सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, असोज ३० । त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा गाईघाट युनाईटेड फुटबल क्लब पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लब नेपालटारलाई टाईब्रेकरमा १–३ गोलले हराउँदै गाईघाट युनाईटेड फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको खेलमा गाईघाट युनाईटेडले बाजी मारेको हो । दोस्रो हाफको ७ औँ मिनेटमा नेपालटारका लागी जर्सी नं. १९ का मनिश मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको १७ औँ मिनेटमा गाईघाटका लागी जर्सी नं. १४ का सनम राईले बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । यस खेलको म्यान अफ द म्याच गाईघाट युनाईटेडका गोल रक्षक अनिल मगर बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
नेपालटारला...
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २९ ।
त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा इलाभेन स्टार फुटबल क्लब बोक्से पुगेको छ ।
बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बगाहा युवा समूहलाई ०-४ गोलले हराउँदै इलाभेन स्टार फुटबल क्लब बोक्से फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ३ गोल थपेको हो ।
बोक्सेका लागि जर्सी नम्बर १२ का रितेश तामाङले पहिलो हाफको ८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको १२ औँ मिनेटमा जर्सी नम्बर ५ का योगेश बिष्टले गोल गर्दै बोक्सेको अग्रता दोब्बर बनाए भने थप गरिएको ६ मिनेटको अतिरिक्त समयको ५ औँ मिनेटमा जर्सी नम्बर १० का रविशंकर चौधरी र ६ औँ मिनेटमा जर्सी नम्बर ३५ का समिर राना मगरले गोल गरे ।
यस खेलको म्यान अफ द म्याच बो...
पूर्णपुष्टि, उदयपुर, असोज ३० गते ।
त्रियुगा नगरापलिका ३ सनुवामा ट्याक्टरको चक्काले किच्दा चालकक घाईते भएको छ । फत्तेपुर सडकखण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र२(०१(००१त०५८१ नंवरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक डा नंवर १ खैजनपुर बस्ने बर्ष अं १८ को अनिस कार्कीलाइ ट्याक्टरको बिचको दाईने पट्टिको पाङ्ग्राले किचिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे जानकारी पार्य अस्थाई प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हहल्दार निलकण्ठ श्रेष्ठको कमाण्डमा घाईतेलाई उद्दार गरी उपचारको लागि बिराटनगर पठाईएको छ । घाईतेको तिघ्राको भागमा पिल्सिएको र अन्य बाहिरि चोट भने नदेखिएको जनाईएको छ । घाईते चालकको अबस्था गम्भीर रहेको जनाईएको छ । ट्याक्टर धनी चालककै ठुलोबुवा नाता पर्ने केशव कुमार कार्की रहेको बुझिएको छ ।
...
पूर्णपुष्टि, उदयपुर, असोज २९ गते ।
जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक गाईघाटको कोहवरमा सम्पन्न भएको छ । समितिका सदस्य सचिव समेत रहेको जिल्ला समन्वय समितिको आयोजनामा आईतबार दोस्रो बैठक सम्पन्न भएको हो । समितिका अध्यक्ष समेत रहेका त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत सहित समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई र चौदण्डीगढीकी मनिकादेवी दुलाल, जिल्ला प्रहरी प्रमुख राजन चापागाई सहित महत्वपूर्ण ब्यक्तिहरु र अन्य पालिका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकले बिभिन्न महत्वपूर्ण ६ ओटा बुदामा निर्णय गरेको छ । बैठकको पहिलो नंम्वरमा पहिलो बैठकको समिक्षा रहेको थियो । जसमा पहिलो बैठकको निर्णयहरु कार्यन्वयन भए नभए...
पूर्णपुष्टि, असोज २८ । उदयपुरका एक युवालाई धरानमा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ का १९ बर्षीय दिपक मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साझँ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाचँको क्रममा प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार मगरले बोकेको झोलाबाट लागू–औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट बरामद गरेको हो । मगरको साथबाट लागुऔषध बरामद भएसँगै अटो चालक त्रियुगा–१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
पूर्णपुष्टि, उदयपुर असोज २९ ।
त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता मावि दमौटीको प्रअ राजन राउतलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारीबाट हटाएको छ । कक्षा १० मा अध्यानरत छात्रा समिक्षा राईलाई झापड हानेको भन्दै अभिभावक तथा स्थानीयहरुले विरोध गरेपछि आईतबार तत्काल बैठक बसी राउतलाई प्रअको जिम्मेवारीबाट हटाईएको हो ।
विद्यार्थीलाई अन्य हिसावले पनि सम्झाउन सकिने र कार्वाही गर्न सकिने ठाउँ रहँदा रहँदै पनि झापड हानेर आँखा र गाला सुन्नीएको अभिभावकहरुको आरोप छ । राउत भर्खरै मात्र प्रअ बनेका थिए । कक्षामा एसईई सेन्टरको बारेमा कुरा गर्दा गर्दै शिक्षक र विद्यार्थी बीच सेन्टर काहा हुने भन्ने विषयमा कुरा हुँदै थियो । यतिकैमा शिक्षक राउतले यो पटक फरक ठाउँमा पनि सेन्टर हुने त्यस मध्ये मोतिगडामा पनि पर्न सक्ने बताएका थिए ।
सोही अवस्थामा समिक्षाले इस सर मोतिगडामा त हुदैन होला भनेका थिए । सोही अवस्...
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २८ ।
त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको चौथो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब विजयी भएको छ ।मङ्गलबार बगाहाको खेलमा भएको खेलमा अजम्बरी फुटबल क्लब बेलकालाई ०-१ गोलले हराउँदै गाईघाट युनाइटेड फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
गाईघाटका लागि जर्सी नम्बर ९ का प्रवन राईले दोस्रो हाफको ४ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच गाईघाटका लागि गोल गर्ने प्रविन राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे ।
भोलिदेखि सेमिफाइनल खेल सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल स्टार इलाभेन क्लब बोक्से र आयोजक बगा युवा समूह बीच हुनेछ भने दोस्रो खेल आदर्श युवा क्लब नेपाल र गाईघाट युनाइटेड बीच हुनेछ ।...
पूर्णपुष्टि, उदयपुर, असोज २८ गते ।
आजबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डाको सहमति हुन सकेको छैन् । जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेसले महत्वपूर्ण निर्णय र एजेन्डामा छलफल गर्नु पर्ने अवस्था छ । तर यता बैठकमा पेस गर्ने एजेन्डामा सहमति जुट्न नसक्दा जसका लागि कार्यसम्पादन समितिको बैठक बस्नेछ।
महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने वा नसक्ने धारणाका कारण नेताहरूबीच कुरा मिल्न सकेको छैन।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।
बैठकमा पेस गर्ने एजेन्डामा थप छलफल गर्न आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइत...