Friday, July 24News That Matters

Author: पूर्णपुष्टि

आज केही स्थानमा आंशिक बदलीको संभावना

आज केही स्थानमा आंशिक बदलीको संभावना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदपुर असोज २८ गते । कोशी प्रदेश सहित देशको केहि स्थानमा आज आंशिक रुपमा वदली रहने मौसम बिभागले जनाएको छ । हाल देशभर भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति देशभर मौसम मुख्यतया सफा रहने छ।...
तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : जोगिदहमाथी बगाहा विजयी 

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : जोगिदहमाथी बगाहा विजयी 

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २७ ।  त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक बगाहा युवा समूह विजयी भएको छ । सोमबार बगाहाको खेलमैदानमा भएको खेलमा स्टार युवा क्लब जोगिदहलाई ०-१ गोलले हराउँदै बगाहाले जित हासिल गरेको हो । बगाहाका लागि जर्सी नम्बर १३ का प्रवेश लिम्बुले दोस्रो हाफको ८ सेकेन्डमै गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच बगाहाका प्रवेश लिम्बु बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोलिको खेल गाईघाट युनाइटेड र अजम्बरी फुटबल क्लब बेलका बीच हुनेछ ।      ...
उदयपुरमा गुडिरहेको कार जलेर ध्वस्त

उदयपुरमा गुडिरहेको कार जलेर ध्वस्त

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा सोमबार बिहान गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका बिहान ९ बजेर ५० मिनेटको समयमा इलामबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ९ च ८६६८ नं. को गुडिरहेको कारमा अचानक आगलागी भएको हो । कारमा चार जनाको परिवार सवार रहेका थिए । इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय कार चालक प्रेम कुमार सेन्चुरी, उनकी २७ वर्षीया श्रीमती अनिता सेनचुरी र १४ वर्षीय छोरा आयुष सेनचुरी सकुशल रहेको प्रहरीले जनाएको छ । तर सात वर्षीय कान्छो छोरा आरोन सेनचुरी सामान्य घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट सगमचोकबाट प्रहरी टोली खटिएर आगलागीको कारणबारे थप अन...
उदयपुरमा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथिहाईमा ट्रयाक्टरको ठक्करबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७९ बर्षीया तेत्रि देवी चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय उदयपुरका अनुसार आज बिहान ८ बजेर २० मिनेटको समयमा मोथिहाई स्थित कच्ची भित्रि सड्क खण्डमा म.प्र. ०१–००१ त २५६४ नं. को ट्याक्टरले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिन साथ चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएकोमा चिकित्सकले ८ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्करदिने ट्रयाक्टर चालक सोही स्थान बस्ने २४ बर्षीय धर्मेन्द्र राजधामी हाल फरार रहेकोले खोजतलास भईरहेको र ट्याक्टर साहु ४० बर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
विपिन जोशी जीवित छैनन्: इजरायली सेना

विपिन जोशी जीवित छैनन्: इजरायली सेना

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ । इजरायली सेना आईडीएफका एक अधिकारीले स्थानीय समयअनुसार आज बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत यो दुःखद समाचार दिएका हुन् । भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारी सहभागी थिए । राजदूत पण्डितले आईडीएफका अधिकारीले स्पष्ट रूपमा विपिन जीवित नरहेको बताएका छन् । कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा उनी बन्धक बनाइएका थिए । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजाको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसपछ...
हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक, नेपालका विपिन जोशीको नाम छैन

हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक, नेपालका विपिन जोशीको नाम छैन

समाचार
पूर्णपुष्टि, असोज २७ । प्यालेस्टिनी लडाकू समूह हमासले आज रिहा गर्ने भनिएका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर सार्वजनिक सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन । प्यालेस्टिनी समाचार संस्था शेहाबले जारी गरेको सूचीमा बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ चाइम ओहाना, सेगेव काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ डलाल, रोम ब्रास्लाब्स्की र एरिएल कोनियो रहेका छन् । बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको नेतृत्वमा इजरायली सेनालाई हस्तान्तरण गरिने बताइएको छ । बन्धक रिहाइको तयारीका लागि अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरू गाजा स्ट्रिपमा पुगिसकेका छन् ।...
तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : दमौटीमाथि नेपालटार विजयी

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : दमौटीमाथि नेपालटार विजयी

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २६ । त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको दोस्रो खेलमा आदर्श युवा क्लब नेपालटार विजयी भएको छ । आइतबार बगाहाको खेलमैदानमा भएको खेलमा दमौटी फुटबल क्लबलाई ०-१ गोलले हराउँदै आदर्श युवा क्लब नेपालटारले जित हासिल गरेको हो । आदर्श फुटबल क्लब नेपालटारका लागि आशिष राईले दोस्रो हाफको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच आदर्श युवा क्लबका आशिष राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोलि हुने तेस्रो खेल आयोजक बगाहा युवा समूह र स्टार फुटबल समूह जोगीदह बीच हुनेछ । बगाहा युवा समूहद्वारा आयोजित यस फुटबल प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्...
लागुऔषध कारोबारीको अड्डामा छापा : हतियार लुट्ने र हिरासतबाट भागेकासहित ८ जना पक्राउ

लागुऔषध कारोबारीको अड्डामा छापा : हतियार लुट्ने र हिरासतबाट भागेकासहित ८ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २६ । झापामा प्रहरीले जेनजी आन्दोलनका बेला हतियार लुट्ने र हिरासतबाट फरार व्यक्तिसहित ८ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । शनिबार साँझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा प्रहरीले छापा मार्दा खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा छापा मारेको प्रहरीले ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले पक्राउ गरेकामध्ये घरधनी दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा, इलाम चुलाचुली–३ का दिपेश तामाङ र सनम राई, दमक–३ क...
विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा

विपिन जोशीको नाम जीवित बन्धकको सूचीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २६ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ जसमा नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले टाइम्स अफ इजरायल, एपीसहित प्रमुख सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका छन् । शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ । यस सम्झौताअन्तर्गत इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ । जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ । विपिन जोशी इजरायलमा कृषिशास्त्र अध्ययनका लागि गएका थिए ...
तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता सुरु, सिराहाको पोस्टमा बोक्सेको ९ गोल

तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता सुरु, सिराहाको पोस्टमा बोक्सेको ९ गोल

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई/गाईघाट, पूर्णपुष्टि, असोज २५ । त्रियुगा नगरपालिका-४ बगाहामा तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । शनिबार बगाहा खेल मैदानमा भएको उद्घाटन खेलमा (आरवाइसि) सिराहालाई ० गोलको विरुद्ध ९ गोल गर्दै इलाभेन स्टार फुटबल क्लब बोक्सेले उत्कृष्ट विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ८ गोल थपेको हो । बोक्सेका लागि जर्सी नम्बर १२ का शिशिर लेखीले ह्याट्रिक गरे । उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै बोक्सेलाई अग्रता दिलाएका थिए भने ५५औ र ६२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै बोक्सेका लागि जर्सी नम्बर ७ का विशाल चौधरीले २ गोल गरे भने, जर्सी नम्बर ५ का योगेश बिष्ट, जर्सी नम्बर ४ का आशिष भुजेल, जर्सी नम्बर ३० का सोईसन राई र विवेक चौधरीले १-१ गोल गरे । यस खेलको म्यान अफ दि म्याच बोक्सेका जर्सी न...