Monday, September 7News That Matters

राजनीति

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट अलग हुने

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट अलग हुने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १७ गते । गृह मन्त्रालय नपाए सरकारबाट अलग हुने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएको छ । सरकार निर्माण गर्दा गठबन्धनमा भएको सहमतिले गृह रास्वपाले पाएको थियो । सर्वोच्चले पुरानो नागरिकता अमान्य रहेको फैसला दिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको सबै पद गुमेको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले आईतबार सबै प्रक्रिया पुरा गरेर नेपाली नागरिकताको प्रमाण पत्र लिईसकेका छन् । नागरिकता लिएको केहि घण्टा पछि पुन लामिछाने रास्वपाका सभापति भएका थिए । लामिछाने उपनिर्वाचनमा पुन निर्वाचित हुने सम्भावना पनि रहेको छ । रास्वपाका सभापति लामिछानेनिकट केन्द्रीय सदस्य दीपक बोहराले भने पुस ११ कै सहमतिअनुसार उपप्रधानसहित गृह मन्त्रालय रास्वपाले पाएको बिषयमा दायाँ–बायाँ गर्नु हुँदैन । गृह नपाए रास्वपा सरकारबाट अलग हुने बताए । उनले भने यस बिषयमा प्रधानमन्त्रीज्यूसँग सभापति लामिछानेले क...
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १६ गते । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । उहाँका अनुसार राष्ट्रपतिको निर्वाचन मितिमा निर्वाचन तालिका पनि सार्वजनिक गर्न राजनीतिक दलहरुको माग रहेको बताए । केहि समयमा निर्वाचन तालिका समेत सार्वजनिक गर्ने छौँ । राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।...
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १६ गते । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने तयारी गरिरहेको छ । आज निर्वाचनको घोषण गर्न १२ निर्वाचन आयुक्तहरुले बैठक बस्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उहाँका अनुसार आजको बैठकले निर्वाचनको मिति तय गर्नुका साथै चुनावी कार्यतालिका पनि सार्वजनिक गरिने तयारी रहेको छ । निर्वाचनको मिति फागुन २५ वा २६ गतेलाई तोकिने छ । फागुन २५ देखी चैत १० गते भित्र राष्ट्रपति सहित उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने थपलियाले बताए । फागुन २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल समाप्त हुने छ ।...
रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालत परिसरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ७ जना समर्थकलाई पक्राउ गरेको छ । सभापति लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् । सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।...
रवि लामिछानेको सांसद पद खारेज

रवि लामिछानेको सांसद पद खारेज

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो। संवैधानिक इजलाजले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ । अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।...
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ १३ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु गरेको छ । यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरिएको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अ...

शुक्रवार मात्र हुने भयो गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ

राजनीति, समाचार
पूर्णपुष्टि,माघ ११ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादबारे सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् । रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन् । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन् । लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्रातिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ ।...

गृहमन्त्री लामिछानेको नागरिकता विवादको आज अन्तिम सुनवाई

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,माघ ११ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतमा आज(बुधबार)अन्तिम सुनुवाइ गर्ने भएको छ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको भन्ने बारेको विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि सर्वोच्चले अन्तरिम आदेश नदिँदा उनले शपथ लिने बाटो खुलेको थियो । पुस ६ मा बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो । लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा एकवर्ष...
कुन जहाज, कति बजे, कहाँ ‘डिले’ भयो रिपोर्ट चाहियो : पर्यटनमन्त्री सुदन किराँती

कुन जहाज, कति बजे, कहाँ ‘डिले’ भयो रिपोर्ट चाहियो : पर्यटनमन्त्री सुदन किराँती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरूको स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपाल वायुसेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने बताए। कुन जहाज, कति बजे, कहाँ डिले भयो भन्नेसम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किराँतीको कडा निर्देशन दिएका छन्। निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफूसमक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए। गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो। प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, क...
समयमा जहाज उडाउनुहोस,समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

समयमा जहाज उडाउनुहोस,समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

राजनीति, समाचार
पूर्णपुष्टि,माघख ९ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निर्देशन दिनुभएको छ । वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । उहाँले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभयो । कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ, विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,उहाँले भन्नुभयो। मन्त्री किराँतीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत्...