उदयपुरमा हजारौँ राष्ट्रिय परिचयपत्र थन्किए दराजमा
पूर्णपुष्टि, भाद्र २४ । उदयपुर जिल्लामा हजारौं राष्ट्रिय परिचयपत्त्र वितरण नभई थन्किएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्यांक अनुसार ३६,८०० भन्दा बढी परिचयपत्र अझै पनि कार्यालयमा थन्किएर रहेका छन्।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले दिएको जानकारी अनुसार हालसम्म केवल ७,०२८ जनाले मात्र आफ्नो परिचयपत्र बुझेका छन्। घुम्ती टोली र जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्रको विवरण दर्ता गराइएको थियो।
राष्ट्रिय परिचयपत्र विभागका कर्मचारी जीवन फुँयालका अनुसार २०८० बैशाखसम्म लिएको विवरण छापिएर आएको छ। कार्यालयले सम्बन्धित व्यक्तिहरूको मोबाइल नम्बरमा सन्देश पठाए पनि धेरैजना परिचयपत्र लिन नआएको जनाएको छ। यसको कारणमा परिचयपत्रको महत्व नबुझ्नु, मोबाइल नम्बर परिवर्तन हुनु, सम्बन्धित व्यक्तिको मृत्यु हुनु, देश बाहिर रहनु वा सन्देश नहेर्नु जस्ता कुराहरू हुन सक्ने फुँयालले...









