Saturday, August 15News That Matters

खेलकुद

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जित्यो

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जित्यो

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । फिफा यु–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा भएको प्रतियोगिताको फाईनल खेलमा सोमबार बिहान इटलीलाई ०–१ गोलले हराउँदै उरुग्वेले पहिलो पटक उपाधि चुमेको हो । उरुग्वेलाई जित दिलाउन खेलको ८६ औं मिनेटमा लुसियानो रोड्रिगेजले गरेको गोल नै निर्णयक गोल बनेको थियो । उरुग्वेलाई जित दिलाउन खेलको ८६ औं मिनेटमा लुसियानो रोड्रिगेजले गोल गरे । रोड्रिगेजले गरेको गोल नै उरुग्वेको जितको लागी निर्णयक गोल बन्यो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपाधि नजिक पुगेर पनि उपाधि जित्न सफल भएको थिएन् भने तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । यू–२० विश्वकप सार्वाधिक जित्ने राष्ट्रमा अर्जेन्टिना पहिलो छ भने दोस्रोमा ब्राजिल रहेको छ । अर्जेन्टिनाले ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ ।...
नेपाली टोली विश्वकप छनोट खेलका लागी जिम्बावेतर्फ

नेपाली टोली विश्वकप छनोट खेलका लागी जिम्बावेतर्फ

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २८ । आईसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बावे तर्फ गएको छ । प्रतियोगिताको तयारीको लागी दक्षिण अफ्रिका गएको टोली उतैबाट जिम्वाबे गएको हो । दक्षिण अफ्रिकमा दश दिनको बसाईमा नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपाल दुबै अभ्यास खेलमा पराजित भएको थियो । अब नेपालले जिम्बावेमा प्रतियोगिताअघि ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ। यस छनोट प्रतियोगितामा नेपाल सहित १० देशले प्रतिष्पर्धा गर्नेछ । दश टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल सहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेको छ भने समुह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि दुवै समुहका शिर्ष तिन–तिन टिम सुपर सिक्समा छनोट ...
युरोपियन च्याम्पियन लिगको उपाधि सिटीलाई

युरोपियन च्याम्पियन लिगको उपाधि सिटीलाई

Breaking News 3, खेलकुद, समाचार
पुर्णपुष्टि, जेष्ठ २८ ।इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन लिगको उपाधि जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा सिटीले इटली क्लब इन्टर मिलानलाई १–० ले हराउँदै पहिलोपल्ट युरोपको सबैभन्दा ठुलो प्रतियोगिताको उपाधि चुमेको हो । सिटीलाई जित दिलाउन रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । सिटी युरोपियन च्यम्पियन लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ भने यस जितसँगै सिटीले (तीन मुख्य प्रतियोगिता) ट्रेबल उपाधि जितेको हो । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटी ट्रेबल उपाधि जित्ने दोस्रो इंग्लिस क्लब बनेको हो । यस अघि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले सन् १९९९ मा ट्रेबल उपाधि जितेको थियो । सन् २०१६ मा सिटी आएयता प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन लिगको उपाधिको लागी ८ वर्ष कुर्नुपर्‍यो । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्...
नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप खेल्ने

नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप खेल्ने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले नेपाली राष्ट्रिय पुरुष टोलीले माल्दिभ्समा हुने च्याम्पियनसिपमा भाग लिने बताएका हुन् । यस प्रतियोगितामा नेपाल सहित ५ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार यस च्याम्पियनसिपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपको लागि नेपालको टोलीसमेत घोषणा गरिएको छ । नेपाली टोलीमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् । प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपालले मुख्य प्रशिक्षक दिनेश नकर्...
वेस्टह्यामले ४३ वर्षदेखिको उपाधि खडेरी तोड्दै जित्यो युरोपा कन्फेरेन्स लिग

वेस्टह्यामले ४३ वर्षदेखिको उपाधि खडेरी तोड्दै जित्यो युरोपा कन्फेरेन्स लिग

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २५ । इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले ४३ बर्षको उपाधि खडेरी तोड्दै युरोपा कन्फेरेन्स लिग जितेको छ । बुधबार राति भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्टह्यामले उपाधि चुमेको हो । वेष्टह्यामले पछिल्लो पटक १९८० मा एफए कप जितेको थियो । वेस्टहमले युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता जितेसँगै अर्को सिजन दोस्रो श्रेणीको युरोपा लिगमा स्थान पक्का गरेको हो । फाईनल खेलको ६२ औं मिनेटमा पेनाल्टीमार्फत वेस्टहमले आग्रता लिएको थियो भने खेलको ६७ औं मिनेटमा फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले गोल गर्दै खेल १–१ को बराबरी बनाए । त्यसपछि खेलको अन्तिम ९०औं मिनेटमा बोवेनले गोल गरेपछि वेस्टह्रामले उपाधि जितेको हो ।...
मेसी अमेरिकन क्लवमा जाने पक्क

