Wednesday, July 15News That Matters

Breaking News 3

उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
उदयपुर, असाेज १३ । सप्तकाेसीकाे बाढीले उदयपुर र भाेजपुर जाेड्ने उदयपुरकाे चुहारस्थित झाेलुङ्गे पुल बगाएकाे छ । पुल बगाएर पूर्णरुपले क्षती भई लठ्ठामात्र बाँकी रहेकाे अस्थायी प्रहरी चाैकी मैनामैनीले जनाएकाे छ । पुल बगाएपछि साे क्षेत्रबाट भाेजपुर आवत-जावतमा अबरुद्ध सिर्जना भएकाे छ । उदयपुर र खाेटाङ जाेड्ने धाप्लाङघाट स्थित झाेलुङ्गेपुलमा पनि क्षती पुर्याएकाे छ । साे पुलकाे एउटन लठ्ठा चुडाएकाे स्थानीय युवा मुकेश राइले जानकारी दिएका छन् । उक्त दुई जिल्ला जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिन्टार स्थित माेटरेवल पक्की पुल पनि हिजाे दिउसाे बगाएपछि आवागमन ठप्प भएकाे छ । दशैकाे मुखमा पक्की पुल भत्किदा खाेडाङ आवतजावतमा सास्ती पर्ने भएकाे छ । त्यसैगरी गएराति सप्तकोसीको पानिको बहाबले कटान उदयपुरकाे बेलका नगरपालिका -८ कोशी किनार स्थित द रिभर बेलका बीच रिसाेर्ट बगाएकाे छ । स्थानीय जिबन्त राईले सञ्चालन...
कोशी प्रदेश बाढी पहिरो :  ९ को मृत्यु, ८ घाईते, ९ बेपत्ता

कोशी प्रदेश बाढी पहिरो : ९ को मृत्यु, ८ घाईते, ९ बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ असोज । देशैभरी बाढी पहिरोमा परि ठुलो धनजनको क्षती पुगेको छ । यता कोशी प्रदेशमा पनि बाढी पहिरोको असर परेको छ । लगतार तिन दिनको बर्षाले कोशी प्रदेशका बभिन्न जिल्लाहरुमा धनजनको क्षती पुगेको कोशी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी प्रदेशमा बाढी पहिरो र खोलाले बगाएर ९ जनाको ज्यान गएको छ । भने ८ जना घाईते र ९ जना बेपत्ता छन् । मृत्यु हुनेमा पाँचथरमा ५, इलाममा १, धनकुटामा २ र उदयपुरमा १ गरी ९ जनाको ज्यान गएको हो । यस मध्ये महिला ६, पुरुष २ र १ बालिका रहेको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी ४ जना घाईत छन् भने अन्य ९ जना भने बेपत्ता अवस्थामा छ । यस मध्ये ५ जना खोलाले बगाएर बेपत्ता छन भने ४ जना बाढी पहिरोले बेपत्ता बनाएको छ ।...
उदयपुरमा बाढिले १ काे मृत्यु, पक्किपुल बगायाे, सप्तकाेशी बस्तिमा पस्याे, सिद्धिचरण राजमार्ग लगायत सबैसडकहरु अबरुद्ध

उदयपुरमा बाढिले १ काे मृत्यु, पक्किपुल बगायाे, सप्तकाेशी बस्तिमा पस्याे, सिद्धिचरण राजमार्ग लगायत सबैसडकहरु अबरुद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
उदयपुर, असाेज १२ । अबिरल वर्षासंगै आएकाे बाढीले आज उदयपुरकाे राैतामाई गाउँपालिका १ माझखर्ककि अन्दाजी १६ वर्षिया हिसिला तामाङकाे गाउँ नजिकैकाे ओडारे खाेलाले बगाएर  मृत्यु भयाे। उदयपुर र खाेटाङ जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिनटार स्थित पक्कि पुल सुनकाेशीले बगायाे । सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. ८,९,१,२ र ३ डुवानमा परेकाे छ । वडा नं. ८ काे एलकेखाेजदेखि पसेकाे बाढीले दर्जन बढि बस्तीका ८३ घर  डुबान भएपछि साे क्षेत्रका बासिन्दालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे उद्धारटाेलीले करिव ५ सय जनालाई सुरक्षित स्थान सारेका छन् । डुबानबाट ६ सयघर प्रभावित रहेकाे जनाईएकाे छ । भेलबाढीका कारण सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्ड अबरुद्ध भने जिल्लाका सबैजसाे सडक अबरुद्ध छन् ।  ...
सगरमाथा राजमार्गकाे पक्कीपुल सुनकाेशीले बगायाे

सगरमाथा राजमार्गकाे पक्कीपुल सुनकाेशीले बगायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असाेज १२ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खाेटाङ जाेड्ने फाेक्सिन्टार स्थित पक्कीपुल आज बाढीले बगाएकाे छ । सुनकाेशीमा आएकाे बाढीले साे ठाउँकाे पक्कीपुल बगाएकाे राैतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभयाे । पुल नाघ्नेगरी उर्लिएकाे बाढीले पिलर भाँचेर पुल बगाएकाे स्थानीयलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले  जानकारी दिनुभयाे । पुल भत्किएपछि साे क्षेत्र हुँदै खाेटाङसंगकाे सम्पर्क सडक विच्छेद भएकाे छ ।...
खोलाले बगाउँदा १ को मृत्यु, ४ बेपत्ता

