Friday, August 7News That Matters

Month: १२ महिना अगाडि

त्रियुगा नदीमा बल्छी खेल्न गएका एक पूरुष बेपत्ता

त्रियुगा नदीमा बल्छी खेल्न गएका एक पूरुष बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमास्थित भेदी त्रियुगा नदी किनारमा माछा मार्न गएका एक पूरुष हिजोदेखी बेपत्ता भएका छन् । आईतबार दिउँसो १ बजे बल्छी खेल्न गएका चौदण्डी–६ सातधारेका ४५ बर्षीय दिलबहादर राई बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार बेपत्ता भएका राईको नदी किनारमा बल्छि, साइकलको चाबी र केहीँ नगद पैसा फेला परेको छ भने अहिलेसम्म मान्छे भने फेला परेको छैन । बेपत्ता भएको राईको खोजी कार्य तीव रुपमा भईरहेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासस्थितबाट लागुऔषध एम्पुल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २३ बर्षीय सुजन राउत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन ३१ गते अस्थाई प्रहरी पोष्ठ हाडेबासबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध २०७ एम्पुल सहित उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट बुप्रिनोर्फिन–६८ एम्पुल, डाइजेपाम–७२ एम्पुल, प्रोमेथाइजिन–६७ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागूऔषध र ४ वटा सिरिन्ज बरामद गरेको हो । पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
२८ लाखसम्म हिनामिना गर्ने उदयपुर अस्पताल काउन्टरका राजकुमार चाैधरीसहित चार कर्मचारी निस्काशित

२८ लाखसम्म हिनामिना गर्ने उदयपुर अस्पताल काउन्टरका राजकुमार चाैधरीसहित चार कर्मचारी निस्काशित

Breaking News 2, आर्थिक, समाचार, स्वास्थ्य
उदयपुर/पूर्णपुष्टि, भदाै २ । उदयपुर अस्पतालमा २०७८ सालदेखि टिकट काउन्टरमा बसेर आर्थिक अनियमितता गर्ने कर्मचारी राजकुमार चाैधरी निस्काशनमा परेका छन् । चाैथाे तहका करारका कर्मचारी चाैधरीसंगै साेही पदका सञ्जिव वाग्ले, सहजकर्ता तुलसा पाैंडेल र कार्यालय सहयाेगी उषा पाैंडेल निस्कासन भएका छन् । उनीहरु साउन १३ गते अस्पताल ब्यवस्थापन समितिकाे निर्णयबाट निस्कासनमा परेका हुन् । स्राेतका अनुसार चाैधरीकाे नाममा सबैभन्दा बढि २८ लाख हिनामिना देखिएकाे र अन्य तीन जनाकाे नाममा तीन/चार लाखसम्म रहेकाे छ ।  अस्पतालले छानविन समिति नै बनाएर काउन्टरमा पैसा सङ्कलनकाे हिसाब २०७८ सालदेखिकाे खाेजि गर्दा उनीहरुबाट लाखाैं हिनामिना पत्ता लागेकाे र असुलीसमेत गराईसकिएकाे जनाईएकाे छ । स्वास्थ्य उपचारसेवा प्रभावकारी हुन नसकेकाे सर्वसाधारणकाे आलाेचना र पटक पटक विवाद झेलिरहेकाे उदयपुर अस्पतालमा याे अर्काे अनियमितताकाे खब...
युएईमा जेल परेका १२० नेपालीलाई आममाफी

युएईमा जेल परेका १२० नेपालीलाई आममाफी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १ । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० नेपालीको कैद मिनाह गरेको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा जेल सजाय भोगिरहेका नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास, अबुधावीले विज्ञप्ती जारी गर्दै ‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा’ संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ ।...
बेलका नगरपालिकाद्धारा आरोही राई सम्मानित

बेलका नगरपालिकाद्धारा आरोही राई सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १ । उदयपुरको बेलका नगरपालिकाले लेबुचे हिमाल र आईल्याण्ड पिकको सफल आरोहण गरेका एक युवकलाई सम्मान गरेको छ । बेलका–७ का जलन राईले ६ हजार १ सय १९ मिटर लेबुचे र ६ हजार १ सय ८९ मिटरको पिक सफलतापूर्वक आरोहण गरेपछि उनलाई नगरपालिकाकी उप–प्रमुख जिरा राईले एक कार्यक्रमबीच शुक्रबार सम्मान गरेको हो । उप–प्रमुख राईले उनको साहसिक कदमको उच्च मुल्यांकन गर्दै नगरपालिकाले विशेष सम्मान गरेको बताईन् । आरोही राईको सफल आरोहणले केवल बेलका नगरपालिका मात्र नभई सम्पूर्ण उदयपुरको शिर उच्च भएको उनले बताईन् । उप–प्रमुख राईले सम्मान गर्दै आगामी दिनमा चोमोलुङ्माको पनि सफल आरोहण गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेकी छन् । आरोही राई समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । उनले विगतमा विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् ।...
गाईघाटमा भोली गणेश इशारा राईको एकल कमेडी शो हुने

