Wednesday, August 12News That Matters

Breaking News 1

आजबाट नागरिकका लागि धरहरा आंशिक खुल्ला

आजबाट नागरिकका लागि धरहरा आंशिक खुल्ला

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज ३ । आज असाेज ३ गते संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको दिन आज । यस अवसरमा आज देसभर राष्ट्रिय दिवस मनाइँदैछ । आज सरकारी तथा सार्वजनिक संस्थाशरुमा झण्डोत्तोलनसहित घरघरमा दिपावली गर्न सरकारले सबैलाई आग्रह गरेको छ । काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागितामा दिवस मुल समाराेह हुदैछ । आज दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट हुदैछ । यसै अबसरमा धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने जनाईएकाेछ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।...
नेपालटार र मुर्कुची बजारमा अनुगमन : १६ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामान नष्ट

नेपालटार र मुर्कुची बजारमा अनुगमन : १६ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामान नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २ । उदयपुरको उदयपुरगढी गाउँपालिको नेपालटार बजार र रौतामाई गाउँपालिकाको मुर्कुची बजार बुधबार संयुक्त बजार अनुगमन गरिएको छ। उदयपुरको नेपालटार र मुर्कुची बजारमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुर लगायत विभिन्न कार्यालयहरूको संयुक्त टोलीले गरेको अनुगमनमा करिब १६,१५५ रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वमा गरिएको अनुगमनमा चिप्स, पेय पदार्थ, मसला, बियर, बिस्कुट र मदिरा जन्य सामग्रीहरू बरामद गरिएको थियो। यी सामानहरू मुर्कुची नजिकैको छौडे खोलामा लगेर नष्ट गरिएको छ। पहिलो पटक अनुगमनमा परेको कारण व्यापारीहरूलाई जरिवाना नगरी चेतावनी दिइएको छ। तर, अर्को पटकको अनुगमनमा पनि यस्तै म्याद गुज्रिएको सामान फेला परेमा कारबाही प्रक्रिया अगाडि बढाइने अधिकारी रेग्मीले ब...
त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, १ असोज । त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक वर्ष २०८१र०८२ को वडागत कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक र सांस्कृतिक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको छ । ५० हजार रुपैयाँको बजेटमा वडा भित्रका विद्यालयहरूमा अतिरिक्त कार्यक्रमहरू संचालन गरिएको थियो । कार्यक्रममा हाजिरी जवाफ, वक्तृत्वकला, हस्तलेखन र म्युजिकल चेयर प्रतियोगिताहरू समावेश थिए । हाजिरी जवाफमा मावि भोर्ले प्रथम, मावि चिलाउने द्वितीय र मावि भोर्ले तृतीय भए । वक्तृत्वकला प्रतियोगितामा सावित्रा राई मावि चिलाउने प्रथम, करुणा राई मावि भोर्ले द्वितीय र सम्झना बिक चिलाउनें तृतीय, भए । यस प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका २१ जना विद्यार्थीहरूले भाग लिएका थिए । हस्तलेखन प्रतियोगितामा कमला मगर मावि भोर्ले प्रथम, बिमिसा तामाङ द्वितीय र प्रतिमा मगर मावि भोर्ले तृतीय भए। यसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग...
उदयपुरको नव उदय सामुदायिक वनमा पूरुषको शव फेला

उदयपुरको नव उदय सामुदायिक वनमा पूरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र ३० । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित नव उदय सामुदायिक उपभोक्ता समूहको जंगलमा एक बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक त्रियुगा नगरपालिका–४ बगाहा निवासी ३८ वर्षीय बाल कृष्ण राई रहेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार मृतक राई घरमा सामान्य विवाद पश्चात् ३–४ दिनदेखि हराएका थिए। शनिबार बेलुका करिब ४ बजेतिर स्थानीय बासिन्दाहरूले घाँस र दाउरा संकलन गर्न जाँदा शव फेला पारेको डिएसपी चापागाईले बताए। स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलमा पुगी मुचुल्का तयार गरेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बेबारिसे शब फेला

बेबारिसे शब फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदाै २९ । उदयपुरकाे त्रियुगा नगरपालिका १० स्थित नव उदय सामुदायिक वन उपभाेक्ता समुहमा अाज बेबारिसे शब फेला परेकाे छ । फेला परेकाे सुचना लगत्तै प्रहरीले प्रकृती मुचुल्का उठाइ शब उठाएकाे जनाइएकाे छ । सुरक्षा स्राेतका अनुसार शबकाे प्रकृती हेर्दा केही दिन अघिकाे हाे भन्ने अनुमान गरिएकाे छ । घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।...
उदयपुरको बेल्टार बजारमा चोरीको घटना बढ्दो

