Saturday, July 4News That Matters

Breaking News 2

प्रहरी दिवस ब्याडमिन्टन प्रतियाेगिता उदयपुरमा माेति र हिमालकाे जाेडी प्रथम, बीतर्फ नरबहादुर र रुपकुमार प्रथम

प्रहरी दिवस ब्याडमिन्टन प्रतियाेगिता उदयपुरमा माेति र हिमालकाे जाेडी प्रथम, बीतर्फ नरबहादुर र रुपकुमार प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
उदयपुर, असाेज १३ । ६९ ओैं प्रहरी दिवसकाे अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले आयाेजना गरेकाे ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेलमा ए डिभिजनतर्फ माेति राई र हिमाल  श्रेष्ठकाे जाेडि बिजेता बनेकाे छ । सन्ताेष कटुवाल र विनय चाैधरीकाे जाेडी दाेस्राे बनेकाे छ । फाईनलकाे डिसाईडिङ खेलमा २ अंकले कटुवाल र चाैधरीकाे जाेडिलाई पछि पार्दै राई र श्रेष्ठकाे जाेडी प्रथम भएकाे हाे । बलबहादुर कार्की र साैरभ ठकुरीकाे जाेडी र बादल खतिवडा र गाेबिन्द थापाकाे जाेडी तेस्राे भए । ए डिभिजनतर्फ १६ जाेडाले भाग लिएका थिए । त्यसैगरी बी डिभिजनतर्फ प्रहरीका नरबहादुर राई र रुप कुमार धामीकाे जाेडी प्रथम भएकाे छ । प्रहरी कै प्रकाश बस्नेत र दिपक राईकाे जाेडीलाई पछि पार्दै राई र धामीकाे जाेडी प्रथम भएकाे हाे । प्रकाश र दिपककाे जाेडीले दाेस्राे स्थानमा चित्त बुझाउनु पर्याे ।  प्रहरीका बबिन राई र गणेश बिष्टकाे जाेडा र के...
बर्षातले उपचार ढिलो हुँदा उदयपुरमा बाललको ज्यान गयो

बर्षातले उपचार ढिलो हुँदा उदयपुरमा बाललको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ असोज । लगतारको बर्षाले उपचार ढिलो हुँदा उदयपुरमा एक बालकको ज्यान गएको छ । बर्षातका कारण जताततै सडक अवरुद्ध भएपछि समयमै हस्पिटल पुराउन नपाउँदा रौतामाई गाउँपालिका ६ बासबोटेका ७ बर्षिय एन्जल मगरको आईतबार ज्यान गएको हो । बिरामी बालक शनिबार देखीनै बिरामी थिए । समयमै गाउँमा बस पुग्न सडक अबरुद्ध भएपछि तत्काल उपचार नपाउँदा उनको ज्यान गएको हो । एक दिन अगाडीनै बिरामी परेको बाललको सडक र झरीको अवस्थाले उपचारमा ढिलाई भएको हो । भोली पल्ट उपचारको लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै उनको ज्यान गएको त्रियुगा नगरपालिका १५ नं का वडा अध्यक्ष गणेश तिमिल्सिनाले जनाए । उनको स्वास्थ्य चौकी खाँबु रानीवासमा ज्यान गएको अध्यक्ष तिमिल्सिनाको भनाई छ । बिरामले थप च्यापेपछि सामान्य उपचारका लागि उनलाई तत्काल स्वास्थय चौकी भर्ना गरिएको थियो । तर उनलाई बचाउन नसेको भन्दै अध्यक्ष तिमिल्सिनाले दु:ख...
बाढी पहिरोले कोशी प्रदेशमा ५४ सडक अबरोध

