Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

डिबि राईको नयाँ गीत ‘गुँरासै फुल्यो’ सार्वजनिक (भिडियो सहित)

डिबि राईको नयाँ गीत ‘गुँरासै फुल्यो’ सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ५ । उदयपुरका युवा गायक डिबि राईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंलबार पुर्वाञ्चल म्युजिक नामका युटुब च्यानल मार्फत ‘गुँरासै फुल्यो’ गीत सार्वजनिक गरिएको हो । सार्वजनिक रहेको नयाँ गीतमा शब्द स्वर डिबि राईले गरेका छन् भने उक्त गितमा गायिका श्रेया राईले साथ दिएकी छिन् । प्रस्तुत गरिएको गितलाई रुद्र श्रेष्टले उत्कृष्ट संगित दिएका हुन् । म्युजिक भिडियोमा उदयपुरका बिभिन्न स्थानहरु देखाएका छन् । गीतले धार्मिक पर्यटकिय क्षेत्र रौता पोखरी,सल्ले बजार,बैथुङ्गकी डाँढा र बरुवा खोलाहरुको चर्चा गरिएको छ । https://www.youtube.com/watch?v=_GtGAvwgBh0...
एसिसि प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १३६ रनको लक्ष्य

एसिसि प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १३६ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ५ । एसिसि प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई जितको लागी १३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गर्दै नेपाललाई १३६ रनको लक्ष्य दिएको हो । फैजले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए भने विरन्दीपले ९४ बलमा २ चौका प्रहार गर्दै ४६ रन जोडे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए भने त्यसबाहेक खिजार हायातले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । अतिरिक्तबाट मलेसियाले १२ रन जोडेको थियो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने ललित राजवंशीले २ विकेट र गुलशन झाले १ विकेट लिएका थिए ।...
दक्षिण भारतीय सुपरस्टार अजितको फिल्म ‘मिराई’को छायांकन काठमाडौमा सुरु

दक्षिण भारतीय सुपरस्टार अजितको फिल्म ‘मिराई’को छायांकन काठमाडौमा सुरु

समाचार
पूर्णपुष्टि,बैशाख ५ । दक्षिण भारतीय सुपरस्टार अजितकुमारको मुख्य भुमिकामा रहने फिल्म ‘मिराई’को छायांकन आज बाट सुरु भएको छ । काठमाडौमा चार दिनसम्म छायाँकन हुने निर्माण यिन्त्रक मनोज जोशीले जानकारी दिए । काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ । अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् । तमिल फिल्मका यी चर्चित अभिनेताका केही फिल्महरु नेपालमा समेत हिट छन् । ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म हो ।...
डा. नारायण खड्का देखी स्वर्णिम वाग्ले सम्मलाई दोहोरो नागरिकताको उजुरी

डा. नारायण खड्का देखी स्वर्णिम वाग्ले सम्मलाई दोहोरो नागरिकताको उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ५ । दोहोरो नागरिकता रहेको भन्दै राजनितिक दलका बिभिन्न नेताहरु बिरुद्ध गृहमा उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधी सभामा निर्वाचित डा नारायण खड्काको नेपाली नागरिकता छानविन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ । डा खड्का सहित उच्च पदस्त १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्ड समेत रहेको भन्दै सोमबार गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो । सिन्धुलीका युुवराज पौडेल (सफल) ले दायर गरेको उजुरीमा डा खड्का सहित राजेन्द्र महत्तो, सरिता गिरी, सुजता कोईराला, अनुराधा कोईराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कडेल, डा स्वर्णिम वाग्ले, डा मिनेद्र रिजाल र दिलेन्द्र प्रसाद बडुको दोहोरो नागरिकता रहेकोले छानविन गरि कार्वाही गर्न माग गरिएको हो । डा . खड्का नेपाली काग्रेसको राजनीतिमा आउनु भन्दा अगाडी क्यानाडामा बसोबास गर्ने गर्थे भने उनको श्रीम...
सिर्कोट कालिका बिल्डर्सको बर्दघाट नगरपालिकामा अबैध अशुली