खोलाले बगाउँदा १ को मृत्यु, ४ बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । पूर्वी नेपालका विभिन्न जिल्लामा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाम, झापा र मोरङमा यी घटनाहरू भएका हुन् । इलामको माई नगरपालिका–८ मा असोज शुक्रबार ६८ वर्षीय मैत बहादुर लिम्बुलाई सेते खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरे पनि उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको कचनकवल गाउँपालिका–१ मा १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ । सोही जिल्लाको कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरी कृष्णे खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन् । गौरीगंज गाउँपालिका–२ का ५५ वर्षीय केनालाल राजवंशी पनि कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन् । मोरङको रतुवामाई नगरपालिका–७ की ७२ वर्षीया डुरो देवी राजबंशी असोज १० गते...
धनकुटामा पहिरोले पुरिएर २ को मृत्यु, २ घाइते

धनकुटामा पहिरोले पुरिएर २ को मृत्यु, २ घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । धनकुटाको पाख्रीबास र छथरजोरपाटी गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा एउटा घरमाथि पहिरो खस्दा ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया राम कुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा २४ वर्षीया मिन माया तामाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । यसैगरी, छथरजोरपाटी गाउँपालिका–२ मा पनि पहिरोले एउटा घर पुरिँदा २० वर्षीया सृजना बाजिम्पाक मगर घाइते भएकी छिन् । उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धार कार्यमा संलग्न रहेको जनाइएको छ ।...
काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले करिब १० घर बगाएको छ। शनिबार बिहान ९ बजे बाढीले जमिन कटान गरी घरहरू बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्। घटनामा मानवीय क्षतिको विवरण अझै प्राप्त नभएको बताइएको छ। बिहानको समयमा घटना भएकोले मानवीय क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ। उद्धारका लागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ। तर, बाटो बिग्रिएको र नेटवर्क समस्याका कारण घटनास्थलमा पुग्न र सम्पर्क गर्न कठिनाइ भएको छ। स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको छ ।...
अवैध उत्खनन गर्ने १५ ट्र्याक्टर नियन्त्रणमा

अवैध उत्खनन गर्ने १५ ट्र्याक्टर नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ । मोरङको केराबारी गाउँपालिका-८ स्थित खदम खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका १५ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले यी ट्र्याक्टरहरूलाई ढुंगा उत्खनन् गरिरहेको अवस्थामा पक्राउ गरेको हो । नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूमा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को.१ त ४५८३, को.१ त ८७२२, प्र.१-०२-००३ त २७१२, प्र.१-०२-००३ त १८८१, प्र.१-०२-००३ त २८३९ र प्र.१-०२-००३ त ०७८७ रहेको छ  । प्रहरीले नियन्त्रणमा लिएका सबै ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।...
सप्तरी कारागारमा बलन्तकृत महिला कैदीबन्दीले दिईन् उदयपुर प्रहरीमा जाहेरी

सप्तरी कारागारमा बलन्तकृत महिला कैदीबन्दीले दिईन् उदयपुर प्रहरीमा जाहेरी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असोज । कारागारकै कर्मचारीले महिला कैदीवन्दीमाथी बलत्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी परेको छ । जाहेरीअनुसार बलात्कारमा आरोपी सिराहा राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादव हुन् । उनले महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी ५ माघ ०८० को अपराह्न ४ः३० बजे बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । बलात्कारमा संलग्न चन्दन सप्तरीस्थित कागागार कार्यालयमा १७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा जन्मकैद भुक्तान गरिरहेकी महिलालाई कारागारकै कर्मचारीले बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा परेको हो । उक्त घटनालाई ढाकछोप र पोल खुल्ने डरले पीडितलाई सप्तरी, सिराहा र उदयपुर लगायत बिभिन्न ठाउँको का...
झोलुङ्गे पुलले जोड्यो १६ को रातापानी र १५ को बरुवा डहर

झोलुङ्गे पुलले जोड्यो १६ को रातापानी र १५ को बरुवा डहर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असोज । त्रियुगा नगरपालिका १६ र १५ पहाडी वडामा पर्छ । यस वडामा भौगोलिक असहजताका कारण जनताहरुलाई चाहेजति सुविधा दिन चुनौती छ । तर त्रियुगा गनरपालिका वडा नं १६ को पहल कदमीमा वडाकै बिकट मानिने रातापानीलाई बरुवा डहर सित जोडाउन सफल भएको छ । वडाको निकै अग्लो बिकट ठाउँमा निर्माण भएको झोलुङ्गे पुलले त्यहाँका स्थानीयहरुलाई आवतजावतमा सहज भएपछि उनिहरु खुसि छन् । बिहिबार निर्माण भएको पुललाई त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्दै औपचारिक संञ्चालनमा ल्याएको हो । वडा अध्यक्ष मान वहादुर राईका अनुसार उक्त पुलले १६ नं को रातापानी, सिम्ले, आहाले लगायतका स्थानबाट सहजै १५ नं वरुवा डहर लगाएतको गाउँ सम्म पुगन सहज बनाएको छ । बरुवा खोला रातापानी बरुवा डहर झोलुङ्गे पुलले आसपासको स्थानीयवासीलाई मात्रै हैन १६ र १५ नं वडालाई समेत सहज जोडेको अध्यक्ष राईले जनाए ।...