बाढी पहिरोले कोशी प्रदेशमा ५४ सडक अबरोध

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ असोज । लगतारको बर्षाले कोशी प्रदेशका बिभिन्न जिल्लाहरुको सडक अबरोध भएको छ । लामो तथा छोटो दुरीका सडकहरु अबरोध भए सँगै आवत जावतमा कष्टकर बनेको छ । सडकमा पहिरो खस्ने देखि भासिने बाढीले बगाउने जस्ता अवस्थाले आवत जावतमा समस्या भएको हो । कोशी प्रदेशको ताप्लेजुङ बाहेक सबै जिल्लाहरुको सडकमा बाढी पहिरोले प्रभावित बनाएको छ । उक्त जिल्लाहरुबाट बिभिन्न जिल्ला र राजधानी सम्म जाने सडक नाकाहरु ठप्प पारेको छ । कोशी प्रदेश प्रहरीका अनुसार ५४ ओटा सडकहरुमा बाढी पहिरोले असर पुगाएको छ । जस मध्ये ११ ओटा बने खुलेको र बाँकी ४३ ओटा खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।...
उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
उदयपुर, असाेज १३ । सप्तकाेसीकाे बाढीले उदयपुर र भाेजपुर जाेड्ने उदयपुरकाे चुहारस्थित झाेलुङ्गे पुल बगाएकाे छ । पुल बगाएर पूर्णरुपले क्षती भई लठ्ठामात्र बाँकी रहेकाे अस्थायी प्रहरी चाैकी मैनामैनीले जनाएकाे छ । पुल बगाएपछि साे क्षेत्रबाट भाेजपुर आवत-जावतमा अबरुद्ध सिर्जना भएकाे छ । उदयपुर र खाेटाङ जाेड्ने धाप्लाङघाट स्थित झाेलुङ्गेपुलमा पनि क्षती पुर्याएकाे छ । साे पुलकाे एउटन लठ्ठा चुडाएकाे स्थानीय युवा मुकेश राइले जानकारी दिएका छन् । उक्त दुई जिल्ला जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिन्टार स्थित माेटरेवल पक्की पुल पनि हिजाे दिउसाे बगाएपछि आवागमन ठप्प भएकाे छ । दशैकाे मुखमा पक्की पुल भत्किदा खाेडाङ आवतजावतमा सास्ती पर्ने भएकाे छ । त्यसैगरी गएराति सप्तकोसीको पानिको बहाबले कटान उदयपुरकाे बेलका नगरपालिका -८ कोशी किनार स्थित द रिभर बेलका बीच रिसाेर्ट बगाएकाे छ । स्थानीय जिबन्त राईले सञ्चालन...
कोशी प्रदेश बाढी पहिरो :  ९ को मृत्यु, ८ घाईते, ९ बेपत्ता

कोशी प्रदेश बाढी पहिरो : ९ को मृत्यु, ८ घाईते, ९ बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ असोज । देशैभरी बाढी पहिरोमा परि ठुलो धनजनको क्षती पुगेको छ । यता कोशी प्रदेशमा पनि बाढी पहिरोको असर परेको छ । लगतार तिन दिनको बर्षाले कोशी प्रदेशका बभिन्न जिल्लाहरुमा धनजनको क्षती पुगेको कोशी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी प्रदेशमा बाढी पहिरो र खोलाले बगाएर ९ जनाको ज्यान गएको छ । भने ८ जना घाईते र ९ जना बेपत्ता छन् । मृत्यु हुनेमा पाँचथरमा ५, इलाममा १, धनकुटामा २ र उदयपुरमा १ गरी ९ जनाको ज्यान गएको हो । यस मध्ये महिला ६, पुरुष २ र १ बालिका रहेको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी ४ जना घाईत छन् भने अन्य ९ जना भने बेपत्ता अवस्थामा छ । यस मध्ये ५ जना खोलाले बगाएर बेपत्ता छन भने ४ जना बाढी पहिरोले बेपत्ता बनाएको छ ।...
उदयपुरमा बाढिले १ काे मृत्यु, पक्किपुल बगायाे, सप्तकाेशी बस्तिमा पस्याे, सिद्धिचरण राजमार्ग लगायत सबैसडकहरु अबरुद्ध

उदयपुरमा बाढिले १ काे मृत्यु, पक्किपुल बगायाे, सप्तकाेशी बस्तिमा पस्याे, सिद्धिचरण राजमार्ग लगायत सबैसडकहरु अबरुद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
उदयपुर, असाेज १२ । अबिरल वर्षासंगै आएकाे बाढीले आज उदयपुरकाे राैतामाई गाउँपालिका १ माझखर्ककि अन्दाजी १६ वर्षिया हिसिला तामाङकाे गाउँ नजिकैकाे ओडारे खाेलाले बगाएर  मृत्यु भयाे। उदयपुर र खाेटाङ जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिनटार स्थित पक्कि पुल सुनकाेशीले बगायाे । सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. ८,९,१,२ र ३ डुवानमा परेकाे छ । वडा नं. ८ काे एलकेखाेजदेखि पसेकाे बाढीले दर्जन बढि बस्तीका ८३ घर  डुबान भएपछि साे क्षेत्रका बासिन्दालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे उद्धारटाेलीले करिव ५ सय जनालाई सुरक्षित स्थान सारेका छन् । डुबानबाट ६ सयघर प्रभावित रहेकाे जनाईएकाे छ । भेलबाढीका कारण सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्ड अबरुद्ध भने जिल्लाका सबैजसाे सडक अबरुद्ध छन् ।  ...
उदयपुरमा बाढिले १ काे मृत्यु