सिर्कोट कालिका बिल्डर्सको बर्दघाट नगरपालिकामा अबैध अशुली

Breaking News 1, समाचार
हरि सापकोटा बर्दघाट, चैत्र ५ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पुर्व पश्चिम लोकमार्ग अन्तर्गतको चिसापानीमा अबैध ढाट राखेरै सिर्कोट कालिका बिल्डर्स एन्ड सप्लायर्सको नाम बाट अशुली हुँदै आएको छ। बर्दघाट नगरपालिका भएर चल्ने कबाड र भंगार बोकेका गाडीहरुलाई लोकमार्गमा खुलेआम पर्ची काटेर अशुली गर्दै आएका छन। सिर्कोट कालिका बिल्डर्सले बर्दघाट नगरपालिकाबाट आर्थिक वर्ष २०७९र८० का लागि कवाडि कर संकलन गर्ने ठेक्का प्राप्त गरेको छ। स्थानीय नेताहरुको आडमा बर्दघाट नगरपालिका को मिलेमतोमा दिनदाहदै गुडिरहेका गाडी रोकाएर कर आतंक मच्चाउने विल्डर्सलाई बर्दघाट नगरपालिकाका नगर प्रमुखको साथ रहेको बुझिन्छ। नगर प्रमुखको आडमा खुले आम यसरी संचालन भएको अबैध अशुली प्रती स्थानीय कवाडी व्यबसायीहरुको व्यापक जनगुनासो रहदा पनि प्रशासनले कार्वाही गर्न सकेको छैन। स्थानियका अनुसार यस कन्स्ट्रक्सन कम्पनीका संचालक त...
उदयपुरमा अबैध काठ सहित अध्यक्ष पक्राउ

उदयपुरमा अबैध काठ सहित अध्यक्ष पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ५ । अबैध काठ तस्करीको आरोपमा उदयपुरमा एक सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । त्रियुगानगरपालिका ५ स्थित अम्बिका सा.ब.उ.स. दमौतीका अध्यक्ष लिलबहादुर ग्राङ्जा मगर हिजो पक्राउ परेका हुन् । अध्यक्ष ग्राङ्जा मगरले हिजो छपान विनाको काठ ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा स्थानीयले फेलापारी बन कार्यालयलाई खबर गरेको थियो । काठ बोक्ने स १ त ७०४८ नम्बरको ट्याक्टर र काठ बन कार्यालयको नियन्त्रणमा रहेको छ भने अध्यक्ष ग्राङ्जा मगर बन हिरासतमा रहेका छन् । आर्थिक लाभका लागि अध्यक्षले बनबाट लिएको कटान, लागत आदेश भन्दा बाहिर गएर उपभोक्ताहरुको आँखा छली अबैध काठ काटेको आरोप छ । अबैध काठ ओसार पसारमा प्रयोग भएको ट्याक्टर वडासदस्य कुबेर ग्राङ्जा मगरको रहेको र वन अध्यक्ष उनको बुवा रहेको बुझिएको छ । घटनापछि वनअध्यक्ष र ट्याक्टर छुटाउन समुहमा बैंठकको किर्ते निर्णय भएको आरोप उपभोक्ताको छ । व...
चौदण्डीगढी नगरको फेरी अर्को गलत कार्य : एउटै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ति

चौदण्डीगढी नगरको फेरी अर्को गलत कार्य : एउटै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ५ । चौदण्डीगढी नगरपालिकाले कर्मचारी नियुक्तीमा चरम लापर्वाही गर्दै आएको पाईएको छ । कर्मचारी नियुक्तीका लागि पैसा बार्गेनिङ अडियो सार्वजानिक नसेलाउँदै अर्को बेतिथि फेला परेको हो । नगरले एकै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ती गर्दै फेरी अर्को त्रुटी जनतामाझ ल्याएको छ । यसरी नियुक्ती हुनेमा वडा नम्बर १० हडिया स्थित आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन (एचए) पदमा कार्यरत सुरेन्द्र चौधरी रहेका छन् । चौधरीलाई गत पुस २१ गते ज्यालादारी र करारमा एकै दिनमा दुईदुई पटक नियुक्ति गरिएको छ भने दुवै पत्रको चलानी नम्बर पनि २२३२ रहेको छ । चौधरीको नियुक्ति पत्रमा सिफारिस अधिकृत जनकलाल लेखिले भने, “०७४ सालको पुरानो नियुक्ति देखाएर जागिर खान खोजेको रहेछ, पछि थाहा पाएछि सच्याइएको थियो । तर उसले फोटो खिचेर राखेको रहेछ ।” जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले ०७४ असार १६ गते पहिलो न...
लिम्चुङबुङ भ्यु टपको पहिलो ढलान आजबाट सुरु

