Saturday, August 15News That Matters

खेलकुद

पहिलो टि–२० मा मलेसियाको नेपालमाथि ५ विकेटको जित

पहिलो टि–२० मा मलेसियाको नेपालमाथि ५ विकेटको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ । पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृखंला अन्तर्गतको पहिलो खेलमा मलेसियाले नेपालमाथि ५ विकेटको जित निकालेको छ । मलेसियाको बांगाईस्थित युकेएम–युएसडी मैदानमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागी रुविना क्षेत्री सीता राना मगरले समान २–२ विकेट लिइन् । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन जोडेको थियो । यसै खेलबाट नेपालका लागी सम्झना खड्का र कृतिका मरासिनीले सिनियर टोलीमा डेब्यु गरेका छन् । डेब्यु खेलमै खड्काले नेपालका लागी सर्वाधिक १३ जोडिन भने ज्योती पाण्डेले ११ रन बनाइन् । त्यस्तै कृतिका शुन्यमा अविजित रहिन् । नेपालविरुद्ध मलेसियाले उत्कृष्ट बलिङ गरेको थियो । मलेसियाका लागी निक नुर अतिएलाले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै अइन्ना हामिज हासि...
काभा वुमेन्स भलिबल च्यालेन्जको उपाधि भारतले जित्यो

काभा वुमेन्स भलिबल च्यालेन्जको उपाधि भारतले जित्यो

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १४ । काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपधि भारतले जितेको छ । काठमाण्डौँमा सात राष्ट्र सम्मिलित प्रतियोगितामा भारतले फाईनलमा काजाकस्तानलाई हराउँदै उपाधि जितेको हो । आईतबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको फाईनल खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारतले उपाधि हात पारेको हो । यस अघिका दुई संकरण नखेलेका दुवै टिम डेब्यु खेलमा नै फाईनलमा पुगेको हो भने भारतले उपाधि जित्न सफल भयो । प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको छ ।...
अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ १४ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो । हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाँै, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो । खेलमा पहिलो सेट उज्वेकिस्तानले २५९२० ले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५९१६ ले जितेर खेलमा फर्कियो । यसैगरी खेलको तेस्रो सेट २५९१५ र चौथो सेट २५९१३ ले जित्यो । प्रतियोगिताको उपाधिका लागि आज भारत ...
आइसिसी क्रिकेट विश्वकप छनोट खेल प्रतियोगिताको तालिका सार्वजनिक, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज रहेको समुहमा नेपाल

आइसिसी क्रिकेट विश्वकप छनोट खेल प्रतियोगिताको तालिका सार्वजनिक, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज रहेको समुहमा नेपाल

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ९ । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आगामी महिनामा जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा १० टिमको सहभागी रहनेछ । दुई समुहमा विभाजन गरेको छनोट प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ । नेपाल रहेको समुह ‘ए’ मा दूई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्डस् र अमेरिका रहेको छ भने समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। नेपालको पहिलो खेल आयोजक जिम्बावेसँग १८ जुन (असार ३) मा हुनेछ भने २० जुन (असार ५) मा अमेरिकासगँ खेल्नेछ । त्यस्तै २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार ९) मा नेदरल्यान्डससँग खेल्ने खेल तालिका छ । पाँच–पाँच टोली रहेको समूहको लिग खेलबाट दुवै समुहका शिर्ष तिन–तिन टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि सुपर सिक्सका ६ टोलीबिच प्रतिष्पर्धा हुनेछ । प्रतिष्...
प्रिमियर लिग : तिन खेल अघि नै च्याम्यिन बन्यो सिटी

प्रिमियर लिग : तिन खेल अघि नै च्याम्यिन बन्यो सिटी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ७ । लिग तालिकाको शिर्ष स्थानमा रहेको इग्लिस क्लब म्यान्चेष्टर सिटीले तिन खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको आर्सनललाई नटिङहम फरेस्टले शनिबार रातिको खेलमा हराएपछि सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा भएको खेलमा नटिङहमले आर्सनलाई १–० गोलले पराजित गरेको हो । खेलको १९ औं मिनेटमा ताइवो अवोनियीले गरेको गोल नै नटिङहमको लागी निर्णयक गोल बनेको थियो । यस हारसँगै आर्सनलमाथि सिटीले चार अंकको आग्रता लिएको छ । आर्सनलको ३७ खेलबाट ८१ अंक छ भने शिर्ष स्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ । आर्सनलले अब एक खेल मात्र खेल्न बाकीँ छ भने सिटीले बाकीँको चारै खेल हार्दा समेत आर्सनलले भेट्याउँने छैन् । सिटीले आइतबार घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ । यस सिजन आर्सनलले सानदार सुरुवात गर्दै लामो समयसम्म शिर्ष स्थानमा रहेको थियो । २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य ब...
कोलकातालाई १ रनले हराउँदै लखनउ प्लेअफमा