उदयपुरको बेल्टार बजारमा चोरीको घटना बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र २९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा चोरीका घटनाहरू बढ्दै गएको छ । लामो समयदेखि मोटरसाइकल चोरीका घटनाहरू हुँदै आएकोमा पछिल्लो समय गरगहना चोरी गर्नेदेखि घरभित्रै पसेर नगद एवम् सुनचाँदी चोर्नेसम्मका गतिविधिहरू बढेका छन्। हालै, बजारमा समान किन्न आएकी एक महिलाको गलामा लगाएको सुन बीच बजारबाटै चोरी भएको छ। त्यसैगरी, नगरको वडा नम्बर ५ बेल्हामा एकै रातमा ७ घरमा लुटपाटको प्रयास भएको छ, जसमध्ये दीपनारायण चौधरीको घरबाट सुनचाँदी र नगद चोरी भएको स्थानीय शिक्षक भास्कर चौधरीले जानकारी दिएका छन्। यस्ता घटनाहरूले स्थानीयहरूमा त्रास फैलिएको छ। उनीहरूले प्रहरी प्रशासनलाई रातको समयमा सुरक्षा व्यवस्था कडा बनाउन र राति १० बजेपछि हिँड्नेहरूलाई निगरानी गर्न आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईंले चाडपर्व लक्षित चोरीका ...
पूर्णपुष्टि संरक्षककाे जन्मदिनमा धार्मिक बृक्ष राेपियाे

पूर्णपुष्टि संरक्षककाे जन्मदिनमा धार्मिक बृक्ष राेपियाे

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदाै २८ । पूर्णपुष्टि मिडियाका संरक्षक किसन राईले जन्मदिनकाे अबसरमा आज बृक्षराेपण गर्नुभएकाे छ। उहाँले धार्मिक अनुष्ठानमा प्रयाेग हुने महत्वपूर्ण वृक्ष पलासकाे बिरुवा भगवती मन्दिर परिषरमा राेप्नु भएकाे हाे । मन्दिरका पुजारी र परिवारका साथ दुईथान पलासकाे बिरुवा राेप्नुभएकाे हाे । जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्षसमेत रहेका राई युवा समाजसेवी तथा ब्यवसायी हुन् ।...
उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भाद्र २८ । नेकपा एकीकृत समाजवादीको सन्देश सभा आज उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा सम्पन्न भएको छ। "दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले सही मार्ग नअपनाएको आरोप लगाए। उनले एमालेमाथि संविधानको मूल मर्म कुल्चने र दक्षिणपन्थी विचारधारामा भासिएको आरोप लगाउँदै भने, "सामूहिकता, विधि र न्यायलाई बिर्सेर व्यक्तिको पेवा बनाउन खोजिएको छ।" नेपालले आफूहरूले नयाँ पार्टी खोल्नुको कारण बताउँदै एमालेले बाटो बिराएकैले सबैको न्यायका लागि समाजवादको बाटो रोजेको उल्लेख गरे। यस सन्देश सभामा जिल्ला, प्रदेश र केन्द्रीय पार्टी पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न पार्टीबा...
उदयपुरमा पौडी खेल्न गएका पुरुषको पोखरीमा डुबेर मृत्यु

उदयपुरमा पौडी खेल्न गएका पुरुषको पोखरीमा डुबेर मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र २८ ।  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ९ लालाभित्तेमा आज एक व्यक्तिको सिंचाईको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय वडा अध्यक्ष प्रकाश राउतका अनुसार अत्याधिक गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी ६५ वर्षीय गोरेमान राईको दुर्घटनावश मृत्यु भएको हो। मृतक राई लगभग २५-३० वर्षदेखि भारतमा बस्दै आएका थिए र एक वर्ष अघि मात्र लालाभित्तेमा फर्केर आफ्ना दाजु सिताराम राईको घरमा बस्दै आएका थिए। स्थानीयका अनुसार राई अविवाहित थिए। घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।...
पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

Breaking News 1, बिचार, राजनीति, समाचार
देश महायात्रा, ऋतु आधारित संगठन परिचालन र स्थानीय तह केन्द्रित कार्यक्रम मार्फत जनतासँग नजिक हुने योजना उदयपुर, भदौ २४ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन सम्बन्धी सुझाव बैठकमा राख्नुभएके छ । पार्टीलाई जनताको नजिक लैजाने र नेपाली परिप्रेक्ष्यमा समाजवादी मोडेल विकास गर्ने महत्वाकांक्षी लक्ष्य अनुरुपकाे सुझाव उहाँकाे छ । विचार निर्माणका रणनीतिहरूस्थ देश महायात्रा : पार्टीका नेता किरातीले प्रस्तुत गरेको योजना अनुसार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)को नेतृत्वमा देश महायात्रा सञ्चालन गरिनुपर्ने । यस यात्राको उद्देश्य नेपाली समाजको वर्तमान अवस्था र जनजीवनलाई नजिकबाट बुझ्नु रहेको छ । "यो महायात्राले हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढंगले बुझ्न मद्दत गर्नेछ । हामी जनताको दैनिक जीवन, उनीहरूका समस्या ...