Monday, September 7News That Matters

राजनीति

माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्षमा आर्यालको मानोनयन दर्ता

माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्षमा आर्यालको मानोनयन दर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् । आईतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा उपाध्यक्ष मनोनयनको समय रहेको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आर्याललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेबाट राष्ट्रिय सभा अध्यक्षमा गणेश प्रशाद तिमिल्सिना रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीका हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभामा ५९ सांसद रहेको छ । राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल एमाले संग १६ जना सांसद रहेको छ भने दोस्रोमा माओवादी संग १५ सांसद रहेको छ । तेस्रो ठुलो दल काग्रेस संग १० जना सांसद रहेको छ ।...
रास्वपाको विस्तारित बैठक : सरकारबाट बाहिरिने अधिकांस नेताहरुको मत

रास्वपाको विस्तारित बैठक : सरकारबाट बाहिरिने अधिकांस नेताहरुको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने या सरकारमा रहने भन्ने निर्णयक बैठक यतिवेला बसिरहेको अवस्था छ । बैठकमा अधिकांस नेताहरुले सरकार बाट बाहिरीनु पर्ने धारण व्यक्त गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछोनलाई गैरसांसदको हैसियतमा मन्त्री नबनाउने अडान लिएपछि सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको हो । पार्टीका बैठकहरूमा सरकारबाट बाहिरिने मत बलियो हुँदै गएको प्रवक्ता मुकुल ढकालले बताए । ‘हामी बैठक बस्दैछौँ । पार्टीका अधिकांश नेताहरूको मत सरकारबाट बाहिरिनुपर्छ भन्ने धारणा छ’ ढकालले भने, ‘आजको बैठकपछि पार्टीले एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ ।’ आफू प्रवक्ता भएकाले आधिकारिक निर्णय नहुँदासम्म सरकारमा रहने वा नरहने भन्न नमिल्ने ढकालले बताए । प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने प...
माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार 

माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार 

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार हुने भएकी छन् । उनि नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन् । काग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । काग्रेसले उम्मेदवारी नदिए उनि सम्भवनत निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको आर्यालले बताइन् । “हाम्रो पार्टीको संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ । नारायणकाजी श्रेष्ठ (राष्ट्रिय सभा संसदीय दलका नेता) अलिक ढिलो आउने भन्नु भएको छ । त्यसैले दिउँसो पौने २ बजेसम्म उम्मेदवारी दर्ता हुन्छ होला” उनले भनिन् । उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्।...
रास्वपाका सभापती लामिछानेले पत्रकार सम्मेलन गर्दै

रास्वपाका सभापती लामिछानेले पत्रकार सम्मेलन गर्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज आईतबार लामिछानेले बिशेष पत्रकार सम्मेलन गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । रवीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रवी चितवन–२ बाट निर्वाचित सांसद हुन् । उनि उपप्रधान तथा गृहमन्त्री समेत भएका थिए । त्यसपछि सर्वोच्चले नागरिकता अवैध रहेको फैसला दिएपछि उनको सबै पद तथा जिम्मेबारी गुमेको थियो । सर्वोच्चको आदेश बमोजिम कानुनी प्रकिया पुरा गरि आईतबार लामिछानेले जिल्ला प्राशासन ...
कमल थापा नेतृत्वको राप्रपा नेपाल फुट्दै, लाक्पा लामाले पार्टी छाड्ने

कमल थापा नेतृत्वको राप्रपा नेपाल फुट्दै, लाक्पा लामाले पार्टी छाड्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २१ गते । राप्रपा नेपालका पार्टी उपाध्यक्ष लाक्पा लामाले राप्रपा नेपाल छाड्ने भएका छन् । लामाले पार्टी छाड्ने भएपछि कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको हो । लामाले राप्रपा छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने स्रोतले जनाएको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यतिबेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए । तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ । पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।...
रास्वपाले गृहमन्त्री पाउने सहमति छ : एमाले अध्यक्ष ओली

