चौनपाको यायोक्खा भवन बजेट अभावमा अलपत्र
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा किरात राई समुदायको यायोक्खा साँझा भवन अलपत्र परेको छ । चौदण्डीगढी वडा नं. ७ साकेला परिसरभित्र निर्माणधिन भवन बजेट अभावमा अलपत्र परेको हो ।
चौदण्डीण्ढीका पूर्व नगर प्रमुख खगेन्द्र राईले आर्थिक बर्ष २०७८–०७९ मा रु. ५ लाख बजेट विनियोजन गरिदिएपछि भवन निर्माण कार्य सुरु भएको थियो । ४६ मिटर लम्वाई र ३६ मिटर चौडाइमा बन्न लागेको ६ कोठे पक्की भवन अहिले बजेट अभाव भएपछि अलपत्र परेको हो ।
किरात राई यायोक्खाका अध्यक्ष शशिचन्द्र राईले गत वर्ष प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएपछि ईटा जोड्ने कामसम्म भएको बताएका छन् । साँझा भवन भएकोले बजेट व्यवस्थापनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने उनको भनाइ छ । पूर्व किराया अध्यक्ष अञ्जना राईको पहलमा भवन निर्माण कार्य सुरु भएको थियो ।
उक्त भवनको लागि प्रदेशसभा सदस्य राजन किराती ‘वासु’ले...