मेसी अमेरिकन क्लवमा जाने पक्क

खेलकुद
पूर्णपुष्टि,जेष्ठ २५ । अर्जेन्टिनी लेजेन्ड लियोनल मेसी अमेरिकन क्लब इन्टर मायामी जाने बिबीसीले जनाएको छ। फ्रेन्च च्याम्पियन पिएसजी छोडेसँगै मेसीको अबको यात्रा अमेरिकन क्लब हुने जनाइएको छ। बार्सिलोनाका पूर्व स्टार मेसीले साउदी क्लब अल– हिलालको कीर्तिमानी रकम अस्विकार गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन्। मायामीसँगको सम्झौताका दौरान उनले एडिडास र एप्पलसँग समेत सहकार्य गर्ने छन्। ३५ वर्षीय मेसीले गत वर्ष विश्वकपको उपाधि जितेका थिए। ७ पटक बालोन डिओर मेसीले युरोपबाहिर पहिलो पटक खेल्न लागेका हुन्। उनी कम्तीमा एक सिजन अब युरोपबाहिर रहनेछन्। कतिपयले उनको युरोप बाहिरको यो यात्रालाई रणनीतिक मानेका छन्। धेरैले उनी साउदी जाने अनुमान गरेपनि मियामी यात्रालाई अप्रत्यासित मानेका छन्। उनले २०२१ मा बार्सिलोना छाडेपछि पिएसजीमा अनुबन्धन भएका थिए। मेसी बार्सिलोनामा सर्वाधिक ६७२ गोल गरेका छन्। साथै ...
बेन्जामा तीन वर्षको करारमा अल–इतिहादमा अनुबन्ध

बेन्जामा तीन वर्षको करारमा अल–इतिहादमा अनुबन्ध

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । फ्रेन्च फरवार्ड करिम बेन्जामाले साउदी क्लब अल इतिहादमा तीन वर्षको करार सम्झौता गरेका छन् । स्पेनीस क्लब रियल मड्रिडले एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय गरेपछि बेन्जेमा फ्रि– ट्रान्सफरमा रहेका थिए । फ्री ट्रान्सफरमा रहेको बेन्जेमाले अल इतिहादसँगको करार सम्झौतालाई अन्तिम रूप दिएको एएफपीले जनाएको छ । ३ बर्षको करार सम्झौता गरेका बेन्जामा २०२६ सम्म सो क्लबमा रहने एएफपीको रिर्पोर्टमा उल्लेख छ । सन् २००९ मा अनुबन्ध भएका बेन्जामाले रियलका लागी १४ बर्ष खेले । रियलमा उनले २५ वटा उपाधि जितेका छन् । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् । २०२२ मा बालोन डिओर जितेको उनले ४३८ खेलमा ४५० गोल गरेका छन् भने रियलका लागी सार्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उता अल ह...
इब्राहिमोभिचले क्लब फुटबलबाट लिए सन्यास

इब्राहिमोभिचले क्लब फुटबलबाट लिए सन्यास

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २२। एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले क्लब फुटबलबाट सन्यास लिएका छन् । सिरी ए को अन्तिम खेलपछि ४१ बर्षीय स्विडिस खेलाडी इब्राहिमोभिचले सन्यासको घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका छन् । अन्तिम खेलपछि उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । ‘मेरो लागि अहिले धेरै भावनाहरू छन् । फोर्जा मिलान र गुडबाइ,’ इब्राहिमोभिचले भावुक हुँदै भने, ‘पहिलो पल्ट म यहाँ आउँदा तपाईंहरुले मलाई खुशी दिनुभयो, दोस्रो पटक माया । तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’ ‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन, ‘उनले भन’े ‘जब पत्रकारले मेरो भविष्यको बारेमा सोध्थे म डराउँने गर्थे । तर अहिले म अहिले स्वीकार्न सक्छु, म तयार छु । पेरिस सेन्ट ज...
रोमालाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

रोमालाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

Breaking News Video, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ । स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनल खेलमा पेनाल्टीसुट आउटमा रोमामाथि ४–१ को जित निकाल्दै सेभियाले उपाधि चुमेको हो । सेभियाले युरोपा लिगको सातौं उपाधि जितेको हो । पेनाल्टी सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । अर्जेन्टाईन खेलाडी मोन्टिएलले २०२२ को विश्वकपको फाईनलमा फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा अन्तिम गोल गरेका थिए । रोमाका लागि ब्राएन क्रिस्टान्टेले गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन् । खेलको ३५ औं मिनेटमा पाउलो डिबलाको गोलबाट रोमाले पहिले आग्रता लिएको थियो । तर खेलको ५५ औं मिनेटमा रोमाका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा...
आईपिएलको उपाधि चेन्नाई सुपर किङ्ग्सलाई

आईपिएलको उपाधि चेन्नाई सुपर किङ्ग्सलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १६ । इन्डियन पिमियर लिग आईपिएल २०२३ को उपाधि चेन्नाई सुपर किङ्ग्सले जितेको छ । सोमबार राति नरेन्द मोदि स्टेडियममा भएको फाईनल खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाईटंसलाई ५ विकेटले हराउँदै चेन्नाईले उपाधि चुमेको हो । टस जितेर फिल्डिङ रोजेको चेन्नाईलाई गुजरातले २१५ रनको विशाल लक्ष्य दिएको थियो । २१५ रनको लक्ष्य पछयाएको चेन्नाईले तिन बलमा ४ रन बनाउँदा बर्षाका कारण खेल केहीबेर रोकिएको थियो । पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । चेन्नाईको लागी ओपनर रितुराज गायकवाडले १६ बलमा २६ रन बनाए भने देवोन कोन्वेले पच्चिस बलमा ४७ रन बनाए । अम्बाती रायुडुले ८ बलमा १९ रन बनाए । जितका लागी चेन्नाईलाई अन्तिम दुई बलमा १० रन आवश्यक थियो । अन्तिम दुई बलमा रवीन्द जहेजाले छक्का र चौका प्रहार गरेपछि चेन्नाईले उपाधि हात पारेको हो । जहेजाले ६ बलमा १५ रन बनाएका थिए । चेन्नाईले आ...