गाईघाटमा भोली गणेश इशारा राईको एकल कमेडी शो हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको सदरमुकाम गाईघाटमा (भोली) भदौ १ गते हाँस्यकलाकार गणेश इशारा राईको ‘अल नेपाल एकल कमेडी सो २०८२’ हुने भएको छ । गाईघाट स्थित श्रीराम जानकी पार्टी प्यालेसमा हुने यो कार्यक्रम एक्सन इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजनामा हुनेछ । कलाकार इशारा राई विगत २०५४ सालदेखि समाजसेवामा संलग्न रहँदै आएका छन् । उनले मुटुरोगी, मृगौला रोगी, वृद्धाश्रमका बासिन्दादेखि विभिन्न पीडितहरूलाई उपचार र सहयोग गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् । कलाकार राईले आफ्ना हजुरआमाको सम्झनामा ‘वीरमाया राई स्मृति कोष’ स्थापना गरेका छन् । यो कोषको उद्देश्य आउँदा दिनहरूमा विभिन्न समस्यामा परेका दुःखी पीडितहरूलाई सहायता गर्नु रहेको उनले बताए । कलाकार राईका प्रमुख कृतिहरूमा गाईजात्रा, कोसेली, सदनहल, भट्टपसल उस्तै, साढे तन्त्र र भद्रगोल रहेका छन् । उनले दर्जनौं संगीत भिडियोको निर्देशन र थुप्रै कार्यक्...
सुँगुर चोरी गर्ने खड्का र चोरीको सुँगुर किन्ने चौधरी दुवै प्रहरीको फन्दामा

सुँगुर चोरी गर्ने खड्का र चोरीको सुँगुर किन्ने चौधरी दुवै प्रहरीको फन्दामा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २९ साउन । त्रियुगा नगरपालिका वडा नं २ मोतियाहीको एक फर्मबाट सुँगुर चोरी गरी बेच्ने र किन्ने दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । मोतियाही स्थित खेम राज श्रेष्ठको नाममा रहेको उग्रतारा कृषि पशु फार्म बाट सँगुर चोरी गर्ने सोही स्थानका ५२ बर्षिय बौवा खड्का (लकाई) लाई प्रहरीले पक्राउ गरेको छ भने चोरी गरीएको सुँगुर किन्ने सोही वडा मिलन चोकका अन्दाजी २८ बर्षिय अमित चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त फार्ममा त्रियुगा नगरपालिका वडा नं ३ का ४१ बर्षिय पुरन मगरले बिगत ३ बर्ष देखी बँगुर पालन गर्दै आएका थिए । मगरका अनुसार उक्त फार्मबाट आफ्नो २७ ओटा सुँगर हराएको छ । पटक पटक कहिले ४, कहिले ३ पटक र अन्य समय पटक पटक सुँगुर चोरी भएको मगरले जनाए । सुँगुर हराउन थालेपछि मगरले प्रहरीमा पनि निवेदन दिएका थिए । तर पक्ता लाग्न सकेन । पछि गाउँलेहरुले तिम्रो सँगुर बोके...
त्रिनपा १६ को बार्षिक उपलब्धी सार्वजानिक

त्रिनपा १६ को बार्षिक उपलब्धी सार्वजानिक

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक बर्ष ०८१/०८२ मा गरेको महत्वपूर्ण काम कार्वाहीको प्रगति विवरण सार्वजानिक गरेको छ ।सोमवार वडा कार्यालय स्थित एक कार्यक्रमकाबीच प्रगति सार्वजानिक गरिएको हो । वडाले एक बर्षमा वडाभित्र गरेको कामकार्वाही र गतिविधिलाई सार्वजानिक गरी आवश्यक थप कामहरुबारे सल्लाह सुझाव लिईएको छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक, टोल विकास संस्था, राजनितिक दल, युवा, महिला, अधिकारकर्मी, बुद्धिजीवी लगायत स्थानीय वडावासीहरुको बृहत उपस्थितिमा बार्षिक प्रगति विवरण सार्वजानिक गरिएको हो । वडा अध्यक्ष मान वहादुर राईले वडामा भौतिक पूर्वधार, सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सिँचाई, रोजगार, गरिवी निवारण, संस्कृति, विपद व्यवस्थापन, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु भएको जनाउनु भयो । वडावासीहरुको हितका लागि वडाले चाल्नु पर्ने ...
उदयपुरमा विषालु जंगली च्याउ खाएका एकै परिवारका ८ जना विरामी

उदयपुरमा विषालु जंगली च्याउ खाएका एकै परिवारका ८ जना विरामी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरामा बिषालु जंगली च्याउ खाएका एकै परिवारका ८ जना बिरामी भएका छन भने ३ जनाको अवस्था गम्भिर रहेको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार बिषलु च्याउ खाएर बिरामी हुनेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ५५ वर्षीय लल्कु सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा र ११ वर्षीया सन्जा सदा रहेका छन् । वडा नम्बर ९ का अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका प्रवक्ता प्रकाश राउतले ८ जना मध्ये ३ जनाको अवस्था गम्भिर रहेको जानकारी दिए । उनका अनुसार गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर रहेकोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ । अन्य ५ जनाको भने नगर अस्पताल बेल्टारमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा बालयौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ

उदयपुरमा बालयौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ । उदयपुरमा बालयौन दुरुपयोग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने २२ बर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार परियारले गत साउन २२ गते दिउँसो २ बजेको समयमा साकेला टोल स्थितमा १६ वर्षिय बालिकालाई बालयौन दुरुपयोग गरेका थिए । परियारलाई खोजतलास गर्ने क्रममा आईतबार उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...