रास्वपाले गृहमन्त्री पाउने सहमति छ : एमाले अध्यक्ष ओली

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १९ गते । रास्वपाले गृहमन्त्री पाउने सहमति रहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन् । ओलीले रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताएका छन् । अध्यक्ष ओली आज नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न विराटनगर पुग्नु भएको छ । प्रधानमन्त्रीले गृहमन्त्रालय रास्वपालाई नदिने पक्षमा रहेको भन्ने प्रश्नमा सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको ओलीको भनाई छ । सहमतिमा गृहमन्त्रालय रास्वपाको भागमा परेको र रविजी गृहमन्त्री बन्नुभयो । अब रास्वपाले कसलाई गृहमन्त्री बनाउछ भन्ने कुरामा उनिहरुको निर्णय रहेको ओलीले बताए । माओवादी केन्द्रका नेताहरुले राष्ट्रपति राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, काग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ नि ? भन्ने प्रश्नमा जवाफ दिदै ओलिले भने कांग्रेस त गृह ...
१ नं प्रदेशको नाममा प्रधानमन्त्रीको चासो

१ नं प्रदेशको नाममा प्रधानमन्त्रीको चासो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ गते । १ नं प्रदेशको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो देखिएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की प्रधानमन्त्रीलाई भेट्न आज बिहान बालुवाटार पुगेका छन् । भेटमा सरकारको काम र विकास निर्माणको बारेमा छलफल भएको मुख्यमन्त्री कार्कीले बताए । उहाँका अनुसार प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । साथै उहाँ प्रधानमन्त्री भएपछी पहिलो भेट गरेको हो । प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् । १ नं प्रदेशको नामको बिषयमा चासो देखाउनु भएको छ । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्कीले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने जनाएका छन् ।...
आज प्रतिनिधिसभा बैठक हुँदै

आज प्रतिनिधिसभा बैठक हुँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) हुँदैछ । आज दिउँसो १ बजेदेखी बैठक सुरु हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेद्धारा राष्ट्रपति कार्यालयबाट प्राप्त तोकिएको कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस गर्नु हुने कार्यतालिका रहेको छ । सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्य तालिका रहेको संघीय संसद्ले जनाएको छ ।...
उपसभामुख रानाले उदयपुरको विकास निर्माण बारे चासो  देखाईन्

उपसभामुख रानाले उदयपुरको विकास निर्माण बारे चासो देखाईन्

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १७ गते । नेपाल सरकारको संघीय उपसभामुख इन्दिरा राना मगरले उदयपुरको विकासमा चासो दिएकी छिन् । त्रियुुगा नगरपालिका, गाईघाटमा आज भएको उदयपुर विकास बोर्डको बैंठकमा सहभागि हुदै उपसभामुख मगरले उदयपुरको विकासमा चासो दिएकी हन् । बैंठकमा सहभागि आठै पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई लक्षित गर्दै दुुर्गमका बालबालिका तथा महिलाहरुको जीवन स्तर र स्वस्थ्य स्थिति अझै पनि नाजुक रहेकोप्रति सबैले ध्यान दिन आग्रह गरेकी छन् । उप सभामुख मगरले विकास समृद्धिको कुरा गर्दा अधिकारको कुरालाई विर्सन नहुने पनि उनको भनाई थियो । आपूm कुनै दल विशेषको नभइ निश्पक्ष र स्वतन्त्रपूर्वक संविधानले दिएको आफ्नो काम, कर्तव्य र अधिकारप्रयोग गरेर अगाडी बढ्ने बताइन् । उप भनेको चुप हो, जस्ता उखानहरुलाई वेवास्ता गर्दै देशैभरका उपसभामुख र पालिका उपप्रमुखहरुलाई प्रोत्साहन, हौसल्लाह दिँदै जाने बताइन् । कार्यक्रममा त्र...
गृहबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री दाहाल

गृहबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री दाहाल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १७ गते । नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु अहिले बैठकमा रहेका छन् । सोमबारदेखी बसेको बैठक आज पनि पेरिसडाँडास्थित पार्टी कार्यालयमा भईरहेको छ । यस बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरु सहभागि भएका छन् । बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ । सर्वोच्च अदालतले लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनको सबै पद गुमेको थियो । उनको पद गुमेपछि गृह न्त्रालय प्रधानमन्त्रीले नै सम्हालेका हुन् । सर्वोच्चको आदेश बमोजिम आईतबार लामिछानेले सबै प्रकिया पुरा गरि नागरिकता पुन प्राप्त गरेका थिए । नागरिकता पाएको केहि समय लगतै उनि रास्वपाका सभापति भएका थिए । सभापति ला...