Saturday, August 15News That Matters

खेलकुद

नेपालका लागी सन्दिपले लिए दुई विकेट, बनाए कीर्तिमान

नेपालका लागी सन्दिपले लिए दुई विकेट, बनाए कीर्तिमान

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ ।एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले दोस्रो र तेस्रो विकेट लिएको छ । नेपालका लागी सन्दिप लामिछानेले शफिख खान र जिसान खानलाई बोल्ड गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुुमाउँदै ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । यस अघि नेपालका लागी ललित राजवंशीले पहिलो विकेट दिलाएका थिए । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।...
नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ । एसीसी मेन्स प्रिमियल लिग क्रिकेटमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले ओमानलाई विशाल रनको लक्ष्य दिएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशले पहिलो शतक गरेका छन् । आजकै खेलबाट कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडिको कीर्तिमान बनाएका छन् । कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाएको हो । सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट लिए ।...
एसीसी प्रिमियर कप : आज नेपालले दोस्रो खेल ओमान सँग खेल्दै

एसीसी प्रिमियर कप : आज नेपालले दोस्रो खेल ओमान सँग खेल्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख ८ । एसीसी प्रिमियर कपको आज दोस्रो खेल नेपालले ओमान सँग खेल्ने भएको छ । गएको मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । नेपाल र ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यो खेल नेपालको ५०औँ ओडीआई रहेकाले पनि नेपालको लागि विशेष रहनेछ । प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।...
युईफए च्याम्पियन्स लिग : वेनफिकालाई हराउदै इन्टर मिलान सेमिफाईनल प्रवेश

युईफए च्याम्पियन्स लिग : वेनफिकालाई हराउदै इन्टर मिलान सेमिफाईनल प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ७ । युरोपियन च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब वेनफिकालाई पराजित गर्दै इन्टर मिलान सेमिफाईनल प्रवेश गरेको छ । क्वाटरफाईनलको पहिलो लेगमा वेनफिकामाथि ०–२ को जित निकालेको इन्टरले दोस्रो लेगमा ३–३ को बराबरी खेलेपनि समग्रमा ५–३ को जित सहित सेमिफाईनल प्रवेश गरेको हो । इन्टरका लागी १४ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै आग्रता दिलाएका थिए भने खेलको ३८ औं मिनेटमा वेनफिकाका फ्रेड्रेरिक असनसनेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा इन्टरकालागी लाउटारो मार्टिनजले र ७८ औं मिनेटमा जाओक्विन कोरेअले गोल गरे भने वेनफिकाका लागी ८६औं मिनेटमा एन्टोनिओ शिल्भाले र इन्जुरी टाईममा पिटर मुसाले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याएका थिए । अब हुने सेमिफाइनल खेलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब बिच भिडन्त हुने भएको छ । इन्टर मिलानले वेनफिकालाई समग्रम...
युईएफए च्याम्पियन्स लिग : बार्यनलाई हराउँदै सिटी सेमिफाईनल प्रवेश

युईएफए च्याम्पियन्स लिग : बार्यनलाई हराउँदै सिटी सेमिफाईनल प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ७ । युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यनलाई बराबरीमा रोक्दै इंग्लिस क्लब म्यानचेष्टर सिटी सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनलको पहिलो लेगमा बार्यनमाथि ०–३ को जित निकालेको सिटीले दोस्रो लेगमा १–१ को बराबरीमा रोक्दै समग्रमा ४–१ को जित सहित सेमिफाईनलमा स्थान बनाएको हो । बुधबार राति बायर्नको मैदानमा भएको खेलको ३७ औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर पेनाल्टीमा चुकेका एर्लिङ हालाण्डले ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने ८३ औं मिनेटमा पेनाल्टी मार्फत बार्यनका लागी जोसुअ किमिचले गोल गरेपनि हार भने टार्न सकेन । सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ । सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ९र १० मा हुनेछन् भने दोस्रो लेगका खेल मे १६ र मे १७ मा हुनेछ । यस सिजन सबैखाले प्रतियोगितामा गरी हालान्डले ४...
आईपिएल : हैदरावादमाथि बुम्बईको १४ रनको जित

