Thursday, September 10News That Matters

राजनीति

राप्रपाका शिर्ष नेताहरुले भेटे पूर्व राजा ज्ञानेन्द्रलाई

राप्रपाका शिर्ष नेताहरुले भेटे पूर्व राजा ज्ञानेन्द्रलाई

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहालाई भेटेका छन् । शाहालाई भेट्न अध्यक्ष लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका हुन् । महामन्त्री धवलशम्शेर राणाले आज (बुधबार) भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।...
बागमतीका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने काग्रेसको निर्णय

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने काग्रेसको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ८ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने नेपाली काग्रेसले निर्णय गरेको छ । संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आज (बुधबार) दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनका अनुसार बैठकमा केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय पनि भएको छ । बागमती प्रदेशमा राप्रपा सरकारबाट निस्किएपछि मुख्यमन्त्री जमकट्टेलले पुन स् विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने चित्रकारले बताए । आजको प्रदेशसभा बैठकमा काग्रेसका सांसदहरु उपस्थित नहुने भएपछि बैठक स्थगित हुने सम्भावना बढेको छ । तरपनि संसद सचिवालयले अह...
द्धन्द्धकालका ‘अयोग्य’  लडाकुलाई राहत दिन तयारी थाल्यो गृहमन्त्रालयले

द्धन्द्धकालका ‘अयोग्य’ लडाकुलाई राहत दिन तयारी थाल्यो गृहमन्त्रालयले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ८ । द्धन्द्धकालका अयोग्य लडाकुलाई राहत दिन गृहमन्त्रालयले तयारी थालेको छ । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिन तयारी थालेको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कार्यविधि बनाउने प्रक्रिया बुधबारदेखि सुरु हुने र त्यसका आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य सुरु गरिने बताएका छन् । सचिव सिंहका अनुसार सकेसम्म चालू आर्थिक वर्षदेखि नै राहत वितरण गरिनेछ र वितरणको काम चरणबद्धरुपमा गरिने छ । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने उनले बताए । मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएर राहत दिने निर्णय गरेको थियो ।२०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) न...
माओवादी नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमण प्रयास

माओवादी नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमण प्रयास

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ७ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । कोशी प्रदेश नामाकरण गरेको भन्दै पहिचानवादीहरुले आङ्बोमाथि आक्रमण प्रयास गरेको हो । आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन । ‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भयो’, उनले भने, ‘आक्रमण गर्नेको पहिचान भएको छैन, अनुसन्धान गरिरहेका छौं ।’ सोमबार पनि पहिचानवादीले ओखलढुङ्गामा मुख्यमन्त्री कार्कीमाथि आक्रमण प्रयास गरेको थियो ।...
पत्रकार राई प्रेस सेन्टरमा

पत्रकार राई प्रेस सेन्टरमा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ७ । उदयपुरको बेल्टार निवासी पत्रकार राजेन्द्र दुष्ट आज नेकपा माओवादी केन्द्र प्रवेशसंगै प्रेस सेन्टरमा आवद्ध भएका छन् । बेलका नगरपालिकामा एक कार्यक्रमकाबीच पत्रकार राई प्रवेश गरका हुन् । उनलाई पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज मणि खम्बु किराँती, केन्द्रीय बैकल्पिक सदस्य केपी बराल लगायत प्रदेश सदस्यहरुले प्रवेश गराउदै स्वागत गरेका थिए । प्रेस सेन्टरका केन्द्रीय सदस्य महेश्वर चामलिङ, भोटराज राई, प्रदेश सचिव गजेन्द्र राई, जिल्ला अध्यक्ष सुपराज किरातीले स्वागत गरेका थिए । पत्रकार राई फोनिज १ नं. प्रदेशका उपाध्यक्षसमेत हुन् ।...
निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागी दल दर्ता आह्रवान

निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागी दल दर्ता आह्रवान

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ७ । निर्वाचन आयोगले उपनिर्वाचनको लागी दल दर्ता आह्रवान गरेको छ । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागी आयोगले दल दर्ता आह्रवान गरेको हो । आयोगले सार्वजनिक गरेको सूचनामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको छ । प्रतिनिधि सभा सदस्यका लागि तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रपतिमा काग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भईसकेका छन् ।...
सरकारले द्धन्द्धकालका ‘अयोग्य’ लाडाकुहरुलाई राहत दिने

सरकारले द्धन्द्धकालका ‘अयोग्य’ लाडाकुहरुलाई राहत दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ७ । सरकारले द्धन्द्धकालका ‘अयोग्य’ लाडाकुहरुलाई राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविधि बनाएर राहत वितरण गर्ने निर्णय गरेको हो । नेपालमा सशस्त्र द्धन्द्धको अन्त्य भएपछि स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड नपुगेको भन्दै अयोग्य घोषणा गरिएको थियोे । अयोग्य घोषणा गरिएकाहरुमध्ये धेरैजसो बाल सैनिक वा ढिलो गरी माओवादी लडाकुको रुपमा भर्ना भएकाहरु थिए । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकहरूलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने, विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराब...
स्ववियु चुनाव : उदयपुरमा नेवि संघ सुन्य

स्ववियु चुनाव : उदयपुरमा नेवि संघ सुन्य

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ७ । उदयपुरको क्याम्पसहरुले स्ववियु चुनावको सबै मत परिणाम सार्वजानिक गरिसकेको छ । जिल्लाको तिन ओटा क्याम्पसहरुमा स्ववियु निर्वाचन भएका थिए । जिल्लाको सबै भन्दा ठुलो र पुरानो त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, त्यस्तै दोस्रो ठुलो क्याम्पस गाईघाटको बरुवा र चौदण्डीगढी नगरपालिका बसाहाको नारद आदर्श शिक्षा क्याम्पस गरी तिन ओटा क्याम्पसहरुले स्वबियु चुनाव गराएका हुन् । तिन ओटा क्याम्पसको मत परिणाम अनुसार तिनै ओटामा नेवि संघ भने उदयपुरमा यो पटक निल भएको छ । पहिलो स्ववियु निर्वाचनमा त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेवि संघबाटै सभापतिमा रोसन कार्की निर्वाचित भएका थिए । यो पटक पनि त्रिजवमा नेवि संघलेनै जित हात पार्ने सम्भावनाको हल्लैहल्लाको बिच अखिल क्रान्तिकारीले बिजयी निकालेको छ । यता नारद आदर्श र बरुवामा जित निकालेर बर्चश्व जमाउन खोज्दै त्रिजवमा पनि दाउ छोपेको अनेरास्व...
त्रिजबमा अखिलक्रान्तिकारीबाट को-को भए निर्वाचित ?

त्रिजबमा अखिलक्रान्तिकारीबाट को-को भए निर्वाचित ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ६ । उदयपुरको बहुप्रतिष्ठित त्रियुगा जनता बहुमुखी क्याम्पस (त्रिजब) क्याम्पसको स्वविय सभापतिमा अखिलक्रान्तिकारीका उम्मेदवार सरोज कार्की निर्वाचित भएका छन् । सभापति कार्कीले ३ सय ७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका उम्मेदवार चेतन पोखरेलले ३ सय ७८ मत प्राप्त गरे । यता सचिव पदमा भने अनेरास्ववियुका उम्मेदवार हेमकुमार राना मगर बिजयी भएका छन् । उनले अखिलक्रा न्तिकारीका उम्मेदवार रन्जना मगरलाई ७१ मतले हराउँदै बिजयी बनेको हो । राना मगरले ३६१ मद ल्याउँदा रन्जनाको पक्षमा भने २९० मात्र मत खसेको थियो । रञ्जनाले सचिव पदका लागि दोस्रो मत पाएकी थिइन् । यस्तै कोषाध्यक्ष पदमा भने अखिलक्रान्तिकारीकै उम्मेवदार डोमा राई बिजयी भएकिछिन् । राईको पक्षमा ३६० मत खस्दा उनका प्रतिद्धन्द्धि अनेरास्ववियुका उम्मेदवार नबिना बुढाथोकी पक्षमा ३४४ मत खसेको थियो...
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएको छ । प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा ुमत दिन्नु भन्ने पक्षमा उभियो । सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्‍बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र...