Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

कोरोना संक्रमण देखिएमा एक हप्ता आइसोलेशनमा बस्न आग्रह

कोरोना संक्रमण देखिएमा एक हप्ता आइसोलेशनमा बस्न आग्रह

समाचार
पूर्णपुष्टि,बैशाख ६ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या पढ्दो देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमण देखिएमा सात दिन सम्मा अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हुन् । पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नु नपर्ने डा.अधिकारीले बताए । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको...
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ । राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजबाट सञ्चालन गरिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले ६ महिनादेखी पाँच बर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाईने जनाएको छ । मन्त्रालयका अनुसार आजबाट सञ्चालन गरिएको अभियान भोलि सम्म चल्नेछ । देशभरका बालबालिकालाई नजिकको स्वास्थ्य चौकीमा लगि भिटामिन र जुकाको औषधी खुवाउन मन्त्रालयले अभिभावकहरुलाई अनुरोध गरेको छ । यसपालि २७ लाख बालबालिकालाई भिटामिन ए र १ वर्षमाथिका २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ।...
रवि लामिछानेका सवारी चालक थापाको स्वस्थ्य अवस्था चिन्ताजनक

रवि लामिछानेका सवारी चालक थापाको स्वस्थ्य अवस्था चिन्ताजनक

समाचार
पूर्णपुष्टि,बैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निजी सवारी चाकल दिलबहादुर थापाको अवस्था अझै गम्भीर छ । गत सोमबार सभापति लामिछानेको निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापाको भरतपुरको तीन तले घरबाट खसेको थियो । अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको अवस्था चिन्ताजनक छ । ‘टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण पनि छ। अवस्था क्रिटिकल छ,’ डाक्टर राणाले भने, ‘उपचारमा हाम्रो आइसियूको पुरै टिम खटिएको छ।’ प्रहरीका अनुसार चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ। यसैबीच चितवन प्रहरीले घटना अनुसन्धानका लागि रास्वपाका महामन्त्री मुकुल ढकालका चालकलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ड्राइभर दिलबह...
कुशुम शर्माको पहिलो प्रयासनै सर्वउत्कृष्ट बन्न पुग्यो

कुशुम शर्माको पहिलो प्रयासनै सर्वउत्कृष्ट बन्न पुग्यो

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ६ । दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन् । उनको अन्तर्वार्ता राखेर च्यानल हिट पार्ने र डलर झर्ने दाउमा युट्युबरसमेत पछि लागेका छन् । उनले अन्तर्वार्ता केमा दिने, केमा नदिने सोच्न सकेकी छैनन् । अन्तर्वार्ताका लागि आउने धेरै फोनलाई ‘अहिले बाहिर छु, पछि कुरा गर्छु नि’ भन्दै टार्नुपर्ने बाध्यता उनको छ । उनी अर्थात् कुशुम शर्मा (सकम्बरी– फूलमाया) गीतको चर्चाको कारण शब्द, सङ्गीत र स्वरको अलवा भिडियोसमेत बनेको छ । सपुतकै निर्देशन रहेको भिडियोमा एउटी निर्दोष ‘सकम्बरी’ (फूलमाया) केटीलाई कसरी मानिसले नचाहँदा नचाहँदै गलत बाटोमा ...
स्वस्थ्यमा समस्यापछि थप उपचाकरो लागि राष्ट्रपति पौडेललाई भारत लगियो

स्वस्थ्यमा समस्यापछि थप उपचाकरो लागि राष्ट्रपति पौडेललाई भारत लगियो

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वस्थ्यमा समस्या आएपछि थप उपचारको लागि छिमेकी मुलुक भारत लगिएको छ । बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको हो । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएका थियो । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ । १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो...
आईपिएल : हैदरावादमाथि बुम्बईको १४ रनको जित

आईपिएल : हैदरावादमाथि बुम्बईको १४ रनको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ६ । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादमाथि मुम्बई इण्डियन्सले १४ रनको जित निकालेको छ । यस सिजन मुम्बईले लगातार तेस्रो जित निकालेको छ भने हैदरावादको यस सिजनको दुई जित पछिको हार हो । मंगलबार राति राजीवगान्धी क्रिकेट स्टेडियममा भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको मुम्बईको लागी क्यामरुन ग्रिनले ४० बलमा ६४ रन बनाएका थिए भने प्लेयर अफ दि म्याच समेत भए । पहिले ब्याटिङ गरेको मुम्बईविरुद्ध सनराइजर्स हैदरावादका मार्को यानसेनले दुई विकेट लिए । घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै विकेटकिपर ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन बनाए । मुम्बईका लागि राइली मेरिडिथ र जेसन बेहरेनडोर्फले दुई–दुई विकेट लिए । अर्ज...
संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ६ । संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठमा भावी प्रधानन्यायाधीश नियुक्ती बारे छलफल भएपनि सिफारीस भने गर्न सकेन । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । वैशाख ४ गते प्रमुख तीन दलका नेताहरुबिच बालकोटमा बसेको बै...
लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ५ । उदयपुर । उदयपुरको पहाडी गाउँपालिका लिम्चुङबुङले विजेतालाई १ लाख रुपैया पुरस्कारसहित पाँचदिने खेलकुद कार्यक्रम आज सम्पन्न गर्यो । गाउँघरमा लोकप्रीय खेल भलिबलमा पुरुषतर्फ ८ टिम सहभागि मध्ये झापा प्रथम, त्रियुगा नगरपालिका (उदयपुर) दोस्रो र ताप्ली गाउँपलिका (उदयपुर) तेस्रो भए । महिलातर्फ ६ टिम मध्ये भोजपुर (आमचौक) प्रथम, लिम्चुङबुङ (आयोजक) दोस्रो र ओखलढुङ्गा (मानेभञ्ज्याङ) तेस्रो भए । विजयीहरुलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार पुरस्कार दिइएको हो । त्यसैगरी पाँच टिम सहभागि फुटबलतर्फ प्रथम हुने वडा नं. १ बाँसबोटे ५० हजार, दोस्रो वडा नं. २ ताम्लिछा (ए) ले ३० हजार र तेस्रो ताम्लिछा (बी) ले २० हजार पुरस्कृत प्राप्त गरे । युवा सशक्तिकरणका लागि आयोजना गरेको पाँचदिने खेलकुद नयाँवषसंगै सुरु भएको थियो । पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पकुमार राईले युवाहरुलाई पुरस...
रास्पाका सभापति रवि लामिछानेको निजी ड्राइभरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

रास्पाका सभापति रवि लामिछानेको निजी ड्राइभरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

समाचार
पूर्णपुष्टि,बैशाख ५ । घरको छतबाट लडेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निजी चालक दिलबहादुर थापालाई थप उपचारको लागि काठमाडौ ल्याइएको छ । चालक थापाको गत सोमबार बिहान ४ बजे भरतपुर–११, स्थित लामिछानेको घरको छतबाट खसेर घाँटीको हड्डी भाँचिए थियो । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारी दिएका छनर । उनका अनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो। ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको...
कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा

समाचार
पूर्णपुष्टि,बैशाख ५ । मुलुकमा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या बढ्दो देखिन थाले पछि मृत्यु हुनेको सख्या थप हुन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।...