Wednesday, August 12News That Matters

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड असार २८ मा विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्ड असार २८ मा विश्वासको मत लिँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यो कदम चालेका हुन्। प्रधानमन्त्रीले शुक्रबार संघीय संसदका महासचिवलाई पत्र पठाएर असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने विषय समावेश गर्न अनुरोध गरेका छन्। संविधानको धारा १०० को उपधारा ९२० अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। यसअघि असार १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि एमालेले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो। कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे पनि उनले संसदमार्फत विश्वासको मत लिने...
सहकारी ठगी मुद्दामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सहकारी ठगी मुद्दामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २१ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी मुद्दामा निष्पक्ष अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले गृहमन्त्री लामिछानेका नाममा परमादेश जारी गर्दै मातहतका अनुसन्धान निकायलाई निर्धक्क, निष्पक्ष र स्वतन्त्र रूपमा अनुसन्धान गर्न दिन निर्देशन दिएको हो। अदालतले गृहमन्त्री लामिछानेलाई अनुसन्धानमा प्रभाव नपार्न र स्वार्थ बाझिने विषयमा निर्देशन नदिन आदेश दिएको छ। साथै महान्यायाधिवक्ता कार्यालयलाई अनुसन्धानको अनुगमन गर्न निर्देशन दिइएको छ। तर लामिछानेको राजीनामा विषयमा न्यायाधीशबीच फरक राय देखिएको छ। न्यायाधीश मल्लले यो व्यक्तिगत विवेक र नैतिकताको विषय भएको बताएकी छन् भने न्यायाधीश सुवेदीले पद छाड्न मार्गप्रशस्त गर्नुपर्ने राय व्यक्त गरेकी छन्। अदालतले संसदीय छानबिन समितिले नियमित न्याय प्रणालीलाई ...
मनसुनको उच्च जोखिममा ३० जिल्ला, तीन दिन सतर्कता अपनाउन आग्रह

मनसुनको उच्च जोखिममा ३० जिल्ला, तीन दिन सतर्कता अपनाउन आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २१ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मनसुन अत्यधिक सक्रिय हुने भन्दै ३० जिल्लालाई उच्च जोखिममा राखेको छ। विभागले असार २१ देखि २३ गतेसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लालाई ‘रेड जोन’ मा वर्गीकरण गरेको हो। विभागका अनुसार यस अवधिमा देशभर साधारणदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी रेड जोनमा परेका जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखाका कारण मनसुन सक्रिय भएको र यो अवस्था केही दिन कायम रहने देखिन्छ। यसले गर्दा भारी वर्षा, बाढी–पहिरो, निम्न भूभागमा डुबान, सडक अवरोध र हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ। विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै सर्वसाधारण तथा स...
गृह मन्त्रालयद्वारा मनसुन सक्रियताको तयारी

गृह मन्त्रालयद्वारा मनसुन सक्रियताको तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २१ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएको सन्दर्भमा विपद् व्यवस्थापनको तयारी तीव्र पारेको छ। मन्त्रालयका सचिव एक नारायण अर्यालले बिहीबार भर्चुअल माध्यमबाट सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूसँग छलफल गरे। सचिव अर्यालले प्रमुख जिल्ला अधिकारीहरूलाई अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न निर्देशन दिए। उनले स्थानीय तहसँगको समन्वयमा जोड दिँदै विपद्को बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने बताए। मन्त्रालयले प्रदेश सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूसँग समन्वय गर्न, सडक खुलाउने उपकरण र कर्मचारीहरुको व्यवस्थापन गर्न, तथा तत्काल उद्धार र राहतका लागि हेलिकप्टर लगायतका साधन तयारी राख्न निर्देशन दिएको छ। विपद् पीडित परिवारसम्म पुग्न र कार्यान्वयनमा कुनै समस्या आएमा मन्त्रालयसँग समन्वय गर्न पनि आग्रह गरिएको छ। यी कद...
लिम्चुङबुङमा मदिरा र सुर्तिजन्य पदार्थ निर्यातमा प्रतिवन्ध

लिम्चुङबुङमा मदिरा र सुर्तिजन्य पदार्थ निर्यातमा प्रतिवन्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असार । लिम्चुङबुङ गाउँपालिकाले मदिरा पदार्थ र सुर्ति जन्य पदार्थ निर्यातमा रोग लगाउने निर्णय गरेको छ । मंगलबार पालिकाको १८ औँ कार्यापालिका बैठकले उक्त निर्णय पास गरेको हो । पालिकाबासीहरुलाई स्वास्थ्य स्वच्छ र बिक्रिति रहित बनाउने भन्दै उक्त पदार्थ आयातमा रोक लगाईएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णय नं २ ले अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेय पदार्थहरुमा रोग लगाएको हो । बियर, रक्सी, कोक, डिउ, फेन्टा, रेडवुल जस्ता पेय पदार्थ र सुर्तिजन्य खैनी, चुरोट, गुड्खा आदी सुर्ती जन्य पदार्थहरुमा रोग लगाउने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ । उक्त कार्यले लिम्चुङ्ब्ुङबासीहरुको गम्भीर स्वास्थ्य अवस्थालाई नियन्त्रण गर्ने पत्रमा भनिएको छ । स्थानीय आर्थिक अर्थतन्त्रको सुधार, महिला तथा घरेलु हिंसाको अन्त्य, गाउँ ब...
त्रिनपा १५ को भालुढुङ्गा र केराबारी सिचाई मर्मतको योजना उद्घाटन

त्रिनपा १५ को भालुढुङ्गा र केराबारी सिचाई मर्मतको योजना उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असार । त्रियुगा नगरपालिका वडा नं १५ मा दुई सिचाई कुलो मर्मतको योजना संञ्चालनमा आएको छ । बिहिबार १५ नं वडा कार्यालयको आयोजनामा उक्त सिँचाई योजनाको उद्घाटन भएको छ । अधेरी खोला भलढुङ्गा बरुवा र अधेरी केराबारी सिँचाई कुलो निर्माण कार्यको योजना उद्घाटन भएको वडा अध्यक्ष गणेश तिमिल्सिनाले जनाए । उक्त सिँचाई मर्मतले कृषक तथा स्थानीयहरुको बाली उत्पादनमा सहज दिने र अपुग सिंचाईको व्यवस्थापन हुने अध्यक्ष तिमिल्सिनाको भनाई छ । उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं १६ का अध्यक्ष मान बहादुर राई, १४ का हिम राज मगरको पनि सहभागी रहेका थिए । उक्त सिंचाई मर्मतले स्थानीय वडावासीहरु उत्साहित छन् ।...
कोशी प्रदेश सरकारको नवीन पहल : काठका घर स्थानान्तरण खुला र प्रशासनिक पुनर्संरचना

कोशी प्रदेश सरकारको नवीन पहल : काठका घर स्थानान्तरण खुला र प्रशासनिक पुनर्संरचना

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार २० । कोशी प्रदेश सरकारले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुल्ला गर्ने निर्णय गरेको छ। यसले अघिको जटिल प्रक्रियालाई सरल बनाएको छ। बैठकले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको केही प्रदेश ऐन संशोधन अध्यादेश खारेज गर्न सिफारिस गरेको छ। साथै, तीन नयाँ समितिहरू गठन गरिएका छन्–राजनीतिक तथा प्रशासनिक, कानुन न्याय तथा प्रदेश मामिला, र आर्थिक सामाजिक तथा पूर्वाधार समिति। प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र प्रदेश योजना आयोग गठन आदेशमा संशोधन प्रस्ताव गरेको छ। कृषि व्यवसाय प्रवर्द्धन अनुदान नीतिमा पनि परिवर्तन गरिने भएको छ। बिउ बिजन र जीव नाशक विषादी व्यवस्थापन सम्बन्धी नयाँ कानुनहरूको तर्जुमा प्रक्रिया पनि सुरु हुने भएको छ। यी निर्णयहरूले प्रदेशको प्रशासनिक र कानुनी संरचनामा महत्त्व...
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा दिने निर्णयबाट पछि हटेका छन्। बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै उनीहरूलाई साथ दिन आग्रह गरेका थिए। रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएको बताए। रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन र संवैधानिक अधिकार चाँडो प्रयोग गर्न आग्रह गरेको छ। पार्टीले बाँकी कुरामा आन्तरिक छलफल गर्ने जनाएको छ।...
उदयपुरको पर्यटन विकासका लागि सरोकारवालाबीच गहन छलफल

उदयपुरको पर्यटन विकासका लागि सरोकारवालाबीच गहन छलफल

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १९ । उदयपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आज एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजना र कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा भएको यस कार्यक्रममा विभिन्न सरोकारवालाहरूबीच गहन छलफल भएको छ। त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उदयपुरको पर्यटन विकासका सम्भावना, चुनौति र आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदयपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘उदयपुरको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै यहाँको पर्यटन क्षेत्रलाई अघि बढाउन हामी...
संविधान संशोधनको प्रयास: कांग्रेस-एमाले गठबन्धनको चुनौतीपूर्ण यात्रा

संविधान संशोधनको प्रयास: कांग्रेस-एमाले गठबन्धनको चुनौतीपूर्ण यात्रा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १९ । कांग्रेस र एमालेबीच नयाँ राजनीतिक समझदारी बनेसँगै संविधान संशोधनको बहस तीव्र बनेको छ। दुई प्रमुख दलले निर्वाचन प्रणालीमा परिवर्तन गर्ने लक्ष्य राखेका छन्, जसमा समानुपातिक प्रणाली हटाउने प्रस्ताव समावेश छ। संशोधनका लागि प्रतिनिधिसभामा १८४ र राष्ट्रिय सभामा ४० सांसदको समर्थन आवश्यक छ । कांग्रेस-एमाले गठबन्धनलाई यो संख्या पुर्याउन चुनौती छ।कानुनमन्त्री पदम गिरीले राजनीतिक स्थिरताको तर्क दिएका छन् । तर माओवादी र अन्य दलहरूले यसलाई प्रतिगमनको आरोप लगाएका छन्। संविधानविद्हरूले अस्थिरताको चेतावनी दिएका छन्। यो प्रस्तावले राजनीतिक विभाजन ल्याएको छ। समावेशिता, लोकतान्त्रिक मूल्य र दीर्घकालीन प्रभावबारे चिन्ता व्यक्त भएको छ। संशोधनको सफलता अनिश्चित छ, तर यसले नेपालको राजनीतिक भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ।...