विमानस्थलमा दैनिक ५० लाखको सेटिङ, अख्तियारको छापा
पूर्णपुष्टि, जेष्ठ ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेको छ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै दैनिक ५० लाखसम्म असुली हुने गरेको पाइएपछि यो कारबाही गरिएको हो । छापामा कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूका कम्प्युटर, मोबाइललगायत डिभाइसहरू जफत गरिएको छ ।
स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा खाडी देश जानेसँग ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको छ । यसरी दैनिक औसतमा सयजनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री रमेश लेखकसम्म पुग्ने गरेको स्रोत बताउँछ ।
अख्तियारले संगठित रूपमै असुली बढेको...









