Thursday, July 2News That Matters

Author: पूर्णपुष्टि

घटस्थापना सँगै सुरु भयो बडादशैं

घटस्थापना सँगै सुरु भयो बडादशैं

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १७ ।  नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनामा घर-घरमा वैदिक विधिपूर्वक कलश, दियो र गणेश स्थापना गरिन्छ । पूजाकोठामा जौको जमरा राखिने यस पर्वमा नवरात्रभर दुर्गा देवीका नौ रूपको पूजा गरिन्छ । असोज २६ गते विजयादशमीका दिन ११:३६ को शुभसाइतमा टीका लगाइनेछ । दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यो पर्व सबै धर्म र जातका लागि समान रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ । उदयपुरमा लगुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बस्ने २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार त्रियुगा नगरपालिका–६ स्थित प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२–०३–००१ज ०११४ को विङगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा सम्बन्धित कार्यालयबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
असोज २२ गते चुहाडेमा बृहत सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन हुने

असोज २२ गते चुहाडेमा बृहत सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन
पूर्णपुष्टि, १६ असोज । दशैँ महोललाई तार्गेट गर्दै चुहाडेमा आदिम संगम सांस्कृतिक कार्यक्रम हुने भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा आदिम मिडिया ग्रुप तथा संगम समाज नेपालको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुको साथमा मंगलबार उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । चाँडबाँडलाई लक्षित गर्दै मनोरञ्जनको माहोल बढाउन कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा ख्यातिप्राप्त कलकारहरु एलिना चौहान र उमेश राई (फुलन्देको आमा) आउने भएको छ । साथै उदयपुरका गायक विनोद दनुवारको पनि प्रस्तुती रहेको आयोजक संस्थाले जनाए । कार्यक्रममा बिभिन्न खाले जातजातिका नाच गान तथा झाँकी प्रदर्शन हुने भएको छ । यसले कार्यक्रमलाई थप सफल र राम्रो बनाउने आयोजक संस्थाको विश्वास छ । असोज २२ गते कार्यक्रममा सहभागी हुन आयोजक पक्षले आह्वान समेत गरेको छ ।...
कोशी प्रदेशको ९ जिल्लामा बाढीको खतरा

कोशी प्रदेशको ९ जिल्लामा बाढीको खतरा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १६ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका ९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । आज बिहान जारी गरिएको सूचना अनुसार ताप्लेजुङ संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाका अनुसार ठूला नदीहरूमा बाढीको खतरा नभए पनि साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । कन्काई नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने भएकोले नदी किनार क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ । कोशी लगायत अन्य ठूला नदीहरूको जलसतह भने सामान्य घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । साथै भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर लगायतका जिल्लाका साना नदीहरूको बहाव बढ्न सक्ने भएकोले यी क्षेत्रमा पनि सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।...
मनसुन अझै दुई हप्ता लम्बिने, दशैंसम्म वर्षाको सम्भावना

मनसुन अझै दुई हप्ता लम्बिने, दशैंसम्म वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १६ । यस वर्षको मनसुन सरदर समयभन्दा लामो अवधि रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया अक्टुबर २ मा बाहिरिने मनसुन यस वर्ष अक्टुबरको दोस्रो हप्तासम्म रहने देखिएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका विभिन्न भागबाट क्रमशः मनसुन बाहिरिने क्रम सुरु हुनेछ । सुदूरपश्चिमका जिल्लाहरूबाट शनिबारदेखि नै मनसुन बाहिरिन थाल्ने अनुमान गरिएको छ । तर कोशी प्रदेशमा भने दशैंको टीका (अक्टुबर १२) सम्म मनसुनी प्रभाव कायमै रहने सम्भावना छ । मौसमका अध्येता डा. धर्मराज उप्रेतीले कोशी प्रदेशमा 'हिले दशैं' हुनसक्ने बताए । तर उनका अनुसार अघिल्ला दिनहरूको जस्तो भारी वर्षा भने नहुने अनुमान छ । नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालिएको सन् १९६८ यताकै रेकर्ड हेर्दा सबैभन्दा ढिलो मनसुन बाहिरिएको वर्ष २०१३ हो, जब अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो । यस वर्ष मनसुन जुन १० मा भ...
गाईघाटमा कडा बजार अनुगमन, ४ पसललाई ७२ हजार जरिवाना

