आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी
पूर्णपुष्टि,बैशाख ७ । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आमा शब्द आफैँमा त्यति महत्वपूर्ण छ कि, हामीले त्यसको महमिा र वर्णन गरेरै सक्दैनौँ ।
घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ । विशेष गरि आजको कुरा गर्ने हो भने विश्वमा कोभिड–१९ (नोवेल कोरोना भाईरस) फैलिरहेको बेला सन्तानले आमालाई सम्झने र आमाले सन्तानलाई सम्झने हरुका लागि समय व्यतित गर्न गाह्रो भईरहेको छ । अझ भन्नुपर्दा आफू सानु छँदा आमा स्वर्गलोक हुनेहरुलाई भने वास्तवमै आमाको अभाव सधैभरि खट्कि रहन्छ । हाम्रो घर,परिवार र समाजमा कतिपयले आमाको मुख वा आमाको मायाको अनुभव गर्नै नपाई आमा स्वर्गवास हुनु भएको छ ।
कसैलाई आमाको अनुहार अलिअलि थाहा छ तरपनि अहिले आमाको तस...









