Wednesday, August 12News That Matters

Breaking News 1

दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, असाेज ११ । जल तथा माैसम विज्ञान विभागले भने बमाेजिम हिजाेदेखि वर्षात भईरहेकाे छ । रातैभर परेकाे पानी आज विहान पनि भारीरुपमा भईरहेकाे छ । विभागकाे पूर्वानुमानलाई आधार मानि हिजै विपद जाेखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सचेत गराएकाे छ । काेशी प्रदेशमा उदयपुर लगायत ११ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएकाे छ । याे वर्षात देशैभर हुने भएपछि सरकारले सातैप्रदेशमा उच्च सतर्कताकाे सुचना जारी गरेकाे छ । दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित पारेकाे छ । सडक,लगलणलिहरु हिलाम्मे भएका छन्  । सर्वसाधारणलाई आवतजावतमा समस्या पारेकाे छ ।...
स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

Breaking News 1, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, असाेज १० । निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचन २०८१ को मिति र कार्यतालिका घोषणा गरेको छ । उपनिर्वाचन मंसिर १६ गते हुने निश्चित भएको छ । मनोनयन दर्ता मंसिर २ गते, बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म हुनेछ । उम्मेदवारको सूची प्रकाशन मंसिर २ गते, बेलुका ५:०० देखि ६:०० बजेसम्म हुनेछ भने उम्मेदवारीबारे उजुरी दर्ता मंसिर ३ गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।  त्यस्तै अन्तिम नामावली प्रकाशन मंसिर ५ गते, दिउँसो १:०० देखि ३:०० बजेसम्म र निर्वाचन चिह्न वितरण मंसिर ५ गते, दिउँसो ३:०० देखि बेलुका ५:०० बजेसम्म हुने आयोगले विज्ञप्तीमा जनाएकाे छ । प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२:०० बजेदेखि लागू हुने जनाइएकाे छ भने उम्मेदवारहरूले मंसिर ५ गते बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने जनाइएकाे छ । उदयपुरमा दुइ वडामा उपनिर्वाचन त्रिय...
पर्यटन प्रवर्धन र प्रचारका लागि काेरा साइक्लिङ २०२४ हुने

पर्यटन प्रवर्धन र प्रचारका लागि काेरा साइक्लिङ २०२४ हुने

Breaking News 1, Breaking News Video, पर्यटन, भिडियो
  https://youtu.be/aFxQXk7-vbc पूर्णपुष्टि, असाेज ९ । विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलहरुको भ्रमण तथा प्रचार प्रसारसहित कोरा साइक्लिङ २०२४ हुने भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजनामा आगामी १२ गते गाईघाटदेखि विभिन्न एकदर्जन बढि स्थलहरुको भ्रमण हुनेछ । विशेषगरी त्रियुगा नगरपालिकाको पौराणीयक महत्वको खाटमन्दीरको विशेष प्रचार गरिनेछ । करिब २५ किलोमिटरको यात्रा पुरा गरी गाईघाटमै आएर समापन हुने जनाइएको छ । यात्रामा करिब एकसय जना साइक्लिष्टहरुको सहयोगिता हुने जनाइएको छ । भदौ महिनामै आयोजना हुने कार्यक्रम वर्षा मौसमका कारण सरेको हो ।...
चाड पर्व नजिकिँदा पनि रोकिएन विदेश पलायन : भदौमा विदेशिए ५७ हजार नेपाली

चाड पर्व नजिकिँदा पनि रोकिएन विदेश पलायन : भदौमा विदेशिए ५७ हजार नेपाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ९ । चाडपर्व नजिकिँदै गर्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा मात्र ५७,४९३ नेपाली विदेशिएका छन्। यसमध्ये ५०,७७० पुरुष र ६,७२३ महिला रहेका छन्। विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै नेपाली युएई (१८,६०५), कतार (११,२९१) र साउदी अरेबिया (१०,८३५) गएका छन्। उल्लेखनीय रूपमा, मलेसिया जाने श्रमिकको संख्यामा भने ठूलो गिरावट आएको छ। भदौमा मात्र १,१९३ श्रमिक मलेसिया गएका छन्, जुन गत वर्षको तुलनामा निकै कम हो। युरोपेली देशहरूमा पनि नेपाली श्रमिकको संख्या बढेको देखिन्छ। विभागको तथ्यांक अनुसार, रोमानियामा १,८८८, क्रोएसियामा ७०९, र साइप्रसमा ६१२ नेपाली गएका छन्। विदेश जानेमध्ये १३,१७१ अदक्ष श्रमिक छन् भने ३७,७८३ दक्ष श्रमिक रहेका छन्। अर्धदक्ष ६,१७५ जना वि...
बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित

बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असोज । मंगलबार दिउँसो १२ : ४० बजेतिर उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं। ८ स्थित सेतीखोलामा एक मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाईते भएको छ। चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किंदै गरेको प्रदेश १(०२(००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा २९ जना घाईते भएको हो । घाइतेहरूमध्ये १७ जनाको बेलका नगर अस्पतालमा र १२ जनाको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा २ पुरुष र २ महिला छन् । बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ, जसमा १५ पुरुष र १० महिला छन्। बसका चालक ३५ वर्षीय शम्भु साह ९जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, भण्डारीटार निवासी० लाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र सडक अवरोध नभएको जनाइएको छ। प्र...
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ ।  गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई आइतबार अपराह्न शंखमूलबाट नियन्त्रणमा लिएर कास्की लगेको छ। जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद लिने तयारी छ। गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ ल्याएर खर्च गरिएको थियो। संसदीय विशेष समितिले यी चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्...
भ्रष्टाचार निवारण विधेयकमा नीतिगत भ्रष्टाचार समेट्ने तयारी

भ्रष्टाचार निवारण विधेयकमा नीतिगत भ्रष्टाचार समेट्ने तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न ल्याइएको विधेयकमा नीतिगत भ्रष्टाचार र निजी क्षेत्रको विषयमा सहमति जुटाउने प्रयास गरिरहेको छ। समितिका सभापति रामहरि खतिवडाका अनुसार यी विषयहरूमा सहमति निकट पुगिसकेको छ। नीतिगत भ्रष्टाचारको परिभाषा र क्षेत्र निर्धारण गर्ने विषयमा गहन छलफल भइरहेको छ। खतिवडाले अधिकारीहरूले आफ्नो अधिकारक्षेत्रको कामलाई माथिल्लो तहमा पुर्‍याउने प्रवृत्तिलाई नीतिगत भ्रष्टाचारको रूपमा व्याख्या गर्न सकिने बताए। निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारबाट हटाउने विषयमा पनि समितिमा छलफल भइरहेको छ। यसअघि प्रस्तावित विधेयकमा निजी बैंक, मेडिकल कलेज र अस्पताललाई अख्तियारको दायरामा ल्याउने प्रस्ताव गरिएको थियो। तर निजी क्षेत्रको विरोधपछि यसलाई हटाउन लागिएको छ। समितिले बेनामी उजुरीको व्यवस्थामा पनि संशोधन गर्न लागेको ...
मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र बिजुली उत्पादन हुने

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र बिजुली उत्पादन हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ ।  सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु हुने भएको छ। चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भइरहेको यस आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्म प्रसारण लाइन जोड्ने काम भइरहेको छ। बाँधक्षेत्रको निर्माण सकिएको र पानी हालेर परीक्षणसमेत गरिएको छ। विद्युतगृहमा उपकरण जडान र परीक्षण चलिरहेको छ। हालै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निरीक्षण गरी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्न निर्देशन दिएका छन्। आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८०...
आमाछोराको हत्यारा पक्राउ

आमाछोराको हत्यारा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), असोज ४ । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबीसेमा दुईसाताअघि आमा छोराको हत्या गर्ने ब्यक्ति पक्राउ परेको छ । आमा अन्दाजी ४० वर्षीया निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापाको हत्या गरेको प्रमाणको आधारमा स्थानीय ३२ वर्षिय ताराबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । घटनामा प्रयोग भएका र घटनास्थलबाट बरामद भएका सामानहरुसमेत सार्बजनिक गरिएको छ । घटनास्थल नजिकै घर भएका मगरले धारिलो हतियार खुकुरी प्रयोग गरी आमा छोराको हत्या गरेको स्विकार गरेको र प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए । प्रहरी नायव उपरिक्षक राजन चापागाइको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले उक्त घटना अवैध सम्बन्धका कारण घट्न गएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । हत्याराले चलाखीपूर्वक प्रमाणहरु लु...
त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ३ असोज । त्रियुगा नगरपालिकाले आफ्नो ५ नम्बर वडामा नगर अस्पताल सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रमुख बसन्त बस्नेतले अस्पतालको औपचारिक उद्घाटन गरेसँगै अस्पताल सेवा शुरु भएको हो । ५ शय्याको यस अस्पतालमा एमबिबिएस डाक्टर अनिल आचार्य सहित १६ जना कर्मचारीहरु खटाइएका छन् । नगर प्रमुख बस्नेतका अनुसार वडा नं ५ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको रूपमा विकास गरिएको हो । अस्पतालले प्रसूति सेवा, खोप, आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, भिडियो एक्स(रे लगायतका सेवाहरू प्रदान गर्नेछ। स्थानीय सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी यो अस्पताल निर्माण गरेको नगर प्रमुख बस्नेतले बताए । अस्पताल सञ्चालन समितिमा बसन्त बस्नेत अध्यक्ष, महेश्वरी राई उपाध्यक्ष, बिष्णुभक्त सिग्देल, उद्धव कुमार थापा, तनुकलाल चौधरी, चीन बहादुर राई, लक्ष्मी थापा र किरण कुमार कार्की सदस्य तथा ड...