आईपिएल : हैदरावादमाथि बुम्बईको १४ रनको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ६ । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादमाथि मुम्बई इण्डियन्सले १४ रनको जित निकालेको छ । यस सिजन मुम्बईले लगातार तेस्रो जित निकालेको छ भने हैदरावादको यस सिजनको दुई जित पछिको हार हो । मंगलबार राति राजीवगान्धी क्रिकेट स्टेडियममा भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको मुम्बईको लागी क्यामरुन ग्रिनले ४० बलमा ६४ रन बनाएका थिए भने प्लेयर अफ दि म्याच समेत भए । पहिले ब्याटिङ गरेको मुम्बईविरुद्ध सनराइजर्स हैदरावादका मार्को यानसेनले दुई विकेट लिए । घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै विकेटकिपर ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन बनाए । मुम्बईका लागि राइली मेरिडिथ र जेसन बेहरेनडोर्फले दुई–दुई विकेट लिए । अर्ज...
लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ५ । उदयपुर । उदयपुरको पहाडी गाउँपालिका लिम्चुङबुङले विजेतालाई १ लाख रुपैया पुरस्कारसहित पाँचदिने खेलकुद कार्यक्रम आज सम्पन्न गर्यो । गाउँघरमा लोकप्रीय खेल भलिबलमा पुरुषतर्फ ८ टिम सहभागि मध्ये झापा प्रथम, त्रियुगा नगरपालिका (उदयपुर) दोस्रो र ताप्ली गाउँपलिका (उदयपुर) तेस्रो भए । महिलातर्फ ६ टिम मध्ये भोजपुर (आमचौक) प्रथम, लिम्चुङबुङ (आयोजक) दोस्रो र ओखलढुङ्गा (मानेभञ्ज्याङ) तेस्रो भए । विजयीहरुलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार पुरस्कार दिइएको हो । त्यसैगरी पाँच टिम सहभागि फुटबलतर्फ प्रथम हुने वडा नं. १ बाँसबोटे ५० हजार, दोस्रो वडा नं. २ ताम्लिछा (ए) ले ३० हजार र तेस्रो ताम्लिछा (बी) ले २० हजार पुरस्कृत प्राप्त गरे । युवा सशक्तिकरणका लागि आयोजना गरेको पाँचदिने खेलकुद नयाँवषसंगै सुरु भएको थियो । पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पकुमार राईले युवाहरुलाई पुरस...
एसिसि प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १३६ रनको लक्ष्य

एसिसि प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १३६ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ५ । एसिसि प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई जितको लागी १३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गर्दै नेपाललाई १३६ रनको लक्ष्य दिएको हो । फैजले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए भने विरन्दीपले ९४ बलमा २ चौका प्रहार गर्दै ४६ रन जोडे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए भने त्यसबाहेक खिजार हायातले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । अतिरिक्तबाट मलेसियाले १२ रन जोडेको थियो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने ललित राजवंशीले २ विकेट र गुलशन झाले १ विकेट लिएका थिए ।...
युरोपेली च्याम्पियन्स लिग : बेन्जेमा र एसेन्सियोको गोलमा रियलले चेल्सीलाई हरायो

युरोपेली च्याम्पियन्स लिग : बेन्जेमा र एसेन्सियोको गोलमा रियलले चेल्सीलाई हरायो

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ३० । स्पेनिस क्लव रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा विजयी सुरूआत गरेको छ । गएराती भएको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीलाई २–० ले हराउँदै रियलले अग्रता लिएको हो । खेलको २१ औं मिनेटमा बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित भएको थियो। रियलका रोड्रिगोलाई डि–बक्सभित्र फउल गरेपछि चेल्सीका बेन चिलवेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । दस खेलाडीमा सिमित चेल्सीलाई दबाबमा राखेको रियलका लागि ७४ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टिमलाई २–० को नतिजामा पुर्‍याए। दास्रो लेगमा चेल्सीलाई बराबरीमा रोक्न सकेमात्रै पनि रियल सेमिफाइनल प्रवेश गर्नेछ। गएराती नै भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १–० ले हराएको छ।...
च्याम्पियन लिगमा हालान्डको किर्तिमान, बार्यनमाथि सिटिको जित

च्याम्पियन लिगमा हालान्डको किर्तिमान, बार्यनमाथि सिटिको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २९ । युइएफए च्याम्पियन लिगमा एर्लिङ हालान्डले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाउँदा बार्यन म्युनिखमाथि म्यान्चेस्टर सिटिले सहज जित निकालेको छ । लिगको पहिलो खेलमा सिटिले बार्यनमाथि ३–० गोलको जित निकालेको हो । घरेलु मैदान एतिहाडमा भएको खेलको २७ औं मिनेटमा रोड्रिको गोलमा अग्रता लिएको सिटिले ७० औं मिनेटमा बर्नानर्डो शिल्भाले गोलमा अग्रता दोब्बर बनाएको थियो भने हालान्डले ७६औं मिनेटमा गोल गर्दै एकै सिजनमा ४५ गोल गरेर किर्तिमान बनाएका हुन् । बार्यनमाथि जित निकालेको सिटिको सेमिफाईनल पुग्ने सम्भावना बलियो भएको छ । अब अप्रिल १८ मा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ ।...