । पत्र बुझ्दै सभापति हिमाल कार्कीले केन्द्रको निर्णयनुसार गठबन्धन हुने बताए । उनका अनुसार काङ्ग्रेसलाई फाइदा हुने गरिमात्र तालमेल हुने भन्दै कार्यक्रतालाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।...
‘सिङ्गो बुटवल, एक विद्यालय’ नौलो अवधारणाका रूपमा

‘सिङ्गो बुटवल, एक विद्यालय’ नौलो अवधारणाका रूपमा

Breaking News 2, शिक्षा, समाचार
काठमाण्डौँ, बैशाख २ बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत आजभोलि आफ्नो विद्यालयको दैनिक शैक्षिक तथा प्रशानिक कामको जिम्मेवारीसँगै नगरका अन्य विद्यालयमा पुगेर शैक्षिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्नुहुन्छ । बुटवल उपमहानगरपालिकाले ल्याएको ‘सिङ्गो बुटवल एक विद्यालय’ कार्यक्रमअन्तर्गत प्रअ बस्नेतले गत माघ २४ गते अभिभावक विद्यालयभित्रका समूह विद्यालयका प्रधानाध्यापकहरूसँग सामूहिक छलफल गर्नुभयो । विद्यालयमा आयोजित छलफलमा अभिभावक विद्यालय र समूह विद्यालयका प्रधानाध्यापकले हाल विद्यालयमा भएको समग्र अवस्था, अवसर, चुनौती, समस्यालगायत शैक्षिक विषयमा अनुभव साटासाट गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कान्ति माध्यमिक विद्यालयका विज्ञान शिक्षक डिल्लीप्रसाद बेल्वासे पनि केही दिनअघि आफूले अध्यापन गराउने विद्यालय छाडेर...