Tuesday, July 14News That Matters

Breaking News 3

बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ पुष । त्रियुगाकै नमुना टोल विकास संस्थाको रुपमा परिचित बोक्से स्थित सचेतना टोल विकास संस्थाले आफ्नै भवनबाट काम सुरु गरेको छ । शनिवार संस्थाको पाँचौ साधारण सभा सँगै संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले साधारण सभा तथा भवनको उद्घाटन गरिन् । त्रियुगाको १६ ओटा वडामा झण्डै ३ सय ओटा टोल विकास संस्था रहेका छन् । यस मध्ये उत्कृष्ट ५ मा पर्न सफल सचेतना टोल विकासले कार्य प्रगतिमा फड्को मारेको छ । साढे ६ लाख हाराहरीमा निर्माण भएको उक्त टोल विकास संस्थाको स्टोर रुम सहितको एक तले भवन व्यवस्थित रुपमा निर्माण गरिएको संस्थाका अध्यक्ष पर्शराज राईले जनाए । राईका अनुसार आर्थिक स्रोत साधनको अभावकै बिच ३ लाख ९० हजारमा जग्गा खरिद गर्दै तत्काल भवन निर्माणको कामलाई अघि सारिएको थियो । उनले उक्त भवनका लागि श्रमदानको ठुलो योगदान रहेको राईले जनाए । १३५ ज...
३७ केजी गाँजा सहित दुईजना पक्राउ

३७ केजी गाँजा सहित दुईजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १३ । सुनसरीको धरान उपमहानगरपालिका–४ बाट ३७ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २३ वर्षीय तिर्थ दर्जी र बराहक्षेत्र नगरपालिका–१ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारको डिकीमा लुकाइछिपाई राखिएको गाँजा बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको टोलीले चालक दर्जी र बिसुङ्खेलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
प्रहरीद्धारा २ सय जनालाई न्यानो कपडा वितरण

प्रहरीद्धारा २ सय जनालाई न्यानो कपडा वितरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १३ । मोरङको बिरानटनगर महानगरपालिका–१६ स्थित दुर्गा मन्दिर परिसरमा शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ सय जनालाई न्यानो कपडा बितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा बिराटनगर महानगरपालिका १२,१३,१४,१५,१६ र १७ नम्वर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलालाई कम्बल वितरण गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा न्यानो कपडा कम्बल बितरण गरिएको हो । प्रदेश प्रहरी प्रमुख अधिकारीले हामी विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको भएता पनि समाजमा भावनात्मक रुपमा सबै समान रहेको बताए । उनले एकले अर्कोलाई सकेको सहयोग गर्नु र प्रेमको भाव राख्नु मानव जातिको परम धर्म र कर्तव्य रहेको उल्लेख गरे । समाज व...
कटारीमा बन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना

कटारीमा बन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । उदयपुरको कटारी नगरपालिकामा घाइते बन्यजन्तुको उद्धार तथा उपचारको लागि बन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय कटारीको स्वीकृतिमा नगरपालिकाको वडा नम्बर ५ स्थित सिसाघारी सिमसार तथा पर्यटन क्षेत्रमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरमा घाइते अवस्थामा फेला परेका बन्यजन्तुको उद्धारका लागि केन्द्रको स्थापना गरिएको हो । हालसम्म केन्द्रमा २ वटा नीलगाई र ४ वटा मृग घाइते अवस्थामा ल्याएर उपचार गरिएको र उपचारपछि सोही सिमसारमा राखिएको उनले जानकारी दिए । केही घाइते बन्यजन्तुलाई भने बचाउन नसकिएको उनको भनाइ छ । डिभिजन वन अधिकृत अनिरुद्र साहले हाल भेटेरिनरी चिकित्सकबाट घाइते बन्यजन्तुको उपचार गराउँदै आएको र भविष्यमा काठमाडौंस्थित चिडिय...
त्रिनपा–१४ साउनेमा वार्षिक खेलकुद सप्ताह सुरु

