Saturday, May 2News That Matters

समाचार

उदयपुरमा पर्ने तीनवटै राजमार्ग सुचारु

उदयपुरमा पर्ने तीनवटै राजमार्ग सुचारु

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । निरन्तर वर्षाले अवरुद्ध सगरमाथा राजमार्ग, शिद्धिचरण राजमार्ग र मदनभण्डारी राजमार्ग सबै सुचारु भएका छन् । उदयपुरमा पर्ने यी सबै राजमार्गमा उदयपुर क्षेत्रमा हाल अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ । अवरोधहरु हटाएसंगै राजमार्गहरु सञ्चालनमा आएको हो । गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्गको गाईघाट–फेक्सिन्टार सडकखण्ड अवरोध हटाएपछि सञ्चालनमा छ । फोक्सिन्टारदेखि दिक्तेलसम्मको सडक पनि आजबाट सञ्चालन हुनेछ । ठाउँठाउँमा अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि अवरोध हटाइएसंगै सञ्चालनमा रहेको छ । मदनभण्डारी राजमार्गको भिमान–बसाहा सडकखण्डसमेत हेर्दै आएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्ग सञ्चालन छ । पूर्व–पश्चिम यात्र गर्ने सबै सवारी साधन हाल सुचारु रहेको जनाइएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कट...
सिद्धिचरण राजमार्ग सञ्चालनमा

सिद्धिचरण राजमार्ग सञ्चालनमा

समाचार
पूर्णपुष्टि/उदयपुर २१ असोज सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरो पन्छाएपछि सो राजमार्ग सञ्चालनमा आएको हो । सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंका अनुसार सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएको हो । रात्रिकालीन समयमा भने सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको जनाइएको छ ।...
हर्क साम्पाङ गाईघाट आउदै

हर्क साम्पाङ गाईघाट आउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि उदयपुर, असोज २१ । श्रमदान अभियानता एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आगामी ३० गते गाईघाट आउने भएका छन् । उनी किन, के का लागि र कसरी आउदै छन् भन्ने स्पष्ट भइ सकेको छैन । तथापी उनी संगठन विस्तारको उद्देश्यले आउन लागेको हुनसक्ने अनुमान धेरैको छ । उनले केही समयअघि श्रम संस्कृती पार्टी खोलेका छन् । उनी धरानको मेयर भएपछि र श्रम अभियान अगाडि भएपछि उदयपुरको सदरमुकाम गाईघाटमा औपचारिक आगमन पहिलो पटक हो । उदयपुरमा उनको प्रशंसक र उनको अभियानमा जोडिने अभियानता छन् । उनीहरुले निकै अगाडिदेखि नै साम्पाङलाई ल्याउने प्रयत्न गरिरहेका थिए । उनीहरुको गएरातीको बैंठकले आगामी ३० गते साम्पाङलाई गाईघाट ल्याउने निधो गरेको बताइएको छ । श्रम तथा सफाइ अभियानता एवम् पत्रकार बुद्धि चामलिङले साम्पाङ गाईघाट आउने बारे फेसबुक स्टाटसमा जानकारी दिएकाछन् । “असोज ३० गते बिहिबार दिउँसो १ बजे गाइघाटमा हर्...
मदनभण्डारी राजमार्ग सुचारु

मदनभण्डारी राजमार्ग सुचारु

Breaking News Video, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । निरन्तर वर्षाले ठाउँठाउँमा अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग सञ्चालनमा रहेको छ । मदनभण्डारी राजमार्गको भिमान–बसाहा सडकखण्डसमेत हेर्दै आएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्ग सञ्चालन छ । ठाउँठाउँमा पहिरोले अवरोध खडा भएकोमा हटाइसकिएको छ । पूर्व–पश्चिम यात्र गर्ने सबै सवारी साधन हाल सुचारु रहेको जनाइएको छ ।...
सगरमाथा राजमार्गको अवरोध हट्यो, यातायात सञ्चालन

सगरमाथा राजमार्गको अवरोध हट्यो, यातायात सञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ । निरन्तर वर्षाले अवरुद्ध सगरमाथा राजमार्ग अवरोधहरु हटाएसंगै सञ्चालनमा आएको छ । गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर सुबास तिवारीका अनुसार सो राजमार्गको गाईघाट–फेक्सिन्टार सडकखण्ड हिजो सबै अवरोध हटाएपछि सञ्चालनमा छ । फोक्सिन्टारदेखि दिक्तेलसम्मको सडक पनि आजबाट सञ्चालन हुनेछ । बर्षातले बाटोहरुमा भेल, पहिरोले क्षती पुर्याउनुका साथै ढुंगा, माटो, रुखले अवरोध गरेको थियो । सो राजमार्गको अँधेरीमा पहिलोले सबैभन्दा बढी अवरोध पुर्याएको थियो । हिजोसम्ममा सबै अवरोधहरु हटाइसकिएको छ । अवरोध हटाइएसैगै सवारी साधन चलेका छन् । गाईघाटदेखि फोक्सिन्टारसम्म आजदेखि बससमेत सञ्चालनमा रहेको जनाइएको छ ।...
वादलु आकासले सजिएकाे गाईघाट

वादलु आकासले सजिएकाे गाईघाट

Breaking News 3, Breaking News Video, भिडियो, समाचार
https://youtube.com/shorts/Ww6aTsooFlU?si=93XRbk-mth_ubVwO पूर्णपुष्टि/उदयपुर, असाेज २० । उदयपुरकाे सदरमुकाम गाईघाट आज बादलकाे सेताे छानाेले सजिएकाे देख्न पाईएकाे छ । लगातारकाे वर्षातपछि विहानदेखि खुलेकाे माैसममा गाईघाटबाट आकास-धर्तीकाे सुन्दर दृष्य देख्न पाएकाे हाे । पूर्षपुष्टिले लिएकाे सुन्दर दृष्यकाे फाेटाे/भिडियाे खुवै आकर्षक देखिएकाे छ । सेताे वादलकाे छानाेले गाईघाटलाई कुनै विशेष समाराेहकाे मञ्च जस्ताै सजिएकाे देखिएकाे छ ।...
सिद्धिचरण र सगरमाथा राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने

