मुलुक आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको सरकारको ध्यान पदमा मात्र : विष्णु पौडेल
पूर्णपुष्टि, चैत १२ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुक अहिले ठुलो आर्थिक संकटमा धकेलिरहेको बेला सरकारले ध्यान पदमा मात्र भएको बताएका छन् ।
आईतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको र यो गठबन्धनबाट देशको भविष्य नरहेको बताए । ‘मुलुक अहिले ठुलो आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको गठबन्धन सरकारको ध्यान पद र जिम्मेवारीमा मात्रै भएको बताएका छन् । यो गठबन्धनको सरकारबाट केही आश गर्न नसकिने उनले बताए ।
‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । दलहरु हामीलाई यति सिट, उति सिट चाहिन्छ भनेर दाबी गरिरहेका छन् । जनताले गठबन्धनको तमासा हेरिहेका पौडेलले बताए । प्रधानमन्त्री दाहालले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको...









