नेपाल बाल संगठनमा गैरदलिय साझा नेतृत्वको माग
पूर्णपुष्टि, उदयपुर, ७ असोज ।
नेपाल बाल संगठन उदयपुरको बर्तमान कार्यसमिति खारेज गरी साझा बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा विद्यार्थी युवाहरुले ज्ञापन पत्र बुझाएका छन् । हालको कार्यसमिति एमालेमुखी रहेको भन्दै साझा संस्थालाई दलियकरण गर्न नहुने उनिहरुको माग छ । मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा नेकपा माओवादी निकट विद्यार्थी युवा तथा कांग्रेस निकट विद्यार्थी युवाहरुले ज्ञापन पत्र बुझाउँदै विद्यान अनुरुप कार्यसमिति चयन गर्न र संस्थालाई गैरदलिय बनाउँदै साझा नेतृत्व चयन गर्न माग राखेका हुन् । २७ जना भन्दा बढी युवा विद्यार्थीहरुको उपस्थितिमा नेपाल सरकार माताहतका संस्थालाई कुनै पनि दलहरुले हस्तक्षेप गर्न नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । माओवादी, कांग्रेस एमाले कुनै पनि दलका व्यक्तिहरुले साझा संस्थालाई हस्तक्षेप नगर्न र त्यस बाहेकका बालवालिकाकै क्षेत्रमा काम गरिरहेका बिज...