गाईघाटमा कडा बजार अनुगमन, ४ पसललाई ७२ हजार जरिवाना

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video
पूर्णपुष्टि, १५ असोज । जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिव्र बनाएको छ । चाँडबाँड नजिकिए सँगै उपभोक्ताहरु ठगिने र कालावजारी मौलाउने भन्दै सचेत गराउने उदेश्य सहित बजार अनुगमन गरिएको हो । प्रशासन कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, करदाता सेवा कार्यालय, घरेलु, खाद्य प्रविधि, राष्ट्रिय अनुसन्धान, भेटनरी तथा पशु सेवा कार्यालय, त्रियुगा उद्योग बाणिज्य संघ लगायतका निकायहरुले मंगलबार बजार अनुगमन गरेका थिए । अनुगमनमा समय नाघेको सामान, ब्यवसाय संञ्चालनको आवश्यक कागजपत्र, मुल्य सुचि, नाप तौल, सरसफाई, कालाबजारी लगायतमा अनुगमन गरेका थिए । अनुगमनको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले गरेका थिए । अनुगमनको क्रममा मापदण्ड बिपरिद संञ्चालन गर्ने, ग्राहकहक ठग्ने, र सरसफाई नगर्ने व्यवसायीमाथी कार्वाही गरेको छ । गाईघाट बजारको मुख्य गोदाम क्ष...
आज कोशी सहित यी प्रदेशमा वर्षाको सम्भावना

आज कोशी सहित यी प्रदेशमा वर्षाको सम्भावना

Breaking News 3
पूर्णपुष्टि, असोज १५ ।  मनसुनी वायुको प्रभावले देशभर मौसम प्रणालीमा परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ । अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका एक-दुई स्थानमा भने वर्षाको सम्भावना रहेको छ ।...
बाढीले पुल बगाएपछि खोटाङवासी पुरानै कष्टकर जीवनमा

बाढीले पुल बगाएपछि खोटाङवासी पुरानै कष्टकर जीवनमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १५ ।  सुनकोसी नदीमा निर्माण गरिएको २२ करोड ६७ लाख लागतको फोक्सिङटार पुल बाढीले बगाएपछि खोटाङवासीको दैनिक जीवन कष्टकर बनेको छ । २०७८ कात्तिक ९ देखि सञ्चालनमा आएको १२० मिटर लामो उक्त पक्की पुलले खोटाङलाई उदयपुर, सुनसरी, मोरङ लगायत तराईका जिल्लासँग जोडेको थियो । पुल निर्माणअघि खोटाङवासीले दैनिक उपभोग्य वस्तुका लागि तीन दिनसम्म हिँडेर उदयपुरको गाईघाट र बेलटार बजार पुग्नुपर्थ्यो । सडक सञ्जालमा नजोडिएकाले जिल्ला पूर्वको 'कालिकोट'को रूपमा चिनिन्थ्यो । तर पुल बनेपछि धरान, विराटनगर, इटहरी, झापा र धनकुटासम्म सजिलै पुग्न सकिन्थ्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थ भट्टराईका अनुसार पुल निर्माणले स्वास्थ्य उपचार, उच्च शिक्षा र व्यापार-व्यवसायमा सहजता ल्याएको थियो । साथै पर्यटक आगमन र निजी लगानी पनि बढ्न थालेको थियो । तर तीन वर्ष नबित्दै पुल बगाएपछि जिल्लावासीको खुसी ...
कोशी प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनमा उदासीनता

कोशी प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनमा उदासीनता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १५ ।  कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंले घोषणा गरेका अधिकांश कार्यक्रमहरू कार्यान्वयन नै नभएको पाइएको छ । कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक समीक्षा तथा प्रगति विवरणले यस्तो देखाएको हो । प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय र मातहतका अन्य कार्यालयका लागि विनियोजन गरेको कुल ५८ करोड ४९ लाख ३५ हजार रुपैयाँमध्ये चालूतर्फ मात्र ३५.६७ प्रतिशत अर्थात् १८ करोड ७९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ अत्यन्त न्यून २ करोड २४ लाख ७४ हजार रुपैयाँ मात्र खर्च भएको छ । विकास र सुशासनसँग जोडिएका महत्त्वपूर्ण कार्यक्रमहरू कार्यान्वयन नभएको प्रतिवेदनले देखाएको छ । क्षमता विकास कार्यक्रम, कानुनी साक्षरता, सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रम, प्रदेश समन्वय परिषद्को बैठक र नवीनतम सोच खोजी कार्यक्रम जस्ता महत्त्वपूर्ण...
कोशी प्रदेशमा बुधबारदेखि दुई दिन लगातार वर्षाको सम्भावना

कोशी प्रदेशमा बुधबारदेखि दुई दिन लगातार वर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १५ ।  बुधबारदेखि कोशी प्रदेशमा दुई दिन लगातार वर्षा हुने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशमा पनि केही प्रभाव पर्ने देखिन्छ । हावापानी विज्ञ डा. धर्मराज उप्रेतीले काठमाडौं उपत्यकामा मंगलबार अपराह्नदेखि नै वर्षाको प्रभाव देखिन सक्ने बताए । उनका अनुसार अघिल्लो वर्षाले कमजोर बनाएको भूमिमा हल्का वर्षा हुँदा पनि पहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ । महाशाखाले यस वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्रमा प्रभाव प...