सिद्धिचरण र सगरमाथा राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २० । उदयपुरमा पर्ने दुई राजमार्ग भोलीदेखि सञ्चालन हुनसक्ने भएको छ । कटारी–घुर्मीको सिद्धिचरण राजमार्ग र गाईघाट–दिक्तेलको सगरमाथा राजमार्ग विग्रेको र भत्केको मर्मत कार्य आज धमाधभ भइरहेकोले भोलीदेखि सञ्चालन हुनसक्ने भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार ती राजमार्गहरुको मर्मत र सफाइ कार्य धमाधम भइरहेको छ । सिद्धिचरण राजमार्गको चार÷पाँच ठाउँमा सडक भत्किएर र पुरिएर सडक अवरुद्ध छ भने सगरमाथा राजमार्गको अँधेरी लगायतका केही ठाउँमा सडक भत्किएर र पुरिएर अवरुद्ध छ । दुबै राजमार्गमा सडल सञ्चालन छिटो गर्ने उद्देश्यले काम भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले ती दुबै राजमार्गमा क्षती पुगेको हो । सडक अवरुद्धसंगै सबै सवारी साधनहरु ठप्प छन् । यात्रुहरु अलपत्र परेका छन् । दशैंको मुखमा भएको भारी वर्षा र सडक अवरुद्धले जनजीवन थप कष्टकर र प्रभा...
सम्पादकीय : सरकारकाे सहि अनुमान

सम्पादकीय : सरकारकाे सहि अनुमान

Breaking News 2, समाचार
https://youtube.com/shorts/swP4e3fzH2Q?si=PIH_ZaGwK3JDC1uA पूर्णपुष्टि/उदयपुर, असाेज २० ।  यसपटक सरकारकाे माैसमी अनुमान मिलेकाे मान्न सकिन्छ । असाेज १६ देखि २० गतेसम्म देशमा भारी वर्षा हुन्छ भन्थ्याे, भयाे । उच्च सतर्कता अपनाउन नागरिकलाई आव्हान गर्याे । तर, बाढी/पहिराेमा ५३ जनाले ज्यान गुमायाे हजाराैं विस्थापित भए । याे दुःखद छ । तथापी नागरिकलाई त्यतिकाे पूर्व सुचना र सतर्कता अपनाउन नलगाएकाे भए, अझ धेरै भनजनकाे क्षती हुने थियाे । अब जनघाती वर्षा टर्याे भन्याे, त्याे पनि मिल्याे । यसरी सरकारले बेलैमा सहि अनुमान, विश्लेषण गरेर सुचित र सतर्कता गराए, सम्भावित ठुलाे धनजनकाे क्षतीबाट जाेगिन सकिन्छ । याे विपत्तिमा सरकारले गरेकाे उद्धार कार्य, संयन्त्र परिचालन र खटाई नराम्राे भन्न सकिन्न । सरकार सदैव नागरिकप्रति जिम्मेवार, उत्तरदायी हुनसक्नुपर्छ । नागरिकले सरकारबाट अनुभूति गर्न पाउनुपर्छ ।...

बेलका डुवान क्षेत्रबाट १२८ काे उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असाेज १९ । निरन्तर वर्षापछि डुवानमा परेकाे बेलका नगरपालिका वडा नं. २, ३ र ८ मा नेपाली सेना सहितको सुरक्षा टोलीले १२८ जनालाई उद्धार गरि  सुरक्षित स्थानमा राखिएकाे छ । विरामी, वालबालिका, बृद्धबृद्धाहरुलाई उदयपुरकाे बाेक्सेस्थित पशुपती प्रसाद गणकाे नेपाली सेनम उद्धार टाेलीले बाेकेर उद्धार गरेका हुन् । सप्तकाेशी कटानकाे उच्चजाेखिममा रहेकाे साे क्षेत्रमा काेशीकाे पानी नपसे पनि त्रियुगा र अन्य खाेला, खहरेकाे भेलबाढीले डुवानमा परेकाे छ । साे क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलकाे नेतृत्वकाे जिल्ला विपद कमाण्ड पोष्टका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् ।       ...
बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज १९ । उदयपुरको बेलका नगरपालिकाको कोशी बाँध आँसपासको क्षेत्रलाई प्रशासनले जिल्लाको सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको छ । सप्तकोशीको पानीको वहाव बढ्दै जाँदा भेल पसेर डुवान हुने र धनजनको क्षती हुने भएकाले सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताउनुभयो । एसपी चागाईका अनुसार अहिले बेलकाको भागलपुर, एविसि कोशी टप्प क्षेत्रमा स्थानीय प्रशासन, स्थानीय सरकार, सुरक्षा निकायका प्रमुखहरुसहित सुरक्षा समितिको टोलीले अनुगमन गरिरहेको छ । हालसम्म सो क्षेत्रमा सप्तकोशीको बाढी पसेको नभए पनि स्थानीय खोला खहरेको भेलका कारण केही क्षेत्र डुवानमा परेका छन् । सो क्षेत्रका ५० घर भन्दा बढि मानिस सुरक्षित स्थानमा बसेका छन् । सो क्षेत्रमा हरेक वर्षामा सप्तकोशीको भेल पसेर डुबान हुने गरेको छ । गतवर्ष पनि डुवान परेको थियो । सो क्षेत्रमा हिजै...