बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला
पूर्णपुष्टि/उदयपुर, असाेज १९ ।
उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)काे बाढीले गएकाे मध्येराती बगाएकाे बा ४ ख १६२८ नम्बरकाे हायसबाट बेपत्ता महिला विहान मृत अबस्थामा फेला परेकी छिन् ।
माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाेमा मृत फेला परेकाे बेलका नगरपालिका-९ का वडाध्यक्ष भरत घिमिरेले जानकारी दिएका छन् । वगाएकाे ठाउँबाट करिव डेडकिलाेमिटर तल भेलले खेतमा पुर्याएकाे अबस्थामा फेला परेकाे हाे । विहानदेखि नै प्रहरी र स्थानीयले खाेजी कार्य गरेकाे थियाे ।
माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे ।
राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेक...






