Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र

लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएको छ । किमिटीले ११ बुदेँ ज्ञापनपत्र बुझाएको हाे । सेवा प्रवाह र शुसासनको बिषयमा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हाे । एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर राइको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई ज्ञापनपत्र बुझाइएको हाे । आर्थिक बर्ष २०७९/०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका बिषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न भनेकाे छ साथै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न माग ज्ञापनपत्रमार्फत गरिएकाे छ । एमाले जिल्ला सदस्य राजकुमार राइसमेतकाे उपिस्थिति रहेकाे थियाे ।  ...
चुरे संरक्षण दिवसमा उदयपुरमा गरियाे बृक्षराेपण

चुरे संरक्षण दिवसमा उदयपुरमा गरियाे बृक्षराेपण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २ । "चुरेकाे माटाे चुरेलाई, सफा पानी सबैलाई" भन्ने नाराका साथ देशभर मनाईएकाे १० ओैं चुरे दिवसकाे अबसरमा उदयपुरमा आज बृक्षराेपण गरिएकाे छ । त्रियुगा नगरपालिका -६ स्थित डाँडावारी सामुदायिक वनमा डिभिजन वन कार्यालय उदयपुरकाे आयाेजना तथा देउरी सबडिभिजन कार्यालय जलजले र स्थानीय साबउसकाे सहआयाेजनामा बृक्षराेपण भएकाे हाे । विभिन्न जातका करिव दुईसय बिरुवा राेपिएकाे हाे । दिवसलाई खाली चाैरीमा बृक्षराेपण गरेर मनाईएकाे हाे । चुरे संरक्षणका लागि खाली जमिनमा बृक्षराेपण गर्दै जाने अभियान अनुरुप थालनी गरिएकाे बताईएकाे छ । बृक्षराेपणमा बन कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयहरुकाे सहभागिता थियाे । फाेटाेफिचर...
नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा ब्यपारीहरुको नापतौल प्रमाणपत्र दर्ताको काम भैरहेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम शनिवारदेखी धमाधम भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शनिवार जलजलेका ब्यपारीहरुको र आईतबार र सोमवार भने गाईघाटका ब्यपारीहरुको नविकरण गरिने अध्यक्ष रसाईलीले जनाए । नविकरण गर्ने अन्तिम समय ३ गते सम्म रहेको छ । संघले यस समय अबधि भित्र सबैले नविकरण गर्ने काम सम्पन्न गर्न आह्वान गरेको छ ।...
उद्योग ब्यवसायी र बजार व्यवस्थापनका लागि बजेट बिनियोजनको माग

उद्योग ब्यवसायी र बजार व्यवस्थापनका लागि बजेट बिनियोजनको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ असार । स्थानीय सरकारलाई उद्योग ब्यवसायी र बजार व्यवस्थापनको लागि बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराईएको छ । घरेलु तथा साना उद्योग महासंघ जिल्ला, त्रियुगा नगर र नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरले आगामी निति तथा कार्यक्रममा उद्योगी व्यवसायीहरुको कार्यक्रका लागि बजेट माग गरिएको हो । घरेलु महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा, महासंघकै त्रियुगा नगर अध्यक्ष रुद्र श्रेष्ठ, सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधान र महिला उद्यमी समितिका अध्यक्ष बिना राईले ध्यानाकर्षण पत्र बुझाउँदै बजेट छुटाउन माग गरेको हो । त्रियुगा नगरपालिकाकी उपम्रमुख महेश्वरी राईलाई ध्यानाकर्षण बुझाईएको छ । उद्योगी ब्यवसायीहरुले नगरमा झण्डै ८० लाख माथी कर बुझाउने हँदा यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई उत्साहित गर्न बजेट छुटाउन माग गरिएको अध्यक्ष मधुकर थापाले जनाए । उपमेयर राई सहित त्रियुगा नग...
प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २ । प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बोक्से युवा संजालले जितेको छ । शनिबार भएको फाईनल खेलमा बोक्से युवा संजालले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो । त्रियुगा नगरपालिका–१० गंगा खेल मैदानमा भएको खेलमा आर्यन दनुवारले गरेको एक मात्र गोल बोक्से युवा संजालको जितको लागी निर्णायक गोल बन्यो । उपाधि विजेता बोक्से युवा संजालले नगद रु. १० हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।...
एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

Breaking News 1
पूर्णपुष्टि, २ असार । एमाले त्रियुगा नगरपालिका १२ नं वडाको अध्यक्षमा रमेश राउत चयन भएको छ । शनिवार १२ नं वडा पार्टी कमिटीको आयोजना भएको दोस्रो अधिवेशनले राउतको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो । उपाध्यक्ष निर्मला मगर, सचिव हिरण चौधरी, उपसचिव अनिता भगत, विमला बस्नेत रहेको छ । जिल्ला अध्यक्ष भागवत राउन सहित अन्य पार्टीका पदाधिकारीहरुको उपस्थितिमा अधिवेशन तथा समिति चयन भएको थियो ।...
दुर्घटना बिमाले नवउदय सामुदायिक वनका उपभोक्ताहरु खुसी