कोलकातालाई १ रनले हराउँदै लखनउ प्लेअफमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ७ । इन्डियन प्रिमियल लिग (आईपिएल) मा कोलकाता नाईट राईडर्सलाई हराउँदै लखनउ सुपर जाईन्ट प्लेअफमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा कोलकातामाथि १ रनको सानदार जित निकाल्दै लखनउले प्लेअफमा स्थान बनाएको हो । १७७ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेतको क्षतिमा १७५ रन जोडेको थियो । कोलकाताको लागी रिंकु शिंहले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ३३ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै सार्वाधिक ६७ रन बनाए । ओपनर वेनकाटेश अयेर र जेसन रोयले ६९ रनको साझेदारी गरेका थिए । वेनकाटेशले १५ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै २४ रन बनाएर आउट भए भने रोयले २८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर आउट भए । त्यस्तै नितेश रानाले ८ रन बनाए भने रहमुल्लाह गुरवाज १० रन बनाउँदै आउट भए । अन्द्र रसलले ७ रन बनाए भने सुनिल नारायणले १ रन बनाए । लखनोउको लागी रवि बिश्नोइ र ...
३०औ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जलजलेलाई

३०औ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जलजलेलाई

Breaking News 1, खेलकुद, समाचार
बिजय राई पूर्णपुष्टि,जेष्ठ ६ । राष्ट्रिय युवा संघ वडा कमिटि त्रियुगा नगरपालिका वडा नं.१४ साउँनेको आयोजनामा सञ्चालित ३०औँ मदनभण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको उपाधी जाग्रिति युथ क्लव जललेले हात पारेको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुलनाराका साथ शुक्रवार भएको फाईनल खेलमा ११ स्टारलाई ० को विरुद्ध २ गोल गर्दै जलजलेले सहजै उपाधी हात पारेको हो । प्रतियोगिताको अन्तिम फाईनल खेलमा जलजलेको तर्फबाट पहिलो हाफको १०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै जर्सि नम्बर ७ का खेलाडि विशाल चौधरीले टिमका लागि अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लगातार जलजलेकोलागी विशालले थप एक गोल गर्दै उपाधी पक्का गरेको थियो ।प्रतियोगिता भरी ११ स्टारले भने कुनै जवाफि गोल फर्काउँन नसक्दा प्रतियोगिताको उपविजेतामै चित्त बुझाएको छ । फाईनल खेलको उत्कृष्ट गोलरक्षक जल्जलेका तर्फबाट अनिल मगर, ...
युरोपा उपाधिको लागी सोभिल र रोमा भिड्ने

युरोपा उपाधिको लागी सोभिल र रोमा भिड्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ५ । युईएफए युरोपा लिग उपाधिको लागी स्पानिस क्लब सेभिल र इटालियन क्लब रोमाबिच भिडन्त हुने भएको छ । सेमिफाईनलमा सेभिलले इटालियन क्लब युभेन्ट्समाथि जित निकाल्दै फाईनल प्रवेश गरेको हो भने रोमाले जर्मन क्लब बायर लेभरकुजनमाथि जित निकाल्दै फाईनल प्रवेश गरेको हो । बिहिबार राति भएको दोस्रो लेगमा सेभिलले युभेन्टसमाथि २–१ गोलको जित सहित समग्रमा ३–२ गोलले हराउँदै फाईनलमा स्थान बनाएको हो । पहिलो लेगमा यी दुई टोलीले १–१ को बाराबरी खेलेको थियो । सेभिलको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा युभेन्टसले पहिलो आग्रता लिएको थियो । ६५ औं मिनेटमा युभेन्टसका दुसान भाल्होभिचले गोल गरे भने खेलको ७१ औं मिनेटमा सेभिलका सुसोले खेललाई बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समय गएको खेलको ९५ औं मिनेटमा एरिक लामेलाको निर्णयक गोलमा सेभिलले युभेन्टसमाथि जित हात पारेको हो । हालसम्म सेभिलले ६ पटक युरोपा ल...
रियललाई हराउँदै सिटी च्याम्पियन लिगको फाईनलमा

रियललाई हराउँदै सिटी च्याम्पियन लिगको फाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ४ । युरोपियन च्याम्पियन लिगको सेमिफाईनल खेलमा स्पानिस क्लब रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यान्चेष्टर सिटी फाईनलमा प्रवेश गरेको छ । रियल र सिटि बिचको पहिलो सेमिफाईनल खेल १–१ को बराबरीमा सकिएको थियो भने बुधबार राती भएको दोस्रो लेगमा सिटीले ४–० गोल अन्तरले रियललाई हराउँदै समग्रमा ५–१ को जित सहित फाईनलमा प्रवेश गरेको हो । घरेलु मैदान एतिहाड स्टेडियममा भएकोे खेलको २३ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने खेलको ३७ औं मिनेटमा दोस्रो गोल गर्दै आग्रता दोब्बर बनाए । त्यसपछि ७६ मिनेटमा रियलका मिलिटाओ अकान्जीले आत्मघाती गोल गरे भने खेलको इन्जुरी टाईममा जुलियन अल्भारेजले गोल गर्दै सिटीले रियलमाथि सानदार जित निकालेको हो । सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। २०२१...
रियल मड्रिड विरुद्ध ४ गोल गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड विरुद्ध ४ गोल गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

खेलकुद
पूर्णपुष्टि,जेष्ठ ४ । म्यानचेस्टर सिटीले साविक विजेता रियल मड्रिडलाई हराउँदै यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश पाएको छ । गएराति इत्तिहाद स्टेडियम म्यानचेस्टरमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जितसहित सिटी फाइनलमा पुगेको हो । सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एकरएक गोल गरे । सिटी सन् २०२०र२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो । रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग जुन १० तारिखमा फाइनले खेल खेल्ने छ ।...