लिम्चुङबुङ भ्यु टपको पहिलो ढलान आजबाट सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ४ । पर्यटनको नयाँ गन्तब्य लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्युटपमा निर्मिणाधिन एभरेष्ट भ्युटावरको आज पहिलो ढलान हुदैछ । ७२ फिट अग्लो एभरेष्ट भ्यु टावरको पहिलो ढलान र टावरको मुख्य पिलरको धुपवाती गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । जिरोदेखि हिरोको नाराका साथ अगाडि बढिरहेको पालिकाले कृषि र पर्यटनलाई समृद्धिको सुत्र मानेको छ । पर्यटनको नयाँ गन्तब्य बन्दै गएको लिम्चुङबुङको भ्युटपबाट आठ हजार माथिको छ वटा हिमालदेख्न सकिन्छ । अध्यक्ष राईका अनुसार विश्वको सर्बोच्च शिखर सगरमाथा (८८४८), कञ्चनजङ्घा (८५८६), लोत्से (८५१६), मकालु (८४८५), लोत्सेसार (८३८२) र चोयु (८१८८) को दृष्य वालोकन गर्न सकिन्छ । सगरमाथाको तीन भागमध्ये एक भाग चिनतर्फ पर्छ भने बाँकी दुईभागको अवलोकन लिम्चुङबुङबाट गर्न सकिने उनले बताए । सगरमाथा सोलुमा परेपनि हेर्नका लागि लिम्चुङबुङ उपयुक्त रहेको दावी छ ।...
लिम्चुङबुङ हाटबजारमा ५० रुपैयामा भाले, तीन सयमा खसी

लिम्चुङबुङ हाटबजारमा ५० रुपैयामा भाले, तीन सयमा खसी

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ४ । लिम्चुङबुङ गाउँपालिकाले पहिलो पटक हाटबजार मेलाको आयोजना नयाँवर्ष २०८० वैशाख १ देखि सुरु गरेको छ । स्थानीय कृषकहरुले उत्पादन गरेको सागसब्जी, अन्नबाली, खसीबाख्रा, कुखुरा, फलफुल आदिको बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले हाटबजार राखिएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । नयाँवर्ष विशेष कार्यक्रमको आयोजना गरी नयाँवर्षको स्वागत संगै हाट बजारको भब्य उद्घाटन गरेको थियो । कार्यक्रमको अवसरमा स्थानीय कृषकहरुले मनोरञ्जन तथा कृषि प्रवद्र्धनको उद्देश्यले ५० रुपैयामा भाले, तीनसय रुपैयामा खसी चिठ्ठा राखेका थिए । जसमा स्थानीय एकबहादुर मगरले पचास रुपैयामा भाले पाए भने तीनसय रुपैयामा पालिकाका प्रशासकीय अधिकृत युवराज ओलीले खसी पाए । सांस्कृतिक कार्यक्रम समेत भएको थियो । यसै अवसरमा पहाडी जिल्लाको लोक प्रीय भलिबल प्रतियोगिता र पहाडका लागि नौलो र रोचक फुटबल प्रतियोगिता सञ्चालन भयो ।...
रबी लामिछानेको घरबाट लडेर चालक गम्भीर

रबी लामिछानेको घरबाट लडेर चालक गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ४ रास्वपाका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनकै सवारी चालक गम्भीर घाईते भएको छ । लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका (११ को ३ तले घरको छतबाट खसेर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । घटना बिहान चार बजेतिर भएको थियो र चालकको खुट्टा र टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी पण्डितले बताए । घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) नेतृत्वकै टोली खटिएको छ । भुँइतलासहित तीन तला रहेको सो घरमा माथिल्लो तलामा चालक सुतेका थिए । उनीसँगै अर्का चालक पनि सुतेको डिएसपी पण्डितले बताए । घटना के–कसरी भयो भन्ने बारेमा अनुसन्धानपछि विवरण सार...