त्रिनपा–१४ साउनेमा वार्षिक खेलकुद सप्ताह सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित नयाँबजार खेल मैदानमा बिहिबारबाट वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । ‘चरित्र निमार्ण, स्वास्थ्य जिवन र आपसी सदभाव’ को लागी खेलकुद भन्ने मुल नारका साथ श्री माध्यामिक विद्यालय साउनेको आयोजना तथा वडाको समन्वयमा वार्षीक खेलकुद सप्ताह गरिएको हो । आयोजक माविका प्रधानाध्यापक जानुका ठकुरीका अनुसार प्रतियोगितामा विभिन्न १४ विधाका खेलहरू दैनिक सञ्चालन हुनेछन् । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हिमराज मगरले वार्षिक खेलकुद सप्ताहमार्फत विद्यालयमा अतिरिक्त क्षमताको समेत विकासमा टेवा पुग्ने बताए । शिक्षा र स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा वडा कार्यालयले गर्ने सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाए ।  पुष १४ गते सम्म संचालन हुने यस प्रतियोगितामा सहभागीहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।...
गाईघाटमा १३२ औं माओ जयन्ति मनाईयो

गाईघाटमा १३२ औं माओ जयन्ति मनाईयो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ११ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ स्थित पिपल चोकमा १३२ औं माओ जयन्ति मनाईएको छ । बिहिबार माओवादी मजदुर पार्टी र नेपाल कम्युनिष्ट पार्टी १५ सेप्टेम्बर (१५४९) को संयुक्त आयोजनामा १३२ औं माओ जयन्ति मनाईएको हो । कार्यक्रममा माओवादी मजदुर पार्टीका महासचिव हिमाल सिंह राई मुख्य वक्ताका रूपमा उपस्थित थिए । त्यसैगरी केन्द्रीय ब्युरो सदस्यहरू जगत थापा र मेघ दनुवार पनि कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै महासचिव राईले माओले संसारका अर्ध उपनिवेशिक देशहरूका लागि प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिको सिद्धान्त नेपालको सन्दर्भमा अझै सान्दर्भिक रहेको बताए । उनले नेपालको अर्ध उत्पादन व्यवस्थाका लागि नयाँ जनवादी क्रान्ति नै उपयुक्त रहेको र आजको चीन माओको योगदानको उदाहरण भएको बताए ।...
प्रथम वडा कप अन्तर विद्यालय स्तरिय फुटबलको उपाधि प्याराडाईज बोर्डिङले जित्यो