दुर्घटना बिमाले नवउदय सामुदायिक वनका उपभोक्ताहरु खुसी

Breaking News 1
पूर्णपुष्टि, २ असार । श्री नवउदय सामुदायिक वनले उपभोक्ताहरुलाई विमालेख प्रमाण पत्र हस्तान्तरण गरेको छ । शनिवार त्रियुगा नगरपालिका १० र ११ चप्पन बरुवाधार स्थित आफ्नो ३ सय ५ जना उपभोक्ता सदस्यहरुलाई मिालेख प्रमाण पत्र हस्तान्तरण गरेको समूहका अध्यक्ष जिवन पाण्डेले जनाए । पाण्डेका अनुसार प्रति व्यक्ति १ सय ४५ का दरले रु १ लाख बराबरको दुर्घटना बिमा गरिएको हो । प्रति व्यक्तिलाई ४४ हजार २ सय २५ रुपयाँको लगानीमा बिमा गरिएको पाण्डेको भनाई छ । पाण्डेले वनको आम्दानी उपभोक्ताहरुलाईनै लगानी गरिएको समेत जनाए । नवउदय सामुदायिक वनले सामुदायिक वनको सम्पत्ति उपभोक्ताहरुलाई नै सेवा सुविधाको रुपमा उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेको भनाई छ । यता दुर्घटना बिमाको बिमालेख प्रमाण पत्र पाएपछि उपभोक्ताहरु खुसी भएका छन् । बिमाको महत्व बुझी उपभोक्ताहरुको सामुहिक बिमा बनकै लगानीमा गरेको भन्दै उनिहरु खुसी ब...
उदयपुरको कटारीमा सडक बत्ति जडान सुरु

उदयपुरको कटारीमा सडक बत्ति जडान सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरको कटारी नगरपालिकामा सडक बत्ति जडान सुरु गरिएको छ । कटारी–४ स्थित मदन भण्डारी राजमार्गबाट पहिलो चरणको सडक बत्ति जडान सुरु गरिएको हो । कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले रातको समयमा हुने जोखिम न्युनिकरण र नगरलाई उज्यालो बनाउने अभियान अन्र्तगत वत्ती जडानको काम थालिएको बताएका छन् । उनका अनुसार वत्ती जडानको काम नगरको विभिन्न आवश्यक बजार र वस्तीहरुमा गरिने छ । काम सुरु भएको र जारी रहेकाले अहिले नै यति लागतको भन्ने यकिन नभएको मेयर श्रेष्ठले बताए । ‘उज्यालो नगर अभियान अन्र्तगत काम सुरु गरेका छौं ।’मेयर श्रेष्ठले भने, ‘नगरको अन्य बजारहरु, घुर्मी बजार, तथा आवश्यक गाउँ वस्ती र बजारहरुमा लगाउने भन्ने बारे छलफल भईरहेको छ ।’...
उदयपुरका मधेशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम

उदयपुरका मधेशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरमा मेधशी युवाहरुलाई दुई दिने नेतृत्व विकास तालिम दिईएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा शनिबारबाट मेधशी युवाहरुलाई नेतृत्व विकास तालिम दिईएको हो । नेपाल पिछडी वर्ग (OBC) महासंघ जिल्ला कार्य समिति उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा तालिम संञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले ब्यानर पढ्दै मधेशी युवा नेतृत्व विकास तालिमको उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा बोल्दै मेयर बस्नेतले दुई दिने नेतृत्व विकास तालिम अत्यन्त फलदाई हुने बताएका छन् । यस तालिमले मधेशी युवाहरुलाई नेतृत्वमा पुग्न मद्दत मिल्ने मेयर बस्नेतले बताए । मधेशी समाजको विकासको निम्ति त्रियुगा नगरपालिकाले सदैव साथ सहयोग गरिरहने मेयर बस्नेले बताए । कार्यक्रम संञ्चालक तथा नेपाल पिछडी वर्ग (OBC) महासंघ जिल्ला का...
त्रियुगामा व्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण सुरु

त्रियुगामा व्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण सुरु

Breaking News 1
पूर्णपुष्टि, १ जेष्ठ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले ब्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण गर्न सुरु गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम सुरु गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार शनिवार जलजलेमा उक्त नविकरणको काम गरिने छ भने आईतबार र सोमवार भने त्रियुगा उद्योग बाणिज्य संघको हलमा गरिने अधयक्ष रसाईलीको भनाई छ ।...