मन्त्रीहरुको सपथ ३ बजे
पूर्णपुष्टि, असोज ६ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा सिफारिस गरिएका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम एक घण्टा ढिलो गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार शपथ समारोह अब दिउँसो ३ बजे सम्पन्न हुनेछ ।
प्रारम्भमा दिउँसो २ बजेका लागि निर्धारण गरिएको उक्त कार्यक्रम केही प्राविधिक कारणले गर्दा सरेको राष्ट्रपति भवनका अधिकारीहरूले जानकारी दिएका छन् । यो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सम्पन्न गराउनेछन् ।
प्रधानमन्त्री कार्कीले आइतबार चार जना व्यक्तित्वहरूको नाम मन्त्री पदका लागि राष्ट्रपति समक्ष पेश गरेकी थिइन् । यीमध्ये सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग वाणिज्य आपूर्ति कानुन न्याय भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्रालयको दायित्व पाउनेछन् ।
आविष्कारक तथा वैज्ञानिक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्रदान गरिनेछ । प...