प्रथम वडा कप अन्तर विद्यालय स्तरिय फुटबलको उपाधि प्याराडाईज बोर्डिङले जित्यो

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष १० । प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज बोर्डिङले जितेको छ । बिहिबार त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशालामा भएको फाईनल खेलमा श्री बाल मन्दिर माध्यामिक विद्यालयलाई ० को विरुद्ध १ गोल गर्दै प्याराडाईज बोर्डिङले उपाधि हात पारेको हो । प्याराडाईजको लागी जर्सि नं. ७ का अभिषेक अधिकारीले गोल गरे । उनले खेलको अतिरिक्त थप २ औं मिनेटको समयमा गोल गर्दै प्याराडाईजलाई उपाधि बिजेता बनाए । उपाधि विजेता प्याराडाईजले नगद रु. ५० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरे भने उपविजेता बालमन्दिरले नगद रु. २५ हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । यस खेलको म्यान अफ द म्याच बालमन्दिरका जर्सी नं. १ का गोल किपर न्युसन सोनम बने । त्यस्तै बेस्ट कोच प्याराडाईका सोइसन राई, बेस्ट मिडफिल्डर प्याराडाईजका जर्सी नं. ११ का दिपेश श्र...
त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ पुष । त्रियुगा नगरपालिका वडा नं १५ ले पन्चबर्षिय रणनिति योजनाबाट बिकास कार्यलाई अगाडी बढाउने भएको छ । संघिय व्यवस्थाको दोस्रो कार्यकालमा दौडिरहेको उक्त वडाले पहिलो पटक आवधिक रणनिति पन्चबर्षिया योजना तयारीका साथ बिकास कार्य अघि बढाउने भएको हो । । पहिलो कार्यकालका निर बहादुर मगरको वडा नेतृत्वहरुले पूर्व योजना बिनै आफ्नो कार्यकाल सकाएका थिए । हालसालैका गणेश तिमिल्सिना नेतृत्वका वडा कमिटीले पनि आधा कार्यकाल सम्पन्न गरिसक्दा पन्चबर्षिय वडा योजना तयारीको काम सुरु गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार वडाका कामहरुको कार्यन्वयन गर्ने निकायहरुलाई पन्चवर्षिय वडा योजना दस्तावेजको रुपमा तयार हुने जनाए । जनप्रतिनिधि, राजनितिक दल, टोल विकास संस्था, शिक्षक, बुद्धिजिवी, स्थानीय, अगुवा नेतृत्व सबैको उपस्थितिमा आवधिक रणनिति योजनाको तयारी संञ्चालनमा रहेको अध्यक्ष तिमिल्सिनाको...
लागुऔषाध सम्बन्धी उदयपुरमा प्रहरीको सचेतनामुलक कार्यक्रम

लागुऔषाध सम्बन्धी उदयपुरमा प्रहरीको सचेतनामुलक कार्यक्रम

Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ पुष । समाजमा लागू औषध दुब्र्यसन र त्यसको नियन्त्रणलाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न सचेतना मुलक कार्यक्रमगर्दै आएको छ । प्रहरीले पछिल्लो छ महिनामा टोल विकास,आमासमुह, युवा समुह, विद्यालयहरुमा ७१ वटा सचेतनामुलक कार्यक्रमहरु गरेको छ । यसै क्रममाआज“ लागु औषध मुक्त समाज निर्माणमा विद्यार्थीहरुको भुमिका”विषयक बक्तृत्वकला प्रतियोगिता गरेको छ । जिल्लाप्रहरी कार्यालयको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगबाट जिल्ला समन्वय समितिको हलमा भएको प्रतियोगितामा क्यानभास सेकेन्डरी बोर्डिङ स्कुलकी जेनिषा कार्की प्रथम, राष्ट्रिय मावि बगाहाका नम्रता दाहाल द्वितिय र बालमन्दिर मा.वि. बोक्सेकी मनिषा चौधरी तृतिय भइन् । उदयपुरमा पछिल्लो छ महिनामा लागुऔषध सम्बन्धी ३५ मुद्दामा ६१ जन ापक्राउ गरी कारवाही चलाइएको प्रहरीले जनाएको छ ।...
सुनिता ढंगोल आज गाईघाट आउँदै

सुनिता ढंगोल आज गाईघाट आउँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ पुष । काठमाण्डौँ माहानगरपालिकाकी उपमेयर सुनिता ढंगोल आज गाईघाट आउने भएकी छिन् । उनि प्रदेश स्तरीय तेस्रो खाना परिकार महोत्सव संञ्चालनका आयोजक झिँगु नेवा पुँचको निम्तोमा गाईघाट आउने भएकी हुन् । महोत्सवको पाँचौ दिन शनिवार लाखे प्रतियोगिता पनि हुँदैछ । ढंगोल सोही प्रतियोगिताको प्रमुख अथितिको रुपमा गाईघाट आउनेछिन् । महोत्सवले प्रत्येक दिन आदिवासी जनजातिहरुको कला सांस्कृतिको प्रतियोगिता गराउँदै आएको छ । जसमा राईहरुको साकेला, चौधरीको थारु नाच, नेवारको लाखे नाच लगायत अन्य समुदायहरुका नाच प्रतियोगिता गराईएको छ ।...