गाईघाटका मिठाई पसलहरुमा अनुगमन, सरसफाईमा ध्यान नदिएको पुजा मिष्ठानलाई कार्वाही
सुनिल राई, गाईघाट । भदौ ९ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले चाडपर्व लक्षित गाईघाटका मिठाई पसलहरुमा अनुगमन गरेको छ । सोमबार सहायक जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय र प्रशासकिय अधिकृत नवराज खड्का नेतृत्वको अनुगमन टोलीले तिन वटा मिठाई पसल र एक किराना पसल अनुगमन गरेको हो ।
अनुगमनको क्रममा तिन वटा मिठाई पसल मध्ये एक मिठाई पसललाई ५ हजार रुपैँया जरिवाना गरिएको छ । अनुगमन टोलीले पुजा मिष्ठान भण्डार मिठाई पसललाई किचेनको सरसफाईमा ध्यान नदिएको भन्दै ५ हजार रुपैँया जरिवाना गरेको छ भने खान नहुने भईसकेको तेल र सोही तेलमा तारिएको समोसा समेत बरामद गरेको छ । अनुगमन टोलीले उक्त मिठाई पसलदेखी ४३ लिटर तेल र १० केजी समोसा बरामद गरी नष्ट गरेको छ । त्यस्तै अनुगमन टोलीले मा जाल्पा सप्लायर्स किराना पसलबाट म्याद गुज्रिएको खाद्यन्न सामाग्री बरामद गरी नष्ट गरेको छ । अनुगमनको क्रममा बरामद गरिएको पिठो (आटा),...