उदयपुरमा बाढिले १ काे मृत्यु

Breaking News 1, Breaking News 2, समाचार
उदयपुर, असाेज १२ । अबिरल वर्षासंगै आएकाे बाढीले आज उदयपुरमा एक जनाकाे मृत्यु भएकाे छ । राैतामाई गाउँपालिका १ माझखर्ककि अन्दाजी १६ वर्षिया हिसिला तामाङकाे गाउँ नजिकैकाे ओडारे खाेलाले बगाएर  मृत्यु भएकाे छ । खेतीबाट घर फर्कने क्रममा दिउसाे बगाएकाे र बगाएकाे केही तल उनकाे शव फेला परेकाे स्थानीय गन्जु शेर्पाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक सन्ताेष कार्कीले घटनाकाे पुष्टि गर्नुभयाे ।...
सगरमाथा राजमार्गकाे पक्कीपुल सुनकाेशीले बगायाे

सगरमाथा राजमार्गकाे पक्कीपुल सुनकाेशीले बगायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असाेज १२ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खाेटाङ जाेड्ने फाेक्सिन्टार स्थित पक्कीपुल आज बाढीले बगाएकाे छ । सुनकाेशीमा आएकाे बाढीले साे ठाउँकाे पक्कीपुल बगाएकाे राैतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभयाे । पुल नाघ्नेगरी उर्लिएकाे बाढीले पिलर भाँचेर पुल बगाएकाे स्थानीयलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले  जानकारी दिनुभयाे । पुल भत्किएपछि साे क्षेत्र हुँदै खाेटाङसंगकाे सम्पर्क सडक विच्छेद भएकाे छ ।...
उदयपुरकाे बेलकामा सप्तकाेशी बाढी पस्याे, बस्ती डुबानमा

उदयपुरकाे बेलकामा सप्तकाेशी बाढी पस्याे, बस्ती डुबानमा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असाेज १२ । सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. ८,९,३,२ र १ वडा उच्च जाेखिममा परेकाे छ । वडा नं. ८ काे एलके खाेजबाट पसेकाे बाढीले सिसाैलीसम्म डुबान पारेकाेछ । अत्याधिक मात्रामा आएकाे बाढी बाँध नाघेर गाउँ पसेकाे र डुबानमा परेकाे मेयर अशाेक कार्कीले जानकारी दिए । भारी वर्षातसमेत भईरहेकाेले साे क्षेत्रमा उद्धार कार्यमा समस्या परेकाे छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे सहितकाे सुरक्षा प्रमुखहरुकाे टाेली डुबान क्षेत्र तर्फ गएका छन् ।...
खोटाङको ऐसुलुखर्कमा पहिरोले ७ घर परिबार बिस्थापित

खोटाङको ऐसुलुखर्कमा पहिरोले ७ घर परिबार बिस्थापित

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ ।  खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबाडे सोखुमा शनिबार राति गएको पहिरोले एक घर बगाएको छ भने अर्को एक घर ढलेको छ । गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राईका अनुसार निरन्तरको वर्षापछि गएको पहिरोले शान्तिकला राईको घर बगाएको र कालीमाया घिमिरेको घर पूर्ण रूपमा ढलेको छ । १५० घरपरिवार रहेको सोखुमा पहिरोका कारण अन्य ५ परिवार पनि विस्थापित भएका छन् । विस्थापित हुनेमा भैरब कार्की, ज्ञान बहादुर, चेतनाथ घिमिरे, बाबुराम कार्की र भूपराज कार्कीको परिवार रहेका छन् । अध्यक्ष राईले भने, "घरमा खाना खाइरहेको बेला पहिरो आएको थाहा पाउने बित्तिकै गाउँलेहरू ज्यान बचाउन घर छोडेर सुरक्षित स्थानतर्फ गए । त्यसैले कुनै मानवीय क्षति भएको छैन ।" गाउँपालिकाले पीडित परिवारहरूलाई गाउँपालिका कार्यविधि अनुसार प्रति परिवार २० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने तयारी गरेको छ । साथै, लत्ताकपडा, खाद्